राजनीतिक दल तथा संघसस्थाका युवा बिच संवाद कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी, २६  धनगढीमा राजनीतिक दल तथा संघसस्थाका युवा बिच संवाद कार्यक्रम सम्पन्न भएको छ । सामाजिक परिवर्तन केन्द्र (सी एस सी) ले आयोजना गरेको कार्यक्रम आज (शुक्रवार) सम्पन्न भएको हो । कार्यक्रममा नेपालमा द्वन्द्वको अवस्था, द्वन्द्वका प्रकार, कारण र यसलाई कसरी नियमन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।  

सी एस सी ले २०२२ जुन देखि २०२३ मे (२०७९ असार देखि २०८० जेठ ) सम्म गरेको एक अनुसन्धानमा नेपालमा सात सय ६ वटा द्वन्द्व भएको पुष्टि गरेको छ । जसमध्ये अहिले सम्म ४३ वटा द्वन्द्व मात्रै समाधान भएको सी एस सी कार्यकारी निर्देशक प्रकाश भट्टराईले बताए ।

सो अध्ययनका अनुसार नेपालमा मुख्य गरी राजनीतिक द्वन्द्व, संरचनात्मक असमानता, दशवर्षिय जनयुद्ध, पहिचानमा आधारित सङ्घर्षले ल्याएको प्रभाव र सामाजिक सञ्जालमा आउने मिथ्या समाचार कारणले द्वन्द्व हुने गरेको छ । निर्देशक भट्टराईले द्वन्द्वको अवस्था बढ्दै जानुको कारण द्वन्द्व व्यवस्थापनको संयन्त्रले काम नगर्नु र गरे पनि विवाद समाधानका लागि निष्पक्षता नहुनु बताए । यस्तै कार्यक्रममा नेपालमा सामाजिक सदभावको अवस्थाका बारेमा पनि छलफल गरिएको थियो । 

कार्यक्रममा सिएससीका कार्यकारी निर्देशक प्रकाश भट्टराई , अनुसन्धानकर्ता कल्पना राना मगर, महिला उद्यमी तथा राष्ट्रिय स्वतन्त्र पाटीका सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष जसु भट्ट, थारु कल्याण शाखाका माधव कुमार थारु , ठाकुर करिया, रानितिक दलका युवा लगायत पत्रकारहरूको पनि उपस्थिति रहेको थियो । सी एस सी नेपालले अहिले नेपालका चार वटा जिल्ला  कैलाली, सुनसरी, बारा र रुपन्देहीमा काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सामुदायिक वनमा मृत अवस्थामा चितुवा फेला

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा १ रहेको महिला जागरण सामुदायिक वनउपभोक्ता समूहमा मृत अवस्था चितुवा फेला परेको छ । सामुदायिक वन बन ब्यवस्थापन

अझै पढ्नुहोस्
समाचार

पोस्ट हार्भेष्ट प्रविधि सम्बन्धि तालिम सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा २ दिने पोस्ट हार्भेष्ट प्रविधि तालिम सम्पन्न भएको छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको

अझै पढ्नुहोस्
Highlights

बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने

जमुना न्युरे,सुखड/ कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,कला,संस्कृति

अझै पढ्नुहोस्
समाचार

कैलारीको बनकट्टामा शान्ति संग्राहलयको समुदघाटन

धनगढी, २६ माघ । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टामा शान्ति संग्राहलयको उदघाटन गरिएको छ ।कैलारी गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा

अझै पढ्नुहोस्