TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

५१ औं विश्व सिमसार दिवस विभिन्न कार्यक्रम साथ सम्पन्न

शेयेर गर्नुहोस

सुखड / कैलालीको घोडाघोडी ताल क्षेत्रमा आज ५१ औ विश्व सिमसार दिवस मनाइएको छ । आजको आवश्यकता सिमसारको पुर्नस्थापना भन्ने नाराका साथ सिमसार दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले सिमसार क्षेत्र जोखिममा पर्दै गइरहेको भन्दै संरक्षणमा जुट्न आवश्यक रहेको बताएका थिए । उनले घोडाघोडी क्षेत्रमा रहेका तालहरु पनि सुक्दै गइरहेको बताए । ‘पछिल्ला दिनहरूमा सिमसार क्षेत्रहरू हराउँदै लोप हुँदै अतिक्रमण हुँदै गइरहेको छ’ उनले भने ‘घोडाघोडी ताल क्षेत्र आसपासमा धेरै तालहरू थिए । अहिले सुकेका छन् ।’

बुलबुले ताल क्षेत्र कन्द्रा नदीको जोखिममा रहेको भन्दै संरक्षणको आवश्यकता पैदा भएको समेत जनाए । वन क्षेत्रको संरक्षण नहुँदा सिमसार क्षेत्रहरू पुरिँदै गएको भन्दै नगरप्रमुख रावतले वन संरक्षणमा जुट्न पनि आग्रह गरेका थिए । सिमसार संरक्षण राज्यको मात्र जिम्मेवारी नभएको बताउँदै नगर प्रमुख रावतले भने ‘यसमा सबै लाग्नु पर्छ ।’

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले बसन्ता, घोडाघोडी र कर्णाली कोरिडोरमा रहेका ताल तथा सिमसारहरू नास हुँदै गइरहेको बताए । नेपालको कुल भूमिको करिब ५।५ प्रतिशत सिमसार क्षेत्रले ओगटेको भन्दै रिजालले ती क्षेत्रको संरक्षण आजको आवश्यकता रहेको बताए ।

नदी कटान, बाढी र डुबानले सिमसार क्षेत्र पुरिँदै गएको रिजालले जानकारी दिए । रिजालले सिमसार जोगाउन साझा नीति आवश्यकता रहेको समेत जनाए ।
घोडाघोडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझाले विकासको निम्ति भइरहेका विनाशले सिमसार तथा तालहरू जोखिममा परेको टिप्पणी गरे ।
उनले कतिपय सिमसार क्षेत्रमा बस्ती नै बस्न थालेको समेत जनाए ।

कार्यक्रमा पक्षीं संरक्षण संघका सहजकर्ता हिरुलाल डगौरा, भूपाल नेपाली,सामुदायीक सिकाइ केन्द्रका अध्यक्ष शिवप्रसाद ढकाल, सामुदायीक बन महासङ्घ घोडाघोडी अध्यक्ष मैना ढकाल, चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरे लगायतले मन्तव्य राखेका थिए ।

डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा घोडाघोडी संरक्षण तथा जन जागरण मञ्चले कार्यक्रम आयोजना गरेको थियो । मञ्चका अध्यक्ष हेम बमले सिमसार क्षेत्र नष्ट हुँदै गइरहेको भन्दै सरोकारवाला निकायले यसमा ध्यान दिनु पर्ने बताए ।
सिमसार क्षेत्र नष्ट हुँदा जैविक विविधतामा पनि खतरामा पर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

विकास सबै नगरवासिको चाहना होइन र ?

टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो अवस्थामा रहेकाे , मर्मत गरेर बनाउन नसकिने ) शाैचालय

अझै पढ्नुहोस्