सांसद रेशम चौधरीकाे नयाँ दल दर्ताकाे घाेषणा, नाम नेपाल समाजवादी पार्टी

शेयेर गर्नुहोस

टीकापुर/ सांसद रेशम लाल चौधरीकाे नयाँ दल दर्ता गर्ने घाेषणा भएको छ ।

शनिबार काठमाडौंमा सांसद चौधरी समर्थित नेता कार्यकर्ताहरुको व्रिहत राजनैतिक छलफल पछि पत्रकार सम्मेलन गर्दै नयाँ दल दर्ता गर्ने घाेषणा गरिएको हाे । सांसद रेशम लाल चाैधरीकि श्रीमती रन्जिता श्रेष्ठ चाैधरीकाे संयोजकमा केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । नयाँ दलकाे प्रस्तावित नाम नेपाल समाजवादी पार्टी राखिएको छ । भने चुनाव चिन्ह आँखा, फुलकाे घुच्चा र रेललाई विकल्प राखि प्रस्तावित गरिएको छ ।

पुस ९ गते दल दर्ता गर्ने कार्यक्रम रहेको र दल दर्ता पछि सांसद रेशम लाल चाैधरीले नै नयाँ दलकाे नेतृत्व लिनुहुने चाैधरीका कानुनी सल्लाहकार सराेज बुढाथोकीले जानकारी दिनुभयो । नयाँ पार्टीकाे नाम र चुनाव चिन्हकाे खाका बनिसकेको बुझिएको छ ।

मधेसबादि दलबाट राजबन्दिहरुकाे रिहाइ र अन्य मागहरुकाे सम्बाेधन हुन नसक्ने भएकाले नयाँ दल दर्ता गरेर अघि बढ्न लागेकाे सांसद रेशमलाल चाैधरीले जेलमा भएको भेटघाटका क्रममा सत्ती कर्णाली न्युज डटकमलाई जानकारी दिनुभयाे । उहाँले आफू लगायत जेलबन्धिहरुकाे रिहाइकाे लागि मधेसवादी दलहरूले पहल गर्न नसक्ने र आफ्नो नाम भजाएर मात्र खाने भएकाले आफुले मधेसवादी दल त्याग गरि सकेको बताउनुभयो । चाैधरीले अब नयाँ दल दर्ताकाे विकल्प नरहेकोले आफुले नयाँ छुट्टै दल दर्ता गर्न लागेको बताउनुभयो ।

सांसद रेशम चाैधरीकि श्रीमती रन्जिता श्रेष्ठ चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा उहाँले आफ्नो राजनैतिक कार्य पत्र समेत पेश गर्नुभएको थियाे । राजनैतिक कार्य पत्र अनुसार १०१ सदस्यीय केन्द्रीय समिति,२५ सदस्यीय प्रदेश कमिटी, २५ सदस्यीय जिल्ला कमिटी , २५ सदस्यीय क्षेत्रिय कमिटी, २५ सदस्यीय गाउँ तथा नगर कमिटी र २५ सदस्यीय वडा कमिटी रहने ब्यवस्था रहेको छ ।

केन्द्रीय कमिटी गठन गर्दै प्रदेश, जिल्ला, क्षेत्र, नगर कमिटी गठन गर्दै वडा सम्मका संगठन विस्तार गरिने बताइएको छ ।

कार्यक्रमा टीकापुर – ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, लक्ष्मण किशोर चाैधरी, भजनी- ३ का वडा अध्यक्ष विक्रम चाैधरी, नवलपरासीका मुक्ती थनेट, बांकेका बसन्ती नेपाली, जुम्लाका साेनाम यंकी मुगाल, देविसरा बादी , नेपाल तामाङ महासंघका प्रदिप तामाङ, भजनीका केवल चाैधरी, कपिलवस्तुका राम बहादुर थारु, कैलालीका पुन्न बहादुर बुढा, रेशम लाल चाैधरीका कानुनी सल्लाहकार सराेज बुढाथोकी, दिपक चाैधरी र पुर्व राजपाका कैलाली जिल्ला संयाेजक गंगा चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । भने कार्यक्रम संचालन समाजसेवी तथा पुर्व शिक्षक दामोदर पन्डित र उर्मिला गमुवा थारुले गर्नु भएको थियोे । शुक्रबार देखि शुरु भएको छलफल कार्यक्रममा पार्टी दर्ताको तयारीका लागि हरेक वटा १३ जिल्लाबाट रेशम चाैधरी समर्थित नेता कार्यकर्ताहरुकाे कार्यक्रममा उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशमा नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस मनाइयो

धनगढी । नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रेस युनियन सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना तथा कैलाली

अझै पढ्नुहोस्
समाचार

नेपाली कांग्रेसको आयोजनामा धनगढीमा १११ औं बीपी जन्मजयन्ती कार्यक्रम सम्पन्न

धनगढी, २५ भदौ – नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार प्रसार शाखाको आयोजनामा आज धनगढीमा १११ औं बीपी कोइराला जन्मजयन्ती भव्य रुपमा मनाइएको छ। सो

अझै पढ्नुहोस्
समाचार

विपद् रोकथामका लागि चुरे संरक्षण आवश्यक : प्रदेश प्रमुख मियाँ

लम्की/सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले चुरे क्षेत्रको संरक्षण नगरी विपद् नियन्त्रण असम्भव हुने स्पष्ट पारेका छन्। ११औँ चुरे संरक्षण दिवसको अवसरमा सोमबार कैलालीको लम्कीचुहा

अझै पढ्नुहोस्
पर्यटन

कोरोना पछि लयमा फर्किदै गाभरभ्याली होमस्टे

जमुना न्युरे,धनगढी /बाँकेको बैजनाथ गाउँपालिका–१ स्थित गाभरभ्याली होमस्टे वार्षिक २ करोडको कारोबार गर्न सफल हुदै कोरोना पछि पुन लयमा फर्किन थालेको छ । तराइ भु-परिधी

अझै पढ्नुहोस्