कैलालीमा प्रभावकारी बन्दै “विद्यालय स्वास्थ्य तथा नर्सिङ” कार्यक्रम

शेयेर गर्नुहोस


सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१० की रोशनी खड्का पेशाले नर्स हुन तर उनी स्वास्थ्य संस्था नगई शिक्षक जस्तै नियमित विद्यालय जान्छिन् ।


सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा नर्सिङ कार्यक्रम अन्तर्गत उनी सोही वडामा रहेको कान्ति राज्यलक्ष्मी माविमा कार्यरत छिन । यहाँ विद्यार्थीको नियमित स्वास्थ्य जाँचसँगै प्राथमिक उपचार गरेर उनको दैनिकी बित्छ ।
यसका साथै उनले विद्यार्थीलाई व्यक्तिगत तथा वातावरण सरसफाई, किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन शिक्षा, लागुपदार्थ दुव्र्यसनी लगायत विषयमा जानकारी तथा परामर्शसमेत दिने गरेकी छन् ।


सङ्घीय सरकारले महत्वका साथ सुरूआत गरेको उक्त कार्यक्रमअन्तर्गत उनले २०७९ भदौ देखि यस्तै सेवा दिइरहेकी छन् । खड्काले सुरूमा पालीकामा रहेका धेरै विद्यालयमा सेवा दिनु परेकाले सेवा प्रभावकारिता बारे गुनासो आएपछि हाल एउठा विद्यालयमा केन्द्रीत हुनुपरेको बताइन् ।


‘पालिकाभित्र ५१ वटा सामूदायिक विद्यालय छन् । पहिले धेरै विद्यालयमा गएर सेवा दिनुपथ्र्यो तर अहिले एउटा विद्यालयमा केन्द्रीत भएर काम गरिहेकी छु । विद्यार्थीले घरपरिवार तथा शिक्षकसँग खुलेर भन्न नसकेका समस्या पनि मलाई भन्ने गरेका छन’, खड्का भन्छिन्, ‘किशोरीले विशेष गरी महिनावारी तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या र जिज्ञासा खुलेर भन्ने गरेका छन् । उनीहरुको समस्या समाधान गर्न सहज भएको छ ।’
प्रधानाध्यापक उमाकान्त मिश्रले विद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यार्थीका समस्या समाधान गर्न सहज भएको बताए ।


‘विद्यालय समयमा विद्यार्थीमा केही स्वास्थ्य समस्या आएमा तत्काल प्राथमिक उपचार पाउने भएकाले पठनपाठन पनि प्रभावकारी भएको छ । विद्यार्थीसमेत व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका सम्बन्धमा सजग भएका छन’, उनले भने।
घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंह पनि विद्यालय नर्सिङ कार्यक्रम प्रभावकारी भएको बताउँछन् । उनले हाल पालिकामा रहेका विद्यालयमा सेवाका लागि एकजना मात्रै नर्स भएकाले सबै ठाउँमा सेवा दिन असहज भएको बताए ।
‘सुरुमा उहाँले नै यहाँका धेरै विद्यालयमा सेवा दिनुहुन्थ्यो, त्यो प्रभावकारी नभएपछि एउटा विद्यालयमा केन्द्रीत गरेका छौँ तर आवश्यकतामा अन्य विद्यालयमा पनि सेवा दिइरहनुभएको छ’, सिंहले भने, ‘अब अन्य विद्यालयमा पनि विद्यालय नर्सको व्यवस्था गर्न अपरिहार्य छ । यस विषयमा सरोकार भएकाहरूको ध्यानाकर्षण गराइरहेका छौँ ।’


स्वास्थ्य कार्यालय कैलालीका सिनियर अनमी रमा गिरीले यो कार्यक्रम जिल्लाका चारवटा स्थानीय तहका छ विद्यालयमा लागू गरिएको जानकारी दिइन् । उनका अनुसार धनगढी उपमहानगरपालिकाको त्रिनगर र चैतन्य मावि, भजनी नगरपालिकाको महुन्याल मावि, घोडाघोडी नगरपालिकाको कान्ति राज्यलक्ष्मी मावि र जानकी गाउँपालिकाको सरस्वती र महेन्द्र शिशु माविमा यो कार्यक्रम लागू छ ।
सोही कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले यो कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थी र विशेष गरी किशोरीको स्वास्थ्य समस्या समाधान तथा सरसफाइमा राम्रो प्रभाव परेको प्रतिक्रिया आएको बताए । आगामी आर्थिक वर्षमा थप दुई विद्यालयमा कार्यक्रम विस्तार गर्न प्रस्ताव गरिएको उनले जानकारी दिए ।


विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुरा खान प्रेरित गरी स्वास्थ्य जीवनशैलीमा अभ्यस्त गराउन, वातावरण तथा व्यक्तिगत सरसफाइमा सुधार ल्याउन, किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार, महिनावारी व्यवस्थित गरी विद्यालय जाने वातावरण सिर्जना गर्न र जटिल प्रकारका स्वास्थ्य समस्या समयमै समाधानका लागि पहल गर्न ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका, २०७६’ नेपाल सरकारले जारी गरेको छ ।
निर्देशिकामा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि प्रत्येक विद्यालयमा एकजना नर्स राख्ने व्यवस्था गरिएको छ ।

ताजा खबर

Amazon Slots Casino – Spielautomatenspiel auf hohem Niveau

Best Slots Gambling Enterprise Online: A Comprehensive Guide

The Ultimate Overview to Discovering the very best Roulette Bonus Offers

Casino Repayment Methods: A Comprehensive Guide

La Strada del Gallo Doro: Vita di Gioco in un Mondo Animale.

Casino Site No Deposit Offer: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक

धनगढी/धनगढीमा नयाँ बर्षको अवसरमा हुन गईरहेको फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक सन्तति आईभिएफ सेन्टर बनेको छ । फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा आगामी चैत २७ र २८

अझै पढ्नुहोस्