दर्ता नभएका उपभोक्ता समितिबाट याेजनाका काम गर्न नपाइने

शेयेर गर्नुहोस

टीकापुर/स्थानीय तहमा याेजना निर्माण कार्यकाे लागि गठन हुने उपभोक्ता समिति अब देखि दर्ता नभए याेजना निर्माणको काम गर्न नपाइने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन सबै स्थानीय तहलाई परिपत्र गरेको हाे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ संस्था दर्ता ऐनअनुसार दर्ता नभएका उपभोक्ता समितिलाई काममा नलगाउन निर्देशन दिएको छ । महालेखापरीक्षकको कार्यालयको ५८औं प्रतिवेदनको सुझावलाई कार्यान्वयनका लागि मन्त्रालयले स्थानीय तहहरुलाई निर्देशन दिएको हो ।

हाल उपभोक्ता समितिहरु संस्था दर्ता ऐन, २०३४ को दफा ३ अनुसार दर्ता हुने गरेका छैनन् । महालेखा परीक्षकको कार्यालयले स्थानीय स्तरमा सञ्चालित आयोजनाको निर्माण गर्न अस्थायी रूपमा गठन हुने गरेको र काम सकिएपछि समिति विघटन हुने गरेको उल्लेख थियो ।

मन्त्रालयले २०७८ भित्र गठन भएका उपभोक्ता समितिहरु संस्था दर्ता ऐन, २०३४ को दफा ३ अनुसार दर्ता भएको नपाइएकाले उक्त समितिलाई मान्यता दिन नसकिएको जनाएको छ । त्यस्तै मन्त्रालयले उपभोक्ता समितिको सट्टा स्थायी संयन्त्रमार्फत् काम गर्न स्थानीय तहलाई आग्रह गरेको हो ।

परिपत्रमा मन्त्रालयले निर्माण कार्य सम्पन्न भएका आयोजना सञ्चालन तथा मर्मत सम्भारमा जिम्मेवार बनाउन कठिन भई आय व्ययको लेखा परीक्षण समेत नगराउने भएकोले स्थायी संयन्त्रमार्फत नै काम गर्न र गराउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

परिपत्रमा भनिएको छ, ‘तर संस्था दर्ता ऐन २०३४ को दफा ३ अनुसार कुनै पनि संस्था विधानसहित दर्ता नभएमा कानूनी मान्यता दिन मिल्दैन । यो वर्ष बिभिन्न निर्माण कार्य गर्न गठन भएका उपभोक्ता समितिहरु उक्त व्यवस्था अनुसार दर्ता भएको पाइएन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Alterspin Casino – Das Glücksspiel für jeden Alter

Ein Rausch aus Ägypten – Der Slot Zuluspins

Spelen bij Play2Win Casino: Een Onderzoeksrapport over Online Gokken en Casino Spellen in Nederland

Buitengewone getallen en zombillion voor toekomstige berekeningen

Umfassende Einblicke in die Möglichkeiten rund um wingaga für zukunftsweisende Projekte

Aktuelle Informationen für Glücksspiel-Fans mit wingagacasinos.de und wichtigen Tipps erwarten Sie

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Pin Up AZ üçün rəsmi onlayn kazino – rəsmi sayt / giriş üçün qısa və aydın bələdçi indi │ Pin-Up Casino Azərbaycan üçün registrasiya – problemlərsiz qeydiyyat + kampaniyalar haqqında bütün detallar │ Pin Up AZ üçün pulsuz fırlatmalar : necə aktivləşdirmək olar │ Pin-Up turnirlər : oyun kataloqu + pul yatırma və çıxarma üzrə icmal

Pin Up Casino Onlayn Azərbaycan ▶️ OYNA Содержимое Pin Up Casino haqqında məlumatlar Onlayn oyunlar və xasallar Qeydiyyat və maaş almaq Pin Up Casino –

अझै पढ्नुहोस्