TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

हरेक बर्ष जस्तै यो बर्ष पनि डमरु हुर्काउन बसन्ता वनमा पुग्यो पाटे बाघ

शेयेर गर्नुहोस

 जमुना न्युरे,धनगढी / कैलालीको गौरीगङ्गा नगरपालिकाको मसुरिया क्षेत्रमा पाटे बाघ देखाएको छ । डमरु हुर्काउन पाटे बाघ यस क्षेत्रमा बिचरण गरिरहेको संरक्षणकर्मीले जनाएका छन् ।

पाटे बाघ केहि दिन यता गौरीगङ्गा नगरपालिका वडा नं ९ को हरियाली सामुदायिक वनमा बसिरहेको छ । वनमा बाख्रा चराउन गएका स्थानीय महिलाहरूले हरियाली सामुदायिक वनको राजमार्ग क्षेत्रमा बाघ देखेको सामुदायिक वनका अध्यक्ष भोजराज जोशीले जानकारी दिएका छन् ।  

बाघ समूहमा आएको छ डमरु सहितको पोथी  छ  सामुदायिक वनका अध्यक्ष जोशीले बताए ।  उनले बसन्ता कोरिडोर अन्तरगत कैलारी गाउँपालिका देखि गौरीगङ्गा नगरपालिका र चुरे क्षेत्र सम्मका राष्ट्रिय तथा सामुदायिक वनहरूमा प्रवेश गर्दा सजगता र सावधानी अपनाउन आग्रह गरेका छन्  । 
भदौमा चार दिन र कात्तिकमा एक हप्तासम्म मसुरिया क्षेत्रमा बसेर फर्किएको उक्त बाघ यसपटक भने डमरु लिएर आएको हो। सामुदायिक वन समन्वय समिति (सीएफसीसी) मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले बाघले भदौदेखि नै बच्चा जन्माउन सुरक्षित ठाउँको खोजी गरिरहेको हुनसक्ने बताए।

 घोडाघोडी नगरपालिका १० आमखोईया र गौरीगङ्गा नगरपालिका ९ को बिच भागमा सानो क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन वन्यजन्तुको लागि उपयुक्त भू(बनोट रहेकाले आहाराको उपलब्धताले पनि वडमरु सहितको बाघ आएको र केहि महिना सम्म यस क्षेत्रमा बसेर सुरक्षित स्थानमा फर्किएको समन्वय समितिका अध्यक्ष ओमप्रकाश सापकोटाले जानकारी दिए।

हाल बाघ कैलारी गाउँपालिका–९ को उत्तर कोइलही र गौरीगंगा नगरपालिका–४ को कुटी कटान क्षेत्रमा देखिएको छ। बाघको गतिविधि पत्ता लगाउन सीएफसीसीले क्यामेरा ट्रयापिङ गरिरहेको छ।

कैलाली जिल्लाको वसन्ता सरक्षित वन क्षेत्रमा हरेक बर्ष जस्तै यो बर्ष पनि बघिनी बाघ बच्चा हुर्काउनका लागि बसन्ता बनमा आएको छ । बघिनीले आफ्नो बच्चालाई भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी आएको अध्यक्ष सापाकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

रुसबाट भ्याक्सिन आउँदैछ भन्ने हल्लाको पछि नलाग्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वमै कोरोना भाइरस विरुद्धको खोप (भ्याक्सिन) पत्ता लागि नसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले विश्वमा हाल कोरोना भाइरसविरुद्ध खोप

अझै पढ्नुहोस्