मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

शेयेर गर्नुहोस

धनगढी , ६ पौष /कैलाली जिल्लाको मानव अधिकार वर्ष पुस्तक प्रकाशन समीक्षा सम्पन्न भएको छ । विगत लामो समयदेखि इन्सेक कार्यलयले अर्धवार्षिक र बार्षिक रुपमा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनपूर्व समिक्षा गर्दै आएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रमुख हरि प्रसाद ज्ञावलीले बताउनुभयो ।

सन् २०२३ डिसेम्बर २१ तरिखसम्म कैलाली जिल्लाम भएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको पुष्टि तथा पुनः पुष्टिगर्ने उद्देश्यले समिक्षा कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रमुख ज्ञावलीले बताएका छन् ।

सन् २०२३ जनवरी देखि डिसेम्बर २१ तारिखसम्मको अवधीमा कैलाली जिल्लामा सङ्कलन गरिएका ४ सय १३ घटनामा ३ सय ५७ महिला,४५ बालिका र १५ पुरुष गरी ४ सय १७ जना पीडित भएको इन्सेका प्रदेश कार्यालय निमित्त प्रमुख कृष्ण बि.क ले बताए ।

एक बर्षको अवधिमा महिला अधिकारबाट ३ सय ५७ जना पीडित भएका छन् । जसमध्ये घरेलु हिंसाबाट २ सय ८० , बलात्कारबाट २८, बलात्कार प्रयासबाट ९ , बेचबिखनबाट ४ , बहुविवाहबाट २९ , एकजना सुत्केरीको मृत्यु ,असुरक्षित गर्भपतनबाट १ महिलाको मृत्यु , परिवारजनबाट ३ जना महिलाको हत्या र अन्य पक्षबाट १÷१ जना महिला प्रहरीमाथि दुव्र्यवहार भएको इन्सेकको अभिलेखमा रहेको इन्सेकका प्रदेश कार्यालय निमित्त प्रमुख बि.क ले बताए।

यस कार्यक्रमको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रमुख हरि प्रसाद ज्ञावलीले गर्नु भएको थियो , कार्यक्रममा माइती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरी, एड्भोकेसी फोरमका पुष्प विक्रम शाही र ओरेकका गीता चौधरीले सुझाव दिएका थिए ।

ताजा खबर

What is Bitguruz Casino: Overview and Information.

What is Chicken Road 2: A Gambling Game Overview

Understanding Dragon Money Casino: Online Gaming Options

What is Lucky Ace Casino?

Overview of BingoBonga Casino features and games offered.

What is Chicken Cross: A Brief Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !