TRENDING
Слотика Казино: новый уровень развлечений
Султан Гейм Казино: казахстанская онлайн‑империя азартных игр
Next
Prev

डल्फिन देखिन थाले मोहना ,पथरैया , काढाँ र कान्द्रा नदिमा

शेयेर गर्नुहोस


जमुना न्युरे,भजनी/ कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ ढुंगाना टोल को बैदीमा कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका छन् । कैलालीको मोहना , पथरैया ,काढाँ र कान्द्रा नदीमा डल्फिनको आएका हुन् । 


नदीहरूमा पानीको सतह बढेपछि दुर्लभ जलप्राणी डल्फिन आइपुगेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार असार को दोस्रो साता देखि मोहना , पथरैया ,काढाँ र कान्द्रा नदीमा गरी ८ वटासम्म डल्फिन बच्चा सहित देखा परिरहेका छन् । । टीकापुर नगरपालिका –७ ढुंगाना टोल बैदीस्थित नदीमा यी डल्फिन देखा परिरहेका छन् । 

कर्णाली नदीमा वर्षभरि नै बस्ने डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि ३ महिना मात्रै बस्ने गर्छन् । नदीमा पानीको सतह बढेपछि यहाँ बच्चा हुर्काउन डल्फिन आउने गरेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष ढुङ्गानाले जानकारी दिए । बर्षादको समयमा कर्णालिका साहयक नदीहरुमा रमाउने डल्फिनहरू मनसुन बाहिरिएसँगै पानीको गहिराइ खोज्दै तल्लो पुन कर्णाली नदिमै जानेगरेका छन् । 

यी साहयक नदिहरुमा शुद्व पानीमा पाउने भएकाले डल्फिनले प्रजनन केन्द्र रुपमा पनि यी नदिहरुलाइ रोज्ने गरेको ढुंगानाले बताए ।बर्ष भरिमा कुनै चहलपहल नहुने ढुंगाना टोल बैदिमा बर्षातको समयमा मनसुन सुरु भय पछि डल्फिन देखिन थाले पछि यहाँ डल्फिन अवलोकनका लागि आन्तरिक पर्यटन तथा विदेश पर्यटनहरु डल्फिन सङ्ग रमाउन आउने गर्छन् र कैलालीमा यी चार वटा नदिको सङ्गम जहाँ डल्फिनलाई नाङ्गो आखाले अत्यन्त नजिकबाट डल्फिन अवलोकन गर्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Слотика Казино: новый уровень развлечений

Султан Гейм Казино: казахстанская онлайн‑империя азартных игр

सम्बन्धितखवर

छुटाउनु भयो कि !

लेखहरु

जलवायु परिवर्तन सम्बन्धी खाका अभिसन्धी अन्तर्गत पक्षराष्ट्रहरुको सम्मेलन र नेपाल

लेखक: केशव पराजुली विश्वव्यापी जलवायु समझदारीको ऐतिहासिक कोषेढुंगाको रुपमा क्योटो प्रोटोकल ९१९९७० र पेरिस सम्झौता ९२०१५० विशेष महत्वपूर्ण छन्। क्योटो प्रोटोकलले विकसित देशलाई हरितगृह ग्यास

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

कर्णाली मा.वि.काे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम सम्पन्न

टीकापुर/टीकापुर -१ स्थित कर्णाली माध्यमिक विद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ । मंगलबार विद्यालयले आर्थिक वर्ष २०७७/०७८ काे सामाजिक

अझै पढ्नुहोस्
समाचार

जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा

जमुना न्युरे/धनगढी, । जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ करिब

अझै पढ्नुहोस्