लाइटहरु गुणस्तरीय नभएको पाइएको छ

शेयेर गर्नुहोस

धनगढी/धनगढीमा झिलिमिली पार्न लगाइएका लाइटहरु गुणस्तरीय नभएको पाइएको छ। धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा जडान गरिएका सडक बत्तिहरु गुणस्तरहीन भएको पाइएको हो।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले वडा कार्यालयबाट खरिद गराएका बिजुलीका चिम नक्कली भएको खुलेको हो।

लाइटहरुको गुणस्तर परीक्षण गर्न नमूना काठमाडौं पठाएकोमा नक्कली प्रमाणीत भएको बुझिएको छ। धनगढीका विभिन्न क्षेत्रका सडकका पोलमा हालै चिमहरु र स्मार्ट स्ट्रिट लाइटहरु जडान गरिएका थिए।

उपमहानगरले धनगढीको मुख्य सडक छ लेन, ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस रोडसमेत स्मार्ट स्ट्रिट लाइट जडान गरेको थियो। तर ती लाइटहरु नक्कली परेको ९आइएसओ प्रमाणित नभएको० र जडित बत्ती बदल्न उपमहानगरले निर्माण कम्पनीलाई पत्राचार गरेको जनाएको छ।

नक्कली चिमका विषयमा उजुरी परेपछि गुणस्तर परीक्षण गर्न उपमहानगरले नमूना संकलन गरेर कात्तिक १७ मा ललितपुरमा रहेको नवीकरणीय उर्जा परीक्षण केन्द्रमा गुणस्तर बत्ति पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल बैंकले टिकापुर नगरपालिकाका कर्मचारीलाई विना धितो ऋण दिने

टीकापुर/ टीकापुरस्थित नेपाल बैंक लिमिटेडले टीकापुर नगरपालिकाका कर्मचारीलाई विना धितो ऋण दिने भएको छ । बैंक र नगरपालिकाबिच नगरपालिकाका स्थायी कर्मचारीलाई विना धितो १५ लाख

अझै पढ्नुहोस्
समाचार

सडक आश्रित मानवहरूको संरक्षकको मानव सेवा आश्रमले महायज्ञ सुरु

धनगढी/कैलालीको धनगढीमा आजदेखि श्रीमदभागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । सडक आश्रित मानवहरूको संरक्षकको भूमिका खेल्दै आएको मानव सेवा आश्रमले आफ्नै भवन निर्माण

अझै पढ्नुहोस्
समाचार

प्राकृतिक स्रोत सुरक्षणका उपायहरू सम्बन्धि ३ दिने तालिम सुरु

जमुना न्युरे/धनगढीमा गिट्टी र बालुवाको दिगो उत्खनन, प्राकृतिक स्रोत सुरक्षणका उपायहरू सम्बन्धि ३ दिने तालिम इन्भारोमेन्ट एण्ड इन्जिनिरिङ्ग रिसर्च सेन्टरको आयोजनामा यु. एस .ए. आइ

अझै पढ्नुहोस्

बाढीपीडित किसानले पाएनन् धानकाे मुल्य, व्यापारीकाे मनपरि मुल्य

टीकापुर/ टीकापुर लगायत कैलालीका बाढीपीडित किसानहरुले सरकारले ताेकेकाे मुल्य पाउन सकेका छैन ।सरकारले धानकाे मुल्य ताेके पनि धान खरिकाे लागि सरकारि काटा नलाग्दा किसानले धानकाे

अझै पढ्नुहोस्