लोपोन्मुख जातीको क्षमता बिकासका लागि अभिमुखिकरण

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका ८ मा लोपोन्मुख जातीको क्षमता बिकासका लागि अभिमुखिकरण गरिएको छ । घोडाघोडी नगरपालिका वडा न ८ को आयोजना तथा राजमार्ग सञ्चारिका महिला समुहको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका ८ का अध्यक्ष बीर बहादुर साउदले उहाले भन्नुभयो,बाटो, घाटो, पुल पुलेसा मात्रै बिकास होईनन् ,नेतृत्व बिकास,क्षमता बिकास हुन पनि आवश्यक रहेकाले यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सिकेको कुराहरुलाई ब्यवहारमा उतानुपर्नेमा उहाले जोड दिनुभयो । कार्यक्रममा सहभागि रेखा राजीले कार्यक्रम उपयोगी मुलक रहेकाले आगामि दिनमा सिपमुलक तालिमको आयोजना गर्नुपर्ने बताउनुभयो । राजमार्ग सञ्चारिका महिला समुहका सचिब ईन्दु केुसीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष जमुना न्युरेले स्वागत गरेकि थिईन् ।

कार्यक्रममा राजी समुदायका ४५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि बम बहादुर राजीले कार्यक्रममा पहिलो पटक सहभागि भएको बताउदै उहाले भन्नुभयो,यस्ता कार्यक्रमहरुले नेतृत्व बिकास गर्न सहयोग पुग्छ । कार्यक्रममा घोडाघोडी नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख ईन्दु जोशि,प्रकाश बिकले प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पुरैनातालको नक्साङ्कन माघ महिना देखि सुरु हुन्छ, प्र.जि.अ : मिश्र

जमुना न्युरे,कैलालीको भजनि नगरपालिका ७ स्थित पुरैना तालको नाप नक्साङ्कन / सिमाङ्कन कार्य आउदो माघ महिना बाट गरिने भएको छ । मङगबार स्थलगत अनुगमनमा पुगेका

अझै पढ्नुहोस्
Highlights

साहित्य समाजको प्राङ्गणमा डेउडा प्रतिष्ठानको पुषे पन्ध्र

जमुना न्युरे/ धनगढी उपमहानगरपालिका वडा न.-१ चक्मेली बजार नजिकै रहेको डेउडा प्रतिष्ठान केन्द्रिय समितिको कार्यालय सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा पुषे पन्ध्र विशेष विविध सांस्कृतिक कार्यक्रमको

अझै पढ्नुहोस्
कृषि

टीकापुर ७ र ९ ले ५० प्रतिशत अनुदानमा किसानलाई गहुँकाे बीउ वितरण

माेहित श्रीपाइली,टीकापुर/ टीकापुर नगरपालिका वडा नं. ७ र ९ ले ५० प्रतिशत अनुदानमा किसानलाई गहुँको बीउँ वितरण गरेको छ । वडाले आर्थिक वर्ष २०७८/०७९ काे

अझै पढ्नुहोस्
समाचार

पाटेबाघ क्यामेरा ट्रापिङ प्रविधिबाट अनुगमन गरिने

जमुना न्युरे,सुखड/खाता संरक्षित क्षेत्रमा पाटेबाघ लगायतका वन्यजन्तुहरुको आन्तरिक जानकारीका लागि क्यामेरा ट्रापिङ प्रविधिबाट गरिने अनुगमन कार्यको शुभारम्भ गरिएको छ । नेपाल र छिमेकि मुलुक भारतको

अझै पढ्नुहोस्