सृजनात्मक लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी: पश्चिम नेपाल क्षेत्रका विभिन्न दाङ , बर्दिया , कैलाली र कंचनपुर जिल्लाका पत्रकारहरुलाई सृजनात्मक लेखन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मित्र समाजको आयोजनामा जागृती फाण्डेशनको समन्वयमा एव यूएसएआईडी अन्तर्गत जलजंगल परियोजनाको सहयोगमा सुदूर तथा लुम्बिनी प्रदेशका चार जिल्लाका पत्रकारहरुलाई सृजनात्मक लेखन सम्बन्धी अभिमुखिकरण गराईएको हो ।

कार्यक्रम माथी प्रकाश पार्दै मित्र समाजका कार्यकारी निर्देशक विवेक सिह(ठकुरी)ले पछिल्ला दिनहरुमा जलवायुमा परेको असर बारे संचार क्षेत्रबाट विषय सृजनात्मक रुपमा उठान गरेर सरोकारवालाको ध्यानाकर्षण गराउन संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । उनका अनुसार सरोकारहरुलासंग संयुक्त छलफल बहस समेत गरिने बताए ।

धनगढीको देव तालिम केन्द्रको हलमा कैलाली, कञ्चनपुर, बाँके र दाङका पत्रकारहरुलाई वातावरणमा परेको प्रभाव, असरका विषयमा अभिमुखिकरण गराईएको हो । सरक्षणका क्षेत्रमा काम गर्दै आएका बरिष्ठ पत्रकारद्वय सुबोध गौतम र पिताम्बर सिग्देलले प्रशिक्षण दिएका छन ।

कार्यक्रममा पछिल्लो समय वातावरणमा परेको प्रभावलाई कसरी सृजनात्मक र सरल तरिकाले ती समस्याहरुलाइ समाचारका माध्यम बाट बाहिर ल्याउन सकिन्छ , जलवायु परिवर्तनलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सहभागी पत्रकारहरु आफ्नो अपेक्षा राख्दै यस्ता अभिमुखिकरण कार्यक्रम समय समयमा पुन ताजगी गराइ रहन आयोजकलाई आग्रह गरेका थिए ।
कार्यक्रममा वन वातावरण मै कलम चलाइरहेका ३० जना पत्रकार हरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

स्थानीय सरकार

टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख थारुद्वारा अनुगमन

टीकापुर/टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख रामलाल डगाैरा थारु सहितकाे टाेलिले अनुगमन अनुगमन गरेकाे छ ।टीकापुर नगरपालिका बजार क्षेत्रमा बनिरहेका विकास निर्माणका संरचनामा

अझै पढ्नुहोस्
समाचार

धनगढीमा प्रहरी अस्पताल सञ्चालनमा, एक सातासम्म सबैलाई सेवा निशुल्क

जमुना न्युरे,धनगढी /कैलाली सदरमुकाम धनगढीमा आजदेखि प्रहरी अस्पताल सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र अस्पताल सञ्चालनमा ल्याइएको

अझै पढ्नुहोस्
Highlights

असाेज ३१ गते सुदुरपश्चिममा सार्वजनिक बिदा

टीकापुर/भाेली असाेज ३१ गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाे छ ।बैषाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर असाेज ३१ गते पनि

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

स्वास्थ्यकर्मिहरुलाई हाजिर गराउन परिपत्र

जमुना न्युरे,धनगढी/धनगढी उपमहानगरपालिकाले समायाेजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गराउन सघियं मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ। धनगढी उपमहानगर पालिकाले समायोजन तथा समायोजन मिलान

अझै पढ्नुहोस्