४ घण्टा वडा कार्यालयमा कामकाज गरिदिन मेयरलाई आग्रह

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष शेर बहादुर महराले ४ घण्टा मात्रै वडा कार्यालयमा आएर कामकाज हेरिदिन मेयर गोपाल हमाललाई आग्रह गरेका छन् ।

वडा कार्यालयमा दक्ष जनशक्ती अभावका कारण दैनिक कामकाजमा निकै समस्या भइरहेको भन्दै सत्ती कर्णाली अनलाइन संग कुरा गर्दै वडा अध्यक्ष महराले एक पटक वडा कार्यालयमा आएर बुझिदिन आग्रह गरेका हुन् ।

वडा सम्हालेको दिनदेखी म हैरान छु वडा अध्यक्ष महराले भने “शुरुदेखी केही महिना अघीसम्म सेवा निबृत्त हुन लाग्नुभएका कर्मचारीलाई सचिवका रुपमा खटाइयो, अन्य कर्मचारी सिकारु पठाउने र सिकिसकेपछि फेरी नगरपालिका तान्ने काम निरन्तर भयो यसले गर्दा मेरो वडाको दैनिक कामकाज निकै प्रभावित भइरह्यो, कहिलेकाहीँ राजश्व बुझाउन समेत यहाँका नागरिकले नगरपालिका धाउनुपरिरह्यो ।” आम वडाबासीले सुबिधा नपाउँदा मलाई गुनासो गर्नुहुन्छ मैले दक्ष कर्मचारी पठाइदिनुस भनेर प्रशासन साखा देखी मेयर सापसम्म भनिसके तर मेरो भनेको सुनुवाई कहिल्यै भएन उनले भने “समयमा सेवाग्राहीले सेवा नपाए गुनासो मैलेनै सुन्नुपर्छ, यहाँ वडा अध्यक्षले काम गरेन भनेर आलोचना हुन्छ, मैले एक्लै कसरी जनताको अपेक्षा अनुसार काम गर्नु, बिल काट्ने देखी पञ्जिकरण नसिकेका कर्मचारी यहाँ पठाइन्छ, सचिव शिक्षाको पठाएको छ, अमिन समयमा पाइदैन, कसरी काम हुन्छ मेयर साप, धनगढी बजार क्षेत्र मात्रै होइन १२ नम्बर पनि हो यता नजर लगाइदिनुस ।”

जनताका काम जति स्पिडले गर्ला भनेर आएको थिए यस्तै झमेलाले काम भने अनुसार गर्न सकिएको छैन उनले भने “म आफु कहाँ कसरी खटिनुपर्छ खटिएको छु, यहाँ १० देखी ४ बजेसम्म कर्मचारी सरह ड्युटी गर्नुपर्छ, सेवाग्राहीको चाप सधैँ उस्तै छ, अनी कार्यालय समयपछि जनताका काममा खटिनुपर्छ, कर्मचारी अभाव र दक्षता कम भएकै कारण मैले भने अनुसार काम गर्न पाएको छैन, उपमहानगरले यहाँको समस्या बझिदिए काम गर्न सहज हुने थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा नागरिक

अझै पढ्नुहोस्
समाचार

सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खानेपानीकाे समस्या

टीकापुर / कैलालीको दक्षिणी भेगमा पनि खाने पानीको समस्या छ भन्दा अनाैठाे लाग्न सक्छ । तर साच्चिकै कैलालीको सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खाने पानीकाे समस्या

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी ताल मा टावर बनाउदै बनाइएका सरचना भत्किदै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका रहेको घोडाघोडी तालमा भ्युटावर निर्माण हुँदै छ । संघिय सरकारको पर्यटन मन्त्रालयको पर्यटन बिभागले तीन करोड १३ लाख ७३ हजार

अझै पढ्नुहोस्
समाचार

६३३ प्रजातिका चराको अभिलेख राख्दै सजय बने सर्वोत्कृष्ट

धनगढी/विश्वभरका पंछीहरुका तथ्याङ्कको सुरक्षित भण्डारण, सार्वजनिककरण, पहिचान, बितरण तथा सांङखकिय विवरणहरुको अध्याबधिक राख्ने अन्तर्राष्ट्रिय अनलाईन प्लेटफर्म संस्था इ–बर्डको तथ्याङ्क अनुसार सन् २०२४ मा इ–बर्डका प्रयोगकर्ता

अझै पढ्नुहोस्