कैलालीमा पाँच दल गठबन्धन गरेर स्थानीय निर्वाचनमा जाने सहमति

शेयेर गर्नुहोस

टीकापुर/स्थानीय निर्वाचनमा कैलालीका पाँच दल गठबन्धन गरेर जाने भएका छन् । बुधबार कांग्रेस पार्टी कार्यालय कैलाली बसेको ५ दलको बैठकले गठनन्ध प्रति पुर्ण प्रतिवद्ध रहने निर्णय गरेको हो ।

नेकपा (एकीकृत समाजवादी) कैलालीका उपाध्यक्ष तथा बार्ता समुहका सदस्य विमल जोशीले दलहरु गठबन्धन प्रति प्रतिवद्ध रहने निर्णय गरेको बताउनुभयाे ।

उहांले आ–आफ्नो दलले आन्तरिक छलफल जारी राख्ने सहमति भएको छ । आउँदो २५ गते २ बजे पुनः पाचदलीय गठनबन्धको बैठक बस्ने जोशीले जानकारी दिनुभयाे । बुधबार बैठकमा माओवादी केन्द्रका नेताको निधनका कारण उपस्थित हुन नसकेको बताइएको छ । २५ गते हुुने बैठकमा सबै दलले आफ्नो तयारी अन्तीम चरणमा पुुगाउने सहमति भएको छ ।

बैठकमा नेकपा(एकीकृत समाजावदी) का केन्द्रीय सदस्य कैलाली इन्चार्ज, प्रदेश संसदीय दलका नेता दीर्घ सोडारी, केन्द्रीय सदस्य लक्ष्मी चौधरी, जिल्ला अध्यक्ष भैरव सिंह रावल, उपाध्यक्ष विमल जोशी, सचिव खडक रावत, उपसचिव दीर्घ जोशी, नेपाली काग्रेसको तर्फबाट कैलालीका सभापति नारायणदत्त भट्ट, केन्द्रीय सदस्य नृप ओड, जिल्ला उपसभापति भिम बडुवाल, सचिव केशव मिश्र लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा खबर

No Down Payment Incentive Casino Site Checklist: A detailed guide for players

The Best Gambling Establishment Invite Rewards: A Guide to Maximizing Your Online Pc Gaming Experience

Free Online Casino Slot Games: The Ultimate Guide

Der Ultimative Überblick für Mobile Casino Seite Spiele

सम्बन्धितखवर

छुटाउनु भयो कि !