ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने छ : स्वास्थ्य मन्त्री बस्नेत

शेयेर गर्नुहोस


काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन् । राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइनहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताएका हुन ।

मन्त्री बस्नेतले भने, ‘ धेरै जसो अस्पतालहरुले कमिसनको चक्करमा परेर ठूला उपकरण किन्ने र थन्क्याउने गरिएको पाइयो । त्यसैले अत्यावश्यक बाहेक ठूला उपकरण तत्काल किन्ने पक्षमा मन्त्रालय छैन । तर ट्रमा सेन्टरको हकमा अत्यावश्यक भइसकेको एमआरआई मेसिन खरिद गरिने छ । यसमा मन्त्रालय सकारात्मक छ । ’ ट्रमा सेन्टरमा ६ महिना अगाडि खरिद गर्न लागिएको एमआरआई मेसिन विविदका कारण रोकिएको थियो ।

मन्त्री बस्नेतले ट्रमा सेन्टरले प्रदान गरिरहेको सेवा सन्तोषजनक भएको बताउदै यसको सेवा विस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिए । ट्रमा सेन्टरमा हरेक वर्ष विरामीको संख्या बढ्नुको कारण यसले प्रदान गरिरहेको सेवा विश्वसनिय भएको प्रमाण मान्न सकिने बताउदै मन्त्री बस्नेतले विपन्नको उपचार निशुल्क हुनुपर्छ भन्ने आफ्नो मान्यता अनुसार वीर अस्पताल र ट्रमा सेन्टरले काम गरिरहेकोमा प्रशंसा समेत गरे ।

काम गर्न सक्ने उमेरमै अवकास प्राप्त गरेका विशेषज्ञ, चिकित्सक, नर्सिङ जनशक्तिले काम गर्ने वातावरण बनाउन र चिकित्सा शिक्षाको अध्ययनका लागि विदेश जाने विद्यार्थीले स्वदेशमै पढ्ने व्यवस्था मिलाउन आफूले १०० देखि ३०० शैयासम्मका अस्पतालले नर्सिङ र प्यारामेडिक्स तथा ३०० शैया भन्दा माथिमा अस्पताले एमविविएस र विशेषज्ञ चिकित्सकको पढाई सञ्चालन गर्न पाउने गरि कानून परिवर्तन गर्न पहल गरिरहेको मन्त्री बस्नेतले बताए । आफ्नो प्रस्तावमा प्रधानमन्त्रीदेखि मन्त्रीपरिषद्का अधिकांश मन्त्री सहमत भएको र संसदले कानून बनाएपछि लागु गर्न सकिने मन्त्री बस्नेतको भनाई थियो ।


समारोहमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले ट्रमा सेन्टरले प्रदान गरिरहेको सेवा उल्लेखनिय भएको बताउदै अर्थोपेडिकमा भन्दा पनि ट्रमा फोकस भएर सेन्टरले काम गर्नु पर्ने आवश्यकता रहेकोमा जाृेड दिए । २०० शैयाको ट्रमा सेन्टरमा आईसियू र एचडियू शैया बढाउनु पर्ने जरुरी भइसकेको बताउदै उपकुलपति डा.बस्नेतले सबै ठूला अस्पताललाई चिकित्सा शिक्षाको अध्ययन अध्यापन गर्ने संस्थाको रुपमा विकास गर्ने स्वास्थ्य मन्त्री बस्नेतको प्रस्तावले देशमा स्वास्थ्य क्षेत्रका जनशक्तिको अभाव हुनबाट बचाउन सकिने बताए ।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले ट्रमा सेन्टरमा हरेक दिन ट्रमाका विरामीको संख्या बढ्दै गइरहेकोले सेवा विस्तार गर्नै पर्ने अवस्था रहेको बताए । डा. रिजालले आईसियू शैयाको संख्या थप गर्नु पर्ने, एमआरआई मेसिन खरिद गर्नु पर्ने, जनशक्ति थप्नु पर्ने र ट्रमाका विरामी निको भए पछि राख्नका लागि पुनस्र्थापना केन्द्र खोल्न मन्त्रालयले सहयोग गर्नु पर्ने बताए । गत वर्ष ट्रमा सेन्टरबाट ८२ हजारले ओपिडी सेवा लिएको, १७ हजार ५०० ले आकस्मिक सेवा लिएको र ६ हजार ९०० मेजर अप्रेसन गरिएको डा. रिजालले जानकारी दिए । समारोहमा विभिन्न खेलकुदका बिजयी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई मन्त्री बस्नेतले पुरस्कुत गरेका थिए । कार्यक्रममा ट्रमा सेन्टरका संस्थापक निर्देशक प्रा.डा.अशोकरत्न बज्राचार्य र पूर्व निर्देशक डा. प्रमोद उपाध्यायलाई सम्मान गरिएको थियो ।

ताजा खबर

The Comfort of Utilizing Mastercard at Online Casinos

Repayment Methods in Online Casino Sites: A Comprehensive Guide

Roulette with Free Spins Australia for Mac Review

The Ultimate Guide to Real Money Roulette Canada Secure

Ruletka Gra Zakłady: Wszystko, co musisz wiedzieć

Обзор онлайн слота “Свит Бонанза”

सम्बन्धितखवर

छुटाउनु भयो कि !