स्थापन दिवसमा हरित संकल्प : N-FECOFUN ले गर्यो वृक्षरोपण

शेयेर गर्नुहोस

धनगढी /कैलालीको धनगढी उपमहानगरपालिका–१४ एच गाउँस्थित जनशक्ति सामुदायिक वन उपभोक्ता समूहमा सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल (N-FECOFUN) को चौथो स्थापना दिवसको अवसरमा भव्य वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।

वन संरक्षण, वातावरणीय सन्तुलन तथा हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा १५१ वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्।


“वनको दीगो व्यवस्थापन र सामुदायिक अधिकारः समावेशी सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता, स्थानीय जनप्रतिनिधि, वनकर्मी, सरोकारवाला निकाय तथा वातावरण संरक्षणमा क्रियाशील व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय धनगढीका प्रमुख डा. रामबिचारी ठाकुरले वृक्षरोपणलाई केवल औपचारिक कार्यक्रमको रूपमा नलिई प्रकृति र भावी पुस्ताप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्ने बताए। उनले भने, “आज रोपिएको एउटा बिरुवा भोलिको स्वच्छ वातावरण, हरियाली र जीवनको आधार बन्न सक्छ। वन संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न समुदायको सक्रिय भूमिका अत्यन्त महत्वपूर्ण छ।”


उनले सामुदायिक वन व्यवस्थापनको नेपाली अभ्यास विश्वकै सफल नमुनामध्ये एक भएको उल्लेख गर्दै स्थानीय समुदायको अपनत्व, संरक्षण भावना र सहभागिताले वन क्षेत्रको विस्तार तथा जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुगेको बताए। जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, अनियमित वर्षा र प्राकृतिक विपद्का चुनौतीलाई न्यूनीकरण गर्न वृक्षरोपण प्रभावकारी माध्यम भएको उनको भनाइ थियो।


कार्यक्रममा बोल्दै N-FECOFUN का केन्द्रीय महासचिव डण्डीराज सुवेदीले स्थापना दिवसलाई केवल उत्सवको रूपमा नभई वन संरक्षण र सामुदायिक अधिकार सुदृढीकरणको अवसरका रूपमा मनाइएको बताए। उनले भने, “सामुदायिक वन अभियानले नेपालको वन संरक्षणमा ऐतिहासिक योगदान पुर्‍याएको छ। अब हरित अर्थतन्त्र, वातावरणीय न्याय र स्थानीय समुदायको जीविकोपार्जनसँग जोडेर यस अभियानलाई अझ सशक्त बनाउन आवश्यक छ।”


त्यसैगरी ACOFUN का महासचिव यादवप्रसाद भण्डारीले वन संरक्षण र समुदायको समृद्धि एकअर्कासँग अन्तरसम्बन्धित विषय भएको उल्लेख गर्दै वन क्षेत्रको दिगो उपयोगमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउन सकिने बताए। प्रदेश महासंघका अध्यक्ष श्याम बिष्टले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सामुदायिक वनहरूको भूमिका झनै महत्वपूर्ण बन्दै गएको धारणा राखे।


महासंघका प्रदेश महासचिव पुनाराम चौधरीले सामुदायिक वन उपभोक्ताहरूको एकता, सहभागिता र सक्रियताले मात्र वन संरक्षण अभियानलाई दीर्घकालीन रूपमा सफल बनाउन सकिने बताए। उनले आगामी दिनमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिए।


कार्यक्रममा सहभागी विभिन्न सामुदायिक वन समूहका अध्यक्ष, उपभोक्ता तथा स्थानीय सरोकारवालाहरूले वृक्षरोपणलाई एकदिने कार्यक्रमका रूपमा सीमित नगरी दीर्घकालीन संरक्षण अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले रोपिएका बिरुवाको संरक्षण, नियमित हेरचाह र व्यवस्थापनमा सबैको साझा जिम्मेवारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।


स्थानीय उपभोक्ताहरूका अनुसार वृक्षरोपण अभियानले वन क्षेत्रको हरियाली बढाउनुका साथै भू–क्षय नियन्त्रण, जैविक विविधता संरक्षण, स्वच्छ वातावरण निर्माण तथा वन्यजन्तुको बासस्थान संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै, यसले भविष्यमा हरित अर्थतन्त्र प्रवर्द्धन र स्थानीय समुदायको जीवनस्तर उकास्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


स्थापना दिवसको अवसरमा सम्पन्न उक्त वृक्षरोपण कार्यक्रमले वन संरक्षणप्रति समुदायको प्रतिबद्धता पुनः स्थापित गर्नुका साथै वातावरणीय चेतना अभिवृद्धि, जलवायु परिवर्तनका चुनौती सामना तथा हरित विकासको मार्गमा सामूहिक प्रयासको सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। कार्यक्रमले सामुदायिक वन अभियानलाई थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरेको सहभागीहरूको निष्कर्ष रहेको छ।

ताजा खबर

VillaSpin Chargeback Policy Verbot

SpinKong Skrill Retrait : Rapidité et Frais

Getting Your Winnings Out in Australian Dollars

Lucky Jungle Kasino – Välsignad Lycka i Dolda Regnskogar

Glücksspiele bei BetOnRed Casino: Strategien und Erfahrungen von Spielern in Deutschland

सम्बन्धितखवर

छुटाउनु भयो कि !

การเล่นคาสิโนออนไลน์อย่างปลอดภัย: วิธีใช้ “ฟรีสปิน” เพื่อส่งเสริมการเล่นอย่างมีสติในช่วง Black Friday

การเล่นคาสิโนออนไลน์ในยุคดิจิทัลต้องอาศัยความระมัดระวังเป็นอันดับแรก เพราะแม้ว่าเกมจะให้ความสนุกสนาน แต่ความเสี่ยงจากการใช้เงินโดยไม่มีการวางแผนอาจทำให้ผู้เล่นตกอยู่ในปัญหาได้ง่าย การ “เล่นอย่างปลอดภัย” จึงหมายถึงการตั้งกฎเกณฑ์ส่วนบุคคล การตรวจสอบโปรโมชั่นอย่างละเอียด และการใช้เครื่องมือที่คาสิโนให้บริการเพื่อควบคุมพฤติกรรมของตนเอง ช่วง Black Friday เป็นช่วงเวลาที่ผู้ให้บริการคาสิโนออนไลน์มักเปิดตัวโปรโมชั่นฟรีสปินจำนวนมหาศาล ผู้เล่นใหม่และผู้เล่นเก่าต่างพึ่งพาข้อเสนอเหล่านี้เพื่อเพิ่มโอกาสในการชนะโดยไม่ต้องลงทุนมาก อย่างไรก็ตาม การได้รับฟรีสปินมากเกินไปโดยไม่มีการวางแผนอาจทำให้เกิดการเล่นต่อเนื่องจนเกินขีดจำกัดที่ตั้งไว้ เพื่อให้ผู้อ่านได้เข้าถึงข้อมูลที่เชื่อถือได้ เราขอแนะนำให้เยี่ยมชม เว็บพนันออนไลน์ เว็บตรงไม่ผ่านเอเย่นต์ ซึ่งเป็นแหล่งข้อมูลที่ให้รายละเอียดเกี่ยวกับโปรโมชั่นและเงื่อนไขต่าง ๆ อย่างเป็นกลาง บทความนี้จะสรุปขั้นตอนปฏิบัติจริง ตั้งแต่การกำหนดเป้าหมาย การวิเคราะห์ RTP

अझै पढ्नुहोस्