TRENDING
Слотика Казино: новый уровень развлечений
Султан Гейм Казино: казахстанская онлайн‑империя азартных игр
Next
Prev

सामुदायिक बनले दुनाटपरी उद्योग सन्चालन

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडीमा रहेको टेङ्गनुवा सामुदायिक बन उपभोक्ता समूह महिलाले दुनाटपरी उद्योग सञ्चालन गर्न थालेका छन् ।

सामुदायिक बनले स्थानिय महिलाहरुलाइ सामुदायिक बनको र बसन्ता सरक्षित बन कार्यक्रम  लगानीमा उद्योग संचालन गरका हुन् । धेरै लगानी पनि नलाग्ने आयआर्जन गर्न पनि अरुको भर पर्नु नपर्ने , र कच्चा पदार्थमा रुपमा  जंगलमा जती पनि सहजै पाईने सालका पातका दुनाटरी बनाउने उद्योगले राम्रो आम्दानी दिन थाले पछि उनीहरुले बताए ।

झण्डै २ लाख १५ हजारको लगानीमा  बैशाखको पहिला साता सामुदायिक बन उपभोक्ता समुहका ४० जना महिलाहरुले तालिम लियर उद्योग संचालन गरेका छन् । अहिले सामुदायिक बनले दुना टपरी उधोग सन्चालनमा ल्याए पछि महिलाहरु हौसियर काममा लागेको स्थानीय उपभोक्ता सन्जु क्षेत्रिले बताए ।

समान्य लगानीमा दुनाटपरी बनाउने मेसिन खरीद गरी व्यवसाय सुरु गरि रहेका छन् ।  उनिहरु उद्योगबाट अहिले एक महिनामै आम्दानी लिन थाली सकेका छन् ।

टपरीको साइजअनुसार  २ रुपैयाँ देखि ५ रुपैयाँ सम्म मुल्य पर्ने दुनाटपरीको लागि कच्चापदार्थ भने स्थानीयले आफ्नै सामुदायिक बन बाट ल्याउने गरेका सामुदायिक बनको अध्यक्ष मैना ढकालले बताए । अहिले उद्योगमा दैनिक ५०० सय थान भन्दा बढी दुनाटपरी सम्म उत्पादन गर्न सक्ने क्षमता रहेको उनले बताए ।
 
प्रर्यावरणीय दृष्टिकोणले निकै फाइदाजनक मानिने दुनाटपरी माग बढ्दै गएकोले आफुहरुले यसले सामुदायिक बनको भबिस्यमा राम्रो आम्दानीको स्रोत हुने भएकाले आफुहरु यता तर्फ लागेको ढकालले बताए । गाउँघर शहरमा बिवाह, भोजभतेर तथा ब्रतबन्धमा लगायत कार्यमा प्रयोग हुने सालको दुनाटपरी को प्रयोग हुने हाम्रो बनमा सालको पात खेर जाने गरेकोले यसरी सामुदायिक बन सरक्षण सङै सदुपयोग हुने बसन्ता सरक्षित बन परिषद अध्यक्ष पुस्कल बमले बताए ।

महिलाहरु साझ बिहान घरको काम पछि बचेको समय आजभोलि  सालका पात टिप्ने र टपरी बनाउने काम पाए पछि आफुहरुलाई आयआर्जन गर्न सहज भएको स्थानिय ललिता आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Слотика Казино: новый уровень развлечений

Султан Гейм Казино: казахстанская онлайн‑империя азартных игр

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पुनर्बासमा अजिङ्गर फेला

सुखड/कंचनपुर जिल्लाको पुर्नबास नगरपालिका च गाउँ गाउँ सोम तामाङको खेतबारीमा अजिङ्गर फेला परेको छ । तामाङको खेतबारी फेला परेको अजिङ्गर (Python लम्बाई ३.५ मिटर तौल

अझै पढ्नुहोस्
समाचार

गृहमन्त्रीको एक वर्षः नीतिगत र कानूनी सुधारमा व्यापकता

शेरबहादुर सिंह/गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको एकबर्षे अवधिमा गृहमन्त्री रमेश लेखकको कार्यकालमा राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, आर्थिक गतिविधिलाई चलायमान बनाउन,

अझै पढ्नुहोस्
समाचार

चौमालामा खुल्ला तिज नृत्य प्रतियोगिता हुने : संयोजक हेमन्त बाजे।

जमुना न्युरे, / गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमाला बजारमा तिज विशेष खुल्ला महिला नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। गौरीगंगा नगरपालिका

अझै पढ्नुहोस्