नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलालीमा देउवा पक्षको तयारी तीव्र

शेयेर गर्नुहोस

धनगढी, १२ असोज  / नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर कैलालीमा देउवा पक्षले आफ्नो तयारी तीव्र बनाएको जनाएको छ। शेरबहादुर देउवा पक्षले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै वडा तहदेखि क्षेत्र र जिल्ला तहसम्म अधिवेशनका लागि आवश्यक तयारी अघि बढाइएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले क्षेत्रीय तथा जिल्ला तहमा निर्वाचनका लागि जिम्मेवारी तोकेर संयोजक खटाइसकिएको बताए। उनका अनुसार वडा, गाउँपालिका र नगरपालिका तहमा समेत जिम्मेवारी बाँडफाँट गरिसकिएको छ।

उनले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी क्रमशः माथिल्ला तहका अधिवेशन सम्पन्न गर्दै १५औँ महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको बताए।

वडले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई नै १५औँ महाधिवेशन गर्ने अधिकार रहेको दाबी गरे। कुनै व्यक्ति वा समूह अर्को पक्षमा लाग्दैमा सिङ्गो नेपाली कांग्रेस नै त्यता गएको अर्थ लगाउन नहुने उनको भनाइ थियो।

‘कुनै व्यक्ति यता–उता जाँदैमा सिङ्गो कांग्रेस नै गएको भनेर बुझ्नु हुँदैन,’ वडले भने, ‘आधिकारिक कांग्रेस हामी नै हौँ।’

पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टलगायतका नेताहरूको सहभागिता थियो। उनीहरूले पार्टीको विधानअनुसार अधिवेशन प्रक्रिया अघि बढाउने बताएका थिए।

ताजा खबर

Comprehending ESA Letters in North Dakota: A Comprehensive Overview

Kasyna Blik: poradnik dla graczy

favorite rest article 770917

Mobile Online Gambling Enterprises: The Ultimate Guide to Pc Gaming on the Go

The Ultimate Overview to Register Perks at Online Casino Sites

Casoola Account Duplicatiebeleid

सम्बन्धितखवर

छुटाउनु भयो कि !