फेकोफनले आफ्नो ३१औँ स्थापना दिवस मनायो

शेयेर गर्नुहोस

धनगढी । धनगढीमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ९फेकोफन० ले आफ्नो ३१औँ स्थापना दिवस मनाएको छ । कार्यक्रममा वक्ताहरूले सामुदायिक वनले नेपाललाई विश्वमै छुट्टै पहिचान दिलाएको बताएका थिए ।

कार्यक्रममा बोल्दै फेकोफनका सुदूरपश्चिम प्रदेश सदस्य भुवन शर्माले सामुदायिक वनको सफल व्यवस्थापनकै कारण नेपाल “सामुदायिक वनको देश” का रूपमा विश्वमा चिनिन सफल भएको बताउनुभयो । उहाँले वि।सं। २०५२ साल जेठ १८ गते स्थापना भएको महासंघले सुरुदेखि नै वन उपभोक्ताको हक–अधिकार संरक्षणका लागि काम गर्दै आएको बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता समूहलाई वन हस्तान्तरण गर्ने क्रममा भविष्यमा अधिकार खोसिन सक्ने आशंकाका कारण उपभोक्ताहरूको आवाज उठाउने विशुद्ध गैरसरकारी, गैरनाफामूलक र गैरराजनीतिक संस्थाको आवश्यकता महसुस भएपछि महासंघ स्थापना गरिएको उहाँले बताउनुभयो ।

वन संरक्षण अभियानमा ज्यान गुमाएका अभियन्ताहरूलाई सम्मान व्यक्त गर्दै शर्माले उपभोक्ताको त्याग, संघर्ष र बलिदानकै कारण नेपालमा सुशासनयुक्त “हरित क्रान्ति” सम्भव भएको धारणा राख्नुभयो । उहाँले सामुदायिक वन कार्यक्रम विश्वकै लागि उदाहरणीय अभ्यास बनेको र यसले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरसम्म फैलाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सामुदायिक वन अभियानलाई अझ प्रभावकारी बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिएको थियो । “महासंघ एक्लैले मात्रै यो अभियानलाई अघि बढाउन सक्दैन, यसका लागि सबैको हातेमालो आवश्यक छ,” शर्माले भन्नुभयो ।

स्थापना दिवस समारोहमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोइराला, डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामविचारी ठाकुर, फेकोफन सुदूरपश्चिमकी अध्यक्ष झुमा चौधरी लगायत महासंघका केन्द्रीय तथा प्रदेश तहका पदाधिकारी, प्रदेशका नौवटै जिल्लाका अध्यक्ष, प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

ताजा खबर

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

सम्बन्धितखवर

छुटाउनु भयो कि !