समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका अतुलनीय छ :नगरप्रमुख ओझा

शेयेर गर्नुहोस


जमुना न्युरे/समाज परिवर्तनमा स्वास्थ्य स्वयंसेविकाको भुमिका अतुलनीय रहेको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए । २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा उनले आजको दिनमा पनि समुदायमा नागरिकहरुले सबैभन्दा धेरै विश्वास स्वयंसेवीको नै गरिरहेको बताएका छन् ।


नगरप्रमुख ओझा भन्छन् पेशाप्रती इमानदार उहाँहरु जति कोहि लागेन आफू निर्वाचित भएर आएको डेढ वर्षमा अन्य कर्मचारीको सिकायत आएपनि नगरका ९ वटै वडामा १०३ जना स्वयंसेविका रहेपनि कसैको गुनासो आफुकहाँ आएको छैन यसैबाट प्रमाणित हुन्छ कि उहाँहरु प्रेशाप्रती कति कटिबद्ध हुनुहुन्छ । सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गर्दै नगरप्रमुख ओझाले हलभित्र उहाँहरुलाई बिदाई गरेपनी हल बाहिर जानेबित्तिकै पुनः सेवामा नै निस्वार्थ रूपमा जोडिने बताउँदै समाजबाट उहाँहरुलाई अलग्याउन नसकिने नगरप्रमुख बताउँछन् ।


२०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाका विभिन्न वडामा कार्यरत १८ जना स्वयंसेविका सेवा निवृत्त भएका छन । जसमध्ये ७ जना उमेर हदका कारण अनिवार्य अवकाश र ११ जना स्वास्थ्य स्वयंसेविकाले स्वैच्छिक अवकाश लिएका छन् । नगरपालिकाले उहाँहरुको बिदाइ कार्यक्रम स्मरणीय बनाएको छ । उमेर हदका कारण अनिवार्य सेवा निवृत्त भएका ७ जना स्वास्थ्य स्वयंसेविकालाई जनही एक / एक लाख र विविध कारणवस स्वैच्छिक अवकाश लिएका ११ जना स्वास्थ्य स्वयंसेविकालाई जनही पचास / पचास हजार नगरपालिकाले प्रदान गर्नेछ ।

कार्यक्रममा अवकाश भएका १८ वटै स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान पत्र र दोसल्ला सहित नगरप्रमुख ओझाले बिदाई गरेका हुन । कार्यक्रममा नगर उपप्रमुख दोपती राना,वडा न.५ का अध्यक्ष टेक पाण्डेय ,कार्यपालिका सदस्यहरु,स्वास्थ्य शाखा र विभिन्न स्वास्थ्य चौकीका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।


त्यसअघि नगरपालिकाको प्रांगणमा जम्मा भएका नगरभरीका सम्पुर्ण स्वास्थ्य स्वयंसेविकाले नगरपालिकाको कार्यालयदेखि गुलरिया चौराह र गुलरीया चौराहदेखी नगरपालिकासम्म जनचेतनामूलक र्‍याली निकालेका थिए । विभिन्न प्ले कार्ड सहित र्‍यालीमा सहभागी उनीहरूले स्वास्थ्य जनचेतना र महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्व बारे नारा प्रस्तुत गरेका थिए ।

ताजा खबर

Umfangreiche Informationen und Tipps rund um honeybetz für ambitionierte Zocker

پہچان اور خطرہ، یہی ہے chicken road game کھیلنے کا اصل مفہوم اور نفسیات

پہچان اور خطرہ، یہی ہے chicken road game کھیلنے کا اصل مفہوم اور نفسیات

Apostas Desportivas Site De Apostas Vave Online Bónus

Oyunseverlerin ilgisi gates of olympus vodds kazanımları için heyecan verici fırsatlar sunuyor

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

धनगढी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु,कुशल भुर्तेलको अलराउण्ड प्रदर्शमा डडेल्धुराको विजयी सुरुवात

कैलाली/क्रिकेटको शहर धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । गो ड्रिर्मसको आयोजनामा धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जुन ट्रफी राष्ट्रिय

अझै पढ्नुहोस्
समाचार

लोपोन्मुख जातीको क्षमता बिकासका लागि अभिमुखिकरण

सुखड/कैलालीको घोडाघोडी नगरपालिका ८ मा लोपोन्मुख जातीको क्षमता बिकासका लागि अभिमुखिकरण गरिएको छ । घोडाघोडी नगरपालिका वडा न ८ को आयोजना तथा राजमार्ग सञ्चारिका महिला

अझै पढ्नुहोस्