सुशासन, दिगो विकास तथा समृद्ध सुदूरपश्चिम विषयक राष्ट्रिय सेमिनार हुने

शेयेर गर्नुहोस

धनगढी- चैतन्य इन्टिच्युट फर रिसर्च एन्ड डेभ्लप्मेन्ट प्रालिले धनगढीमा सुशासन, दिगो विकास तथा समृद्ध सुदूरपश्चिम विषयक राष्ट्रिय सेमिनार गर्ने भएको छ। आज शिवनगरस्थित चैतन्य पाठशालामा पत्रकार सम्मेलन गर्दै २९ र ३० मंसिरमा सेमिनार बारे जानकारी गरिएको छ।

चैतन्य एकेडेमी विगत ११ वर्षदेखि मानव संशाधन विकास, व्यवस्थापन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा निरन्तर रूपमा क्रियाशील स्वतन्त्र संस्था हो। यसअघि चैतन्यले सुशासन र समृद्धिका विषयमा १० वटा सेमिनारको आयोजना गरिसकेको छ।

पहिले काठमाडौं केन्द्रित सेमिनार हुँदै आएकोमा यसपटक सुदूरपश्चिम प्रदेश लक्षित गरेर धनगढीमा सेमिनार आयोजना गर्न लागिएको चैतन्य ग्रु्पका सिइओ गणेशप्रसाद जोशीले जानकारी दिए।

‘नेपाली भाषा, साहित्य र सभ्यताकै जननीस्थलका रूपमा रहेको काली–कर्णाली क्षेत्रको गौरव गाथालाई आत्मसात गर्दै भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासका पक्षलाई उजागर गर्ने र यस प्रदेशलाई सभ्यता, चेतनाको अगुवा प्रदेशको रुपमा विकास गर्ने उद्देश्यले यस सेमिनारको आयोजना हुन लागेको हो,’ जोशीले भने।

सुदूरपश्चिम प्रदेशको मूल पहिचान र गौरवगाथालाई माथि उठाउने उद्देश्यका साथ आयोजना हुने उक्त सेमिनारलाई सफल तुल्याउन सबैको रचनात्मक सहयोगको अपेक्षा गरेको जोशीको भनाइ छ।

सुदूरपश्चिममा बहुआयामिक पक्षमा बौद्धिक चिन्तन गर्न सुदूरपश्चिमको धर्तिमा जन्मिएर राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शासकीयलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त व्यक्तिहरू तथा केहि सबै क्षेत्रमा देशभित्र उपलब्ध सम्बन्धित क्षेत्रका विज्ञ एवं मूर्धन्य व्यक्तित्वहरू तथा रूपान्तरणका लागि सरोकारित सहभागीलाई एकै थलोमा भेला गरी सुदूरपश्चिमको चौतर्फी रूपान्तरणसँग सम्बन्धित आयामहरू सेमिनारमार्फत पहिचान गर्ने लक्ष्य राखिएको जोशीको भनाइ छ।

यस्तै सेमिनारका अध्यक्ष डा. हेमराज पन्तले यो निकै रचनात्मक कार्यक्रम भएको बताए। पछिल्लो समय जताततै निराशाका कुरा व्याप्त रहेकोमा आसा जागृत हुने यस्ताखाले कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।

‘लामो समयको राजनीतिक संक्रमण, कोरोना महामारीको कहरपछि राष्ट्रले बेहोरिरहेको आर्थिक संकटपछि सबैमा निराशा छाएको छ। यतिबेला सबैमा विकास र समृद्धिको भावना जागृत गर्न आवश्यक छ। त्यसका लागि यो कार्यक्रमले थोरै भए पनि सहयोग पुगाउने विश्वास लिएको छु,’ उनले भने।

ताजा खबर

Gambling enterprise Ports: The Ultimate Guide

Feinste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Leitfaden

The Best Live Dealer Roulette Online USA: A Comprehensive Guide

Jugabet Login Error Codes: What Each One Means

Comprehending Free ESA Letters For Professionals

Jogo da Roleta Brasileira: Tudo o que Você Precisa Saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !