मासिँदै भावर, नासिँदै चुरे

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/राजा महेन्द्रले २०२१ सालमा उत्तरको चुरे बचाउन चुरे फेदबाट ३ किलोमिटर दक्षिणतर्फ रहेको जंगल जोगाउने र त्यपछिको भू–भागमा बस्ती बसाउने गुरु योजना ल्याए । त्यही अनुसार पूर्व–पश्चिम राजमार्र्ग भन्दा उत्तरतर्फको केही भागमा बस्ती बसाए पनि बाँकी भू–भाग भने भावर क्षेत्रकै नाममा संरक्षणमै रह्यो ।


तर, जब २०४६ को आन्दोलनपछि भने विस्तारै तराइँमा सडक, बाटोघाटो, पुलपुलेसाका साथै सहरीकरण विस्तार हुन थालेसँगै पहाडबाट बसाइँ सर्नेको लर्को लाग्न थाल्यो । त्यही समयदेखि राज महेन्द्रको चुरे जोगाउने र भावर संरक्षण गर्ने परिकल्पनामा तुषारापात हुन थाल्यो । भू माफिया तथा वन माफियाको गिद्दे दृष्टि वनमै पर्न थाल्यो । भावर सँगसँगै चुरे फडानी गरेर मानव वस्ती बस्न थाल्यो । यो क्रम अहिलेसम्म चलिरहेको छ ।
तराइको वन क्षेत्र भनेकै भावर हो । जहाँ घना जंगल छ । सालका ठूला वन छन् । हो, त्यही सालका ठूला वन मास्दै घडेरी बनाउने तथा साल काटेर बेच्ने तथा जंगल पातलो बनाउने र विस्तारै अतिक्रमण गरेर खेतीपाती गर्ने समूह पछिल्लो समय सक्रिय बन्दै गयो ।


जब–जब देशमा निर्वाचन, दैवीप्रकोप, बन्द हड्ताल, आन्दोलन हुन्छन्, त्यही मौकामा भूमाफिया र वनमाफियाको गिद्दे नजर जंगलमै पर्न थाल्यो । डिभिजन वन कार्यालय कैलालीको तथ्याङ्क अनुसार जिल्लामा २२ हजार हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । कैलालीको ६५ प्रतिशत भू–भाग वनक्षेत्रले ओगटेको छ । जसमा ३९ दशमलव २८ प्रतिशत चुरे भावर क्षेत्रले ओगटेको बताइए पनि पछिल्लो एक दशकमा वन अतिक्रमण निकै चपेटामा परेको छ । भूमाफियासँगै संघीय, प्रदेश तथा स्थानीय सरकारको आँखा पनि वन क्षेत्रमै पर्ने गरेका छन् ।

तोकियो राजधानी, फाँडियो चुरे
२०७५ असोज १२ गते बसेको सुदूरपश्चिम प्रदेशको ४५ औं बैठकले गोदावरी नगरपालिकाको वडा २ र ४ मा पर्ने तेघरी जंगललाई प्रदेशको राजधानी घोषणा गर्‍यो । राजधानी घोषणा भएसँगै नजिकै रहेको हनुमान मन्दिर परिसर क्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र तथा चुरे पहाडको चुनेपानी, समाधि गडा, भ्यागुत्तेपानी, बाँसपानी क्षेत्र अतिक्रमणमा परेका छन् । भू –तथा वन माफियाहरुले ती क्षेत्रमा रहेका रुख तथा वुट्यान फँडानी गरेर बस्ती बसालेका छन् । केहीले खेतीपाती गरिरहेका छन् । यो क्षेत्रमा बाढी पीडित, सुकुमबासीका नाममा जंगल छेउमा बस्दै आएकाहरू पछिल्लो समय सीमा मिच्दै जमिन बढाउन थालेको सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निराजन कडाल बताउँछन् ।

धनगढी तथा अत्तरिया र तराईका अन्य भागमा जमिनको मूल्य महँगो भएसँगै सुकुमबासी तथा आर्थिक अवस्था कमजोर भएकाहरु राजधानी नजिक बस्ने भन्दै चुरे क्षेत्रमा फँडानी गरिरहेका छन् । सुगमता हेर्दै भीमदत्त राजमार्ग वरपरको जमिन अतिक्रमणको चपेटामा पर्दै आएको हो ।


सरकारको पनि वनमै निसाना
नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयले २०४९ वैशाख २३ गतेदेखि विभिन्न विकास निर्माणका नाममा सुदूरपश्चिमको वन क्षेत्रलाई मास्दै आएको छ । २०५१ माघ १० गते सुकुमबासी समस्या समाधानका लागि भन्दै जंगल क्षेत्रको ५ सय ३१ बिघा जमिन दियो । यो मात्रै नभई कैलालीको वन क्षेत्रमा विभिन्न विकास निर्माण गरिने भन्दै सरकारले वन मास्दै आएको छ । यस्तै २०५९ साउन ७ गतेका दिन नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयले कैलालीको अत्तरियास्थित मेचीमहाकाली जडीबुटी उद्योग प्रालिका लागि भन्दै जंगल क्षेत्र रहेको ८७ बिघा जमिन ९५८ हेक्टर० उपलब्ध गरायो । सरकारले अहिलेसम्म आधिकारिक रुपमा कैलालीमा मात्रै १ हजार १ सय १९ दशमलव ५१६ ९अर्थात् १ हजार ६ सय ७९ दशमलव २७७ बिघा० वनक्षेत्रको जमिन मासेको छ ।

२०७५ असोज १२ गतेका दिन प्रदेश सभाको बैठकले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको तेघरी जंगलमा राख्ने निर्णय ग¥यो । जंगल क्षेत्र रहेको करिब चार सय बिघा जमिनमा प्रदेशको राजधानी राख्ने निर्णय प्रदेश सभाको बैठकले गरेको थियो । जंगल मासेर राजधानी बनाउने कार्यको वन तथा वातावरणविद्का साथै सर्वत्र विरोध भयो । तेघरी यहाँको प्रमुख धार्मिक पर्यटकीय स्थल गोदावरी क्षेत्रसँगै जोडिएको भावर क्षेत्रको जंगल हो । जुन चुरेको फेदमै पर्छ ।

घना जंगल मासेर राजधानी बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । मुद्दाको छिनोफानो अहिलेसम्म हुन सकेको छैन । यस्तै सुदूरपश्चिम प्रदेश सरकारले रातो किताबमै उल्लेख गरेर कञ्चनपुरको ब्रह्मदेवदेखि कैलालीको चिसापानीसम्मको चुरेको फेदैफेद र भावर क्षेत्रको सिरानबाटै जैविक पर्यटकीय मार्ग नामाङ्करण गरी बजेट विनियोजन ग¥यो । त्यो सडक पनि बस्तीबिना चुरेको फेदैफेद र भावर क्षेत्रको सिरानबाटै निर्माण गरिन थालिएको छ । प्रदेश सरकारको यही लय समात्दैछन् अहिले स्थानीय तहले । स्थानीय तहले पनि वडा कार्यालय, खेल मैदान तथा विभिन्न सभा हलहरु समेत सामुदायिक वन तथा राष्ट्रिय वन अतिक्रमण गरी निर्माण गर्न थालेका छन् ।


सुविधाको खोजीमा अतिक्रमण
कैलाली, कञ्चनपुरमा अतिक्रमणको दर बढ्दो भए पनि पहाडी जिल्लामा भने कम छ । कैलालीमा बढ्दो सहरीकरण, प्रदेश राजधानी, शिक्षा, स्वास्थ्यका साथै अन्य सुविधाका कारण यहाँको वन क्षेत्रमा पहाडी क्षेत्रबाट बसाइँ सरेर आएकाहरुले अतिक्रमण गर्ने गरेका छन् । पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा रोजगारको अवसर कम हुनु र गाउँमा सवारी साधनको पहुँच नहुँदा त्यहाँका नागरिक सुविधाको खोजीमा बसाइँसराइँ गर्दै तराई झर्ने गरेका छन् । तराईमा महँगो जग्गा र पहुँच नभएकाहरुले जंगल तथा राजमार्ग छेउछाउ र चुरे क्षेत्र अतिक्रमण गर्दै बस्ती बसाउने गरेका छन् ।

विकास निर्माण कार्य होस् या कुनै राजनीतिक स्वार्थका लागि भागवण्डा गर्दा होस् जो कोहीले वनलाई नै निसाना बनाउँदै आएको सामुदायिक वन अधिकारकर्मी डण्डीराज सुवेदी बताउँछन् । उनले सरकारले नै वन क्षेत्रको जमिन बाँड्दै जाने हो भने भोलि पर्यावरणका दृष्टिले नेपालमा ठूलो असर पर्न जाने बताए । सरकारले अहिले भने विभिन्न विकास निर्माणका नाममा भन्दै जंगलको जमिन बाँडिदै आएको उनी बताउँछन् । तराईमा जमिन किनेर बस्न आम्दानीको स्रोत नभएकाहरु राजमार्ग छेउ छाउमा चुरेकै जमिन अतिक्रमण गरी घर टहरा बनाइ बस्ने गरेको सव डिभिजन वन कार्यालय सहजपुरका प्रमुख लोकराज दाहाल बताउँछन् ।


राजनीतिक संरक्षण
संसदीय र स्थानीय निर्वाचनका समयमा स्थानीय नेताहरुले स्थानीय तहमा आफू अनुकुल भोट आउने देखेपछि तराईका फाँट तथा राजमार्गका छेउछाउमा बस्ती बसाउने गरेका छन् । उनीहरुले सुकुमबासी, बाढी पहिरो पीडित तथा भूमिहीनका नाममा महेन्द्र राजमार्ग छेउछाउमा सुकुमबासीका टहरा निर्माणमा सहयोग गर्न थालेका हुन् । निर्वाचनको मुखैमा राजनीतिक दलका नेताहरुले भोट पाउने आशमा सुकुमबासी बस्ती उठाउने वन कार्यालय तथा स्थानीय बजार व्यवस्थापन समितिलाई तत्काल केही नगर्न दबाब दिने गर्छन् ।

त्यही दबाबकै बाबजुद अहिलेसम्म राजमार्ग छेउछाउमा अतिक्रमण गरी बसेकाहरुले ठूलठूला घर निर्माण गरी जमिन उपभोग गरिरहेका छन् । राजनीतिक दलले निर्वाचनताका आफ्नो घोषणापत्रमै सुकुमबासी समस्या समाधान गर्ने कुरालाई जोडतोडका साथ उठाउँछन् । उम्मेदवारले आफूले जिते सुकुमबासी समस्या समाधान गर्ने भन्दै भाषण गर्ने गरेका कारण पनि सुकुमबासीका नाममा अतिक्रमण गरेकाहरु बलिया देखिन्छन् ।


उनीहरुको आड भरोसामा टहरा बनाएका सुकुमबासीले पक्की घर निर्माण गर्दै स्थायी रुपमा बसोबास गर्दै आउन थालेका छन् । अन्ततः उनीहरुले भूमि आयोगबाट पनि नापजाँच गरिसकेका छन् । जंगल क्षेत्र अतिक्रमण गरी बसेकाहरुलाई राजनीतिक संरक्षणमै साहस बढ्ने गरेको हो ।


जंगलका गोठ, बस्तीमा परिणत


साविकको खैराला गाउँ विकास समितिको वडा नम्बर ४ मा पर्ने बालुवागडा, बाटेगडा, टाकगडा, पनेरुगडा, सालघारी चुरे क्षेत्रमा पर्छ । अति सम्वेदनशील मानिएको चुरे क्षेत्रमा वर्षातको समयमा गाई भैँसी, बाख्रा पालनका लागि अस्थायी छाप्रा निर्माण गरि चुरेमा राखिने गरिन्थ्यो । गाई बाख्रा चराउन जंगलमा गोठ बनाई बसेकाहरु विस्तारै जमिन बढाउँदै गएर अन्ततः अहिले गाउँ नै बनेका छन् । ७/८ वटा गोठ सुरु गरेर बसेको स्थानमा अतिक्रमण गर्दै अहिले ३ सय ५० घर तथा एक आधारभूत तहको विद्यालय निर्माण भइसकेको स्थानीय योगेन्द्र देउवा बताउँछन् ।

चुरे उत्खनन् नै क्षयीकरण
स्थानीय तहले तालतलैया र खोलानालाका ढुंगा, बालुवा र गिट्टीलाई नै राजस्व सकंलनको मुख्य माध्यम बनाएका छन् । कैलालीका कर्णाली, शिवगंगा, खुटिया, कान्द्रा, मट्कौना नदी, गौरीगंगा, काली खोला लगायतका नदीहरुमा पालिकाले उत्खनन् गर्न ठेक्का दिने गरेका छन् । स्थानीय तहको आयस्रोत केही नहुँदा नेपाल सरकारले नदीजन्य पदार्थ उत्खनन् तथा उपयोग गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन ईआईई गरेर गर्नुपर्ने बताएको छ ।


तर, केही पालिकाले भने मनपरी गर्दै ईआईई मापदण्ड पास नगरेर उत्खनन गरिरहेका छन् । जसले गर्दा तलतिर उत्खनन् गर्दा चुरे क्षेत्रमा वर्सेनि बर्खा याममा नदीले भूक्षयीकरण गर्ने र पुनः चुरेको नदीजन्य पदार्थ बग्दै तराईमा थुप्रने गरेको छ । जसले गर्दा चुरे वर्षेनि क्षयीकरणको चपेटामा परेको छ ।


अतिक्रमणमा नक्कली सुकुमबासी सक्रिय
राष्ट्रिय वन, सामुदायिक वन, धार्मिक वन, कबुलियतीलगायतका सबै वन अतिक्रमणको चपेटामा परेका छन् । पछिल्लो समयमा नक्कली सुकुमाबासी अतिक्रमणमा सक्रिय बनेका छन् । सुकुमबासी समस्या समाधान गर्न भन्दै सरकारले भूमि आयोग गठन गरेसँगै नक्कली सुकुमबासीले वन अतिक्रमण गरेर बस्ती बसाइँ नापाजाँचको काम अगाडि बढाएका छन् । एक जनाले एक ठाउँमा अतिक्रमण गरेर टहरा बनाउँदै आफन्त बोलाई गाउँ नै बनाइ दिन्छन् ।


पछि त्यही गाउँलाई अव्यवस्थित भन्दै जग्गा दर्ताका लागि स्थानीय तहमा सिफारिस लिन्छन् । विस्तारै अतक्रिमणकारीको मनोबल बलियो हुँदै जाने गर्छ । जसले गर्दा नक्कली सुकुमबासीकै कारण जंगल अतिक्रमणको चपेटामा पर्दै आएको छ ।


डढेलो पनि समस्या
जंगल मासिनुमा अर्को ठूलो कारण डढेलो पनि हो । वन क्षेत्रमा अन्धाधुन्द डढेलो लगाउनु र सामुदायिक वनले नियन्त्रणको प्रयास नगर्नुले पनि जंगल नसिनुमा डढेलो पनि प्रमुख कारण रहेको छ । चैतदेखि जेठ महिनासम्म जंगलमा डढेलो लाग्दा वन जंगल सखाप हुने गरेको हो । जंगलमा डढेलो लगाउन नहुने चेतना नहुनु र डढेलो लग्दा निभाउन सक्ने प्रविधि, जनशक्ति र उपकरण नहुनुले पनि वन विनाश हुने गरेको सरोकारवाला सामुदायीक वन समन्वय समिती मसुरियाका ओम प्रकास सापकोटा बताउँछन् ।

समुदायमा रहेका केही गलत सोच भएका मानिसले जंगलमा आगजनी गर्ने र सामुदायिक वनमा विमती राख्नेहरुले जंगलमा डढेलो लगाइ दिँदा डढेलोका कारण पनि जंगल मासिने गरेको संरक्षणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार पुष्पराज जोशी बताउँछन् । गर्मीको मौसम त्यसमा पनि सुकेका पातपतिंगर र सुकेका ढलापढा काठले पनि डढेलो लाग्ने गरेको बताउँदै उनी भन्छन्,‘त्यसलाई व्यवस्थापन गर्न नसक्दा डढेलोले बर्सेनि जंगल सखाप पार्ने गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Flash Kasinot – Spela och vinn på nätet utan omsvep!

Gratis Spelen in Het Grande Vegas Casino

Jogo de Aposta Responsável no FamBet Casino

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्

Почему личные переживания сложно регулировать

Почему личные переживания сложно регулировать Чувственная сфера индивида образует собой комплексную систему, которая нередко действует независимо от собственного осознанного намерения. Многие люди соприкасаются с случаями,

अझै पढ्नुहोस्