मुख्यमन्त्री कमल बहादुर शाह र आर्थिक मन्त्री नरेश कुमार शाही संगको भेटमा

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्युले जल तथा उर्जा मन्त्री माननीय शक्ति बहादुर बस्नेतज्युलाई भेटघाट गर्नुभएको छ। उक्त भेटघाटमा सुदूरपश्चिम प्रदेशको बिकासका लागि निम्न बुदाहरुमा छलफल तथा सहमति भएको कुरा मुख्यमन्त्री शाहले बताउनु भयो।


१.) ४००के.भी पश्चिम सेती(बझाङ- बनलेक- दोदोधरा)लाइन उर्जा मन्त्रालय अन्तर्गतको कम्पनी राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमटेडले अध्ययन गरिरहेको र यो प्रसारण लाइन भारतीय Exim Bank को ऋण सहयोग मा बन्ने छ।सो प्रसारण लाइन लाई छिटो निर्माण का लागी सम्बन्धित निकाय लाई निर्देशन दिने। यों प्रशारण लाइन समग्र सुदुरश्चिम प्रदेश को विकास को लागी आवश्यक रहेको।

२ )बिद्युत विकास विभाग द्वारा निर्माण भइरहेको बुढीगंगा जलविद्युत आयोजनाको लागि निर्माण गर्नु पर्ने बुढीगंगा पहलमानपुर १३२ केभी प्रसारण लाइन को निर्माण अगाडि बढाउनलाई उर्जा मन्त्रालय र बिद्युत विकास विभाग लाई निर्देशन दिने। सो प्रशारण लाइन निर्माण उर्जा को लागी पश्चिम सेती तथा सेती नदी -६ को लागी आवश्यक रहेको।


३)अन्तरदेशीय ४०० केभी New लम्की-बरेली प्रसारण लाइन को निर्माण छिटो अगाडि बढाउन उर्जा मन्त्रालयलाई निर्देशन दिने।
४ बेतान कर्णाली जलविद्युत परियोजनालाई समयमै निर्माण गर्न सम्बन्धित निकायलाई ध्यान आकर्षण र छलफल गरि अगाडि बढाईने।


सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र आर्थिक मामिला मन्त्री नरेश कुमार शाही संगको भेटमा माननीय जल तथा उर्जा मन्त्री शक्ति बहादुर बस्नेत यो कार्यका लागि आफू एकदमै सकारात्मक रहेको कुरा मुख्यमन्त्री शाहले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अर्थ

टीकापुरमा दशाै राष्ट्रिय कर सप्ताह कार्यक्रममा असल करदाता सम्मानित

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले दशाै राष्ट्रिय कर दिवसकाे अवसरमा सप्ताह दिवस कार्यक्रम असल करदाताहरुलाइ सम्मान गरेको छ ।स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि, सुशासन विकास र समवृद्वि

अझै पढ्नुहोस्
Highlights

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीकाे पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई जवाफ

टीकापुर/नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीकाे पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई कडा जवाफ दिएकी छिन् ।गठबन्धनको सरकार नबने रेशम चौधरी छुट्दैनन् भन्ने पूर्व स्वास्थ्य

अझै पढ्नुहोस्
समाचार

राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवस मनाइयो

धनगढी,१३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवसको अवसरमा धनगढीमा एक कार्यक्रम गरी मनाईएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य मन्त्री माननिय

अझै पढ्नुहोस्
समाचार

शिवपुरि सामुदायिक वनको १४ औं साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको धनगढि उपमहानगरपालिका वडा ४मा रहेको शिबपुर सामुदायिक वन उपभोक्ता समुहको १४ औं साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका अध्यक्ष

अझै पढ्नुहोस्