भारत जाने श्रमिकको तथ्याँक राख्न प्रदेश सचिबलाई मुख्यमन्त्रीको निर्देशन

शेयेर गर्नुहोस


कैलाली /सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतमा रोजगारीका लागि जाने श्रमिकको सन्दर्भमा प्रदेश सरकार संबेदनशिल रहेको बताउनु भएको छ ।


नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशले आयोजना गरेको सुदुरपश्चिम सरकारसँग बीमा सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम बोल्दै मुख्यमन्त्री शाहले रोजगारीको शिलशिलामा भारत जाने श्रमिकलाई बीमालाभमा समेट्नु पर्ने बताउदै यसतर्फ प्रदेश सरकार संबेदनशिल रहेको बताउनु भएको हो ।
उहाँले रोजगारीका लागि खाडी मुलुक लगायत तेस्रो मुलुक जाने श्रमिक सँगसँगै रोजगारीका लागि भारत जाने श्रमिकहरुको श्रमिक बीमा गर्नुुपर्ने बताउनु भयो ।

श्रमिकले बीमाबाट राम्रो लाभ लिनसक्ने र जनतामा राम्रो सन्देश जाने भएकाले प्रदेश सचिब र सचिबहरुलाई भारत जाने श्रमिको तथ्याँक संकलन गरी प्रक्रिया अगाडी बढान र गृहकार्यमा लाग्न निर्देशन दिनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मुख्यमन्त्री शाहले प्रदेश सरकारले सुदुरपश्चिमवासीको विपत बीमा गर्ने योजना लिएकोले नियमनकारी निकाय बीमा प्राधिकरण र बीमा गर्ने संघ संस्थाले चिन्ता र चासो लिएमा सहज हुने बताउनु भयो ।


महिला स्वंयम सेविकाको बीमा सरकारले गर्नुका साथै महिला शिक्षिकाहरुको हकमा सरकारले प्रतिव्यक्ति २ हजार अनुदानमा दिदै आएको मुख्यमन्त्री शाहले जानकारी दिनुभयो । साथै उहाँले कृषि बीमाका लागि प्रदेश सरकारले विशेष योजना ल्याएर बढी भन्दाबढी किसानलाई सहभागी गराउने बताउदै बीमा गरिसकेपछि बीमाबाट पाउँने लाभ झन्झटिलो भएकोले प्रविधिको भरपुर प्रयोग गरि सहज वातावरण मिलाउन सुझाब दिनुभयो ।

ताजा खबर

Kyllingvej 2 – Fodspor til Rådighed

Glücksspiele beim Scored Casino

Dublinbet Casino: Eine Betrachtung der Spielautomatenangebote in Deutschland

Vogelspuren auf dem Runden Teller

La Ruta del Pollo en la Rueda de Azar: Pelea por el Gran Premio de Pólizas de Seguro

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अक्षयकोष स्थापनाका लागि धनगढीमा चौतारी साँझ गरिँदै

जमुना न्युरे,धनगढी/प्रेस चौतारी नेपाल कैलालीको आयोजनामा भोलि (शनिबार) चौतारी साँझ हुने आयोजकले जनाएको छ। पत्रकारहरुलाइ भै परि आउने समस्या समाधान तथा दुर्घटनामा पर्ने पत्रकारहरुका लागि

अझै पढ्नुहोस्