अनावश्यक बुट्यानले ढाकिएको वन क्षेत्रको कायापलट : सामुदायिक वनमा वृक्षारोपण अभियान

शेयेर गर्नुहोस


जमुना न्युरे/झट्ट हेर्दा गिठ्ठाको झाडी र लहराले जेलिएको जस्तो देखिने क्षेत्र चारैतिर असारे, रुइनी, भिल्लरलगायतका उत्पादनमा खासै उपयोग नहुने बुट्यानले भरिएको। नदीको बगरदेखि चुरे पहाडसम्म फैलिएको यही क्षेत्र अहिले भने वृक्षारोपण र संरक्षणका कारण हराभरा बन्दै गएको छ।


घोडाघोडी नगरपालिका वडा न ८ मा रहेको जरही सामुदायिक वन उपभोक्ता समूह,स्थानीय तथा बाहिरका मानिसले पटक–पटक अतिक्रमण गरी घरटहरा निर्माण गर्ने र गाईवस्तु चराउने खुला चउरका रूपमा प्रयोग गर्दै आएको उक्त क्षेत्रलाई स्थानीयको सहभागितामा २०५६ सालमा सामुदायिक वनका रूपमा स्थापना गरिएको स्थानीय वीरबहादुर साउदले बताए।


सुरुवाती समयमा सामुदायिक वनमा सामान्य रूपमा वार्षिक कार्यक्रम सञ्चालन हुने गरे पनि आम्दानी न्यून भएकाले संरक्षण गर्न कठिनाइ हुने गरेको साउदले बताए।
जरही सामुदायिक वनलाई आर्थिक वर्ष २०७६/७७ मा वैज्ञानिक वन व्यवस्थापनका लागि डिभिजन वन कार्यालय पहलमानपुरमा दर्ता गरिएको थियो।


वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत पहिलो वर्ष मात्र वन कटान गरिएको थियो। त्यसपछि सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि नै खारेज गरेपछि वन व्यवस्थापनको काम प्रभावित बनेको स्थानीयको भनाइ छ।


वन व्यवस्थापनका लागि कार्ययोजना नहुँदा केही समय वन क्षेत्र अलपत्र अवस्थामा रहेको स्थानीय विष्णुदेवी बडुवालले बताइन्। अहिले भने सामुदायिक वनको कार्ययोजना पुनः निर्माण गरी व्यवस्थापनलाई प्रभावकारी बनाउन डिभिजन वन कार्यालय पहलमानपुरसँग समन्वय भइरहेको उनले बताइन्।


सामुदायिक वन गठनपछि चारैतिर घेरबार गर्ने, वन अतिक्रमण रोक्ने र संरक्षणका कामलाई प्राथमिकता दिइएको सामुदायिक वनका अध्यक्ष कपुर साउदले बताए। संरक्षणसँगै वन क्षेत्रमा वृक्षारोपणलाई समेत निरन्तरता दिइएको उनले बताए।


वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत कटान भएको स्थानमा अहिले हराभरा पालुवा र नयाँ बिरुवा पुनः उत्पादन भएका छन्। नदीको बगरमा यत्रतत्र फैलिएका गिठ्ठा, असारे, गुइँठेललगायतका अनावश्यक बुट्यान हटाएर वृक्षारोपणको काम अघि बढाइएको अध्यक्ष साउदले बताए।


सामुदायिक वनमा गरिएको वृक्षारोपणबाट उपभोक्तासमेत उत्साहित भएका छन्। वनबाट घाँस काट्न पाउने भएपछि आफूहरूलाई समेत सहज भएको स्थानीय उपभोक्ता सीता चौधरीले बताइन्।
केही वर्षअघि रोपिएका टिक र मसलाका बिरुवा हुर्किसकेका छन्। आर्थिक वर्ष २०८०/८१ देखि भने सामुदायिक वनमा निरन्तर रूपमा वृक्षारोपण हुँदै आएको अध्यक्ष साउदले बताए।


सामुदायिक वनमा पछिल्लो समय विभिन्न प्रजातिका बिरुवा रोपिएको छ। श्रीखण्ड ५००, अगरउड १००, रक्तचन्दन १००, रुद्राक्ष १००, सितलचिनी ३ हजार, दालचिनी २००, अमला ५०, नेपियर घाँस ३ हजार, कागती १ हजार, बाँस २०, बकाइनो ५० र कोइरालो ४० वटा बिरुवा रोपिएको छ।


डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायले सामुदायिक वनले गरेको वृक्षारोपण र संरक्षणको काम उदाहरणीय रहेको बताए। समयमै सही प्राविधिक सल्लाह र सहयोग उपलब्ध हुने तथा उपभोक्तामा संरक्षण गर्ने जाँगर हुने हो भने अनावश्यक बुट्यानले ढाकिएको वन क्षेत्रलाई समेत उपयोगी र हराभरा बनाउन सकिने उनले बताए।


“अहिले गरिएको वृक्षारोपणले भविष्यमा यो क्षेत्र सबैका लागि अध्ययन गर्न सकिने उदाहरणीय वन बन्न सक्छ,” पाध्यायले भने, “आगामी दिनमा यसलाई अध्ययन केन्द्रका रूपमा समेत विकास गर्न सकिने सम्भावना छ।”


वन क्षेत्रको संरक्षणसँगै फलफूल, जडीबुटी, काठ तथा घाँसजन्य बिरुवा रोपिएकाले भविष्यमा उपभोक्ताको जीविकोपार्जनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। नदीको बगरदेखि चुरे क्षेत्रसम्म फैलिएको पहिलेको उजाड तथा अनावश्यक बुट्यानले ढाकिएको क्षेत्र अहिले सामुदायिक प्रयास, प्राविधिक सहयोग र निरन्तर वृक्षारोपणबाट क्रमशः हराभरा बन्दै गएको छ


ताजा खबर

Amonbet en vaut-il la peine pour les joueurs en crypto ?

Comprehending ESA Letters in North Dakota: A Comprehensive Overview

Kasyna Blik: poradnik dla graczy

favorite rest article 770917

Mobile Online Gambling Enterprises: The Ultimate Guide to Pc Gaming on the Go

The Ultimate Overview to Register Perks at Online Casino Sites

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्
राजनीति

आफ्नै दलीय चिह्नबाट ७३ दलले निर्वाचनमा भाग लिन पाउने

टीकापुर/अगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका ७३ वटा दलले आफ्नै दलीय चिह्नबाट निर्वाचनमा भाग लिन पाउने भएका छन्

अझै पढ्नुहोस्