अपराध अनुसन्धान प्रभावकारी बनाउन समन्वय र सहकार्य अपरिहार्य : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


धनगढी, असार १३/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।


शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले नागरिकको जिउधन र राज्यको सुरक्षाका लागि सरकार, सुरक्षा निकाय, न्यायपालिका तथा सञ्चार क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।


उहाँले राज्यका सम्पूर्ण निकाय एकअर्काका परिपूरक भएकाले आपसी समन्वय र सहकार्यबाट मात्र प्रभावकारी नतिजा हासिल गर्न सकिने बताउनुभयो।


“राज्यका सम्पूर्ण निकायहरू एकअर्काका परिपूरक हुन्। राज्यका सबै निकायबीच समन्वय र सहकार्य भयो भने मात्रै प्रभावकारी नतिजा हासिल गर्न सकिन्छ,” मुख्यमन्त्री शाहले भन्नुभयो।
जनताको सुरक्षालाई केन्द्रविन्दुमा राखेर काम गरे मात्र नागरिकको विश्वास जित्न सकिने उल्लेख गर्दै उहाँले सरकार र नेपाल प्रहरीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।


मुख्यमन्त्री शाहले अपराध अनुसन्धानका क्षेत्रमा देखिएका कमजोरी सुधार गर्दै प्रदेशभर एकरूप कार्यशैली विकास गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल प्रहरीको अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी, व्यावसायिक तथा नतिजामुखी बनाउन स्पष्ट रणनीति तय गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो।

ताजा खबर

The Comfort of Utilizing Mastercard at Online Casinos

Repayment Methods in Online Casino Sites: A Comprehensive Guide

Roulette with Free Spins Australia for Mac Review

The Ultimate Guide to Real Money Roulette Canada Secure

Ruletka Gra Zakłady: Wszystko, co musisz wiedzieć

Обзор онлайн слота “Свит Бонанза”

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने छ : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन् । राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार

अझै पढ्नुहोस्
समाचार

माछा मार्ने क्रममा कर्णाली पुल नजिक बर्दीयका एक जनाको मृत्यु

सत्ती/ वर्दिया स्थित कर्णाली नदिकाे छेउमा रहेको खाल्डाेमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । साेमबार माछा मार्ने क्रममा कर्णाली नदिकाे बर्दिया तर्फकाे

अझै पढ्नुहोस्