टिकापुरमा एकैदिन ७४ जना एमाले प्रवेश

शेयेर गर्नुहोस

टीकापुर ८ कालीमाटीमा सनिश्चवार एकै गाउँका ७४ जनाले एमाले प्रवेश गरेकाछ्न ।
टीकापुर ८ वडा कमिटीको आयोजनामा सम्पन्न भएको प्रवेश कार्यक्रममा कालीमाटी गाउँका ७४ जनाले एमाले प्रवेश गरेका हुन ।

प्रवेश कार्यक्रम पुर्ब पार्टीका युवाहरुले स्वस्फूर्त मोटरसाइकल र्याली गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि एमाले कैलालीको जिल्लाकमिटी अध्यक्ष रतन थापा तथा बिशिस्ट अतिथि जिल्ला सचीव दान बहादुर विकको उपस्तिथि रहेको थियो । नवप्रवेशीलाइ उहाँ टीका लगाएर जनताको हकहितका पक्षमा काम गर्नुपर्ने भन्दै स्वागत गरिएको थियो ।

अतिथिमा पार्टी प्रदेशकमिटी सदस्य मीन बहादुर कडायत,राम कृष्ण चौधरी , रेवन्त साउद ,जिल्ला कमिटी सदस्य प्रेम साउद ,ध्रुब परियार ,टीकापुर नगर अध्यक्ष धुर्ब खत्री ,उपाध्यक्ष कृष्णा चौधरी ,नगर सुकुम्बासीका अध्यक्ष लोकेन्द्र खड्का , राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा वडा कमिटी १ का अध्यक्ष भुपेन्द्र साउद लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि रतन थापाले बाढीले क्षति पुगाएका किसानलाइ समयमा क्षेती पुर्ती नमिल्नु सरकारको कमजोरी रहेको बताए । बिशिस्ट अतिथि दानबहादुर बिकले अब नेकपा एमालेको लहरलाई कसैले चुनौती दिन नसक्ने यसरी देश भरी प्रवेशको लहर चलिरहने निर्वाचनमा परिणाम देखिने गरि एमाले अधि बढेको बताए ।

टीकापुर ८का नेकपा एमाले वडाकमिटी अध्यक्ष हिरासिह टमट्टाको अध्यक्षतामा भएको प्रवेश कार्यक्रमलाई संचालन बिरबहादुर साउदले गरेका थिए ।

हालै चितवनमा सम्पन्न नेकपा एमालेको दशौ महाअधिवेशन पछि आफुहरु पार्टी प्रति आकर्षण भएर पार्टी प्रवेश गर्ने निर्णय गरेको नव प्रवेसी हरुकाे भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Investeringstips en de unieke kansen die trueluck biedt voor financieel gewin

Αποτελεσματική συνεργασία ομάδων και capospin για απρόσκοπτη ανάπτυξη

Αποτελεσματική συνεργασία ομάδων και capospin για απρόσκοπτη ανάπτυξη

Remarkable stories and 9club membership reveal exclusive lifestyle insights

Analyse interessanter Wettoptionen mit 1bet für ambitionierte Sportfans gewinnen

सम्बन्धितखवर

छुटाउनु भयो कि !