पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक’द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

शेयेर गर्नुहोस

काठमाडौं – पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गरिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक तथा पत्रकार उपाध्यायलाई शुभकामना व्यक्त गरेका छन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटनाको पनि स्मरण गरेका छन्। उनले भने- ममाथि आक्रमण हुँदा देशमा युद्धविराम  थियो । गोली हान्न हुँदैनथ्यो।’

उनले द्वन्दकाल सुरुवातमा स्मरण गर्दै तालिम माओवादीले ४० बुँदे माग गरे पनि वार्ताका लागि तयार नभएको बताएका छन् । उनले भने- ‘हामीले सशस्त्र द्वन्दलाई सफलतापूर्वक शान्ति प्रक्रियामा ल्याएको र संविधानसभाबाट संविधान जारी गर्दै गणतन्त्र व्यवस्थामा आएका छौं। अहिले संविधानलाई पनि अझै राम्रो बनाउन संशोधन गरेर अघि बढ्न सकिन्छ। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो। यसलाई सुदृढ गर्ने र सुधार गर्दै लैजाने सकिन्छ।’

यो पुस्तक भोलिको पुस्ताका लागि अध्ययन सामाग्री हुने बताए।
पस्तकका विषयमा बोल्दै नेकपा एमालेका सचिव लेखराज भट्टले द्वन्द्वकालमा सुदूरपश्चिममा ब्यक्ति केन्द्रित हत्या हुन नदिएको र आफू ती घटनाहरुको सा भएको पनि बताएका छन्।

उनले द्वन्द्वकालमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रमण गर्ने कुनै पनि योजना नभएको जिकिर गरेका छन् । उनले भने- त्यो समयमा उपयुक्त रुपमा सही सूचना सञ्चार नहुँदा गलत सूचना फैलिएको देखिन्छ।’

डोटीको छेडा घटना स्मरण गर्दै उनले भने- ‘लगभग २५ जना मारिएका थिए। जसमा ५ जना गाउँलेहरू थिए। बाँकी माओवादी कार्यकर्ता थिए। दुईजना भर्खरका युवतीहरूको बलात्कार गरिएको थियो। त्यो तत्कालीन राज्यपक्षबाट घटाइएको घटना थियो।’

पस्तकका बारेमा चर्चा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले यो पस्तकले द्वन्द्वकालमा भएका घटनाहरुको दस्तावेजीकरण गरिएको र आगामी दिनको पत्रकारिताका लागि प्रेरणा र अनुसन्धानकर्ताहरुका लागि स्रोत सामाग्री बन्ने बताएका छन् ।

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले यो पुस्तक अहिलेको नयाँ पुस्ताका पत्रकारहरुका लागि उपहार भएको बताएका छन्।
पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार कुन्द दीक्षितले यो पुस्तकले फेरि द्वन्द्वलाई फरि दोहोरिन नदिन यो पस्तक सहयोगी हुने बताएका छन् ।
उनले भने- यो पस्तक शान्ति पत्रकारिताको अद्भुत नमुना हो। हामीलाई यो पस्तकले द्वन्द्वलाई बर्सिन दिँदैन।’
आफूलाई मार्न खोज्नेसँग मिलेर सँगै सहभागी हुनु शान्ति प्रक्रियाको सफलता मान्न सकिने वरिष्ठ पत्रकार दीक्षितले बताएका छन्।
पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार बविता बस्नेतले द्वन्द्वकालमा भएका घटनाहरुको फेहरिस्त भएको बताएकी छन् । उनले भनिन् –  ‘द्वन्द्वकालमा कसरी रिपोर्टिङ गरियो र कस्तो समयबाट नेपाली पत्रकारिता गुज्रिएर यहाँसम्म आइपुग्यो भन्ने बुझ्न यो पुस्तक सहयोगी हुनेछ।’
पस्तकका लेखक उपाध्यायले यो पुस्तक द्वन्द्वकालमा नेपाली पत्रकार र आमसञ्चार जगतले जे भोग्यो त्यो समयको दस्तावेज भएको बताएका छन् ।

यो पुस्तक सम्म बुक्स पब्लिकेसनले प्रकाशन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

A Guide to Online Slots and Table Games at JackpotCafe Casino

Spin House Casino Gaming Options and Promotions Review

SpinSamba Casino – Hra na štěstí se změnami regulací

Winspark-Casino – Neue Online-Spielautomaten und Tischspiele für Spaß oder Gewinn

Yako Casino Online Gaming Experience Options and Benefits Review

Best Gambling Establishments Approving Neteller

सम्बन्धितखवर

छुटाउनु भयो कि !