भुमाफियाकाे चङ्गाेलमा टीकापुरकाे श्रीलंका

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय ,कैलाली / जंगलको अ्मरा फल र मौरी गाडेर भोक मेटाउदै २०२२ सालमा जंगल फडानी गरी बसेका स्थानियहरु हाल आएर भुमाफियाका कारण अप्ठेरोमा पर्न थालेका छन । कैलालीको टिकापुर नगरपालिका ८ श्रीलंका साबिक धनसिहपुर गाबिस वडा न १ का बासिन्दाले २०२२ सालमा जंगल फडानी गरी बसेको बस्तीको जग्गा भुमाफियाका कारण नदीको भागमा रहेको जग्गा अरुको नाममा हुन थालेपछि स्थानिय अप्ठेरोमा पर्न थालेका हुन ।

मालपोत कार्यालय टिकापुरबाट काठमाण्डौ महानगरपालिका वडा नं ३ का तिनवटा कम्पनीले सोही स्थानका करिब १३ बिगाह नदीको जग्गा नाममादर्ता गरी सकेका छन । भुमाफियाहरुमार्फत काठमाडौंका तीन कम्पनी मधुर इन्भेस्टमेन्ट प्रालि ग्लोववान इन्भेस्टमेन्ट प्रालि र अपि हिमालयन इन्भेस्टमेन्ट प्रालिका नाममा १३ बिघा बढी जमिन नाममा दर्ता भएको मालपोत कार्यालय टीकापुरको तथ्यांक मा उल्लेख छ ।

मधुरका नाममा विभिन्न मितिमा कित्ता नं २१७ को ४ बिघा, ३५७ को १० कट्ठा, ४३४ को १ बिघा, ३६० को १० कट्ठा पास भएको देखिएको छ भने ग्लोववानको नाममा कित्ता नं। २४९ को १० कट्ठा, १८० को १ कट्ठा ६ धुर, २५७ को १ बिघा, ४१७ को १२ कट्ठा ५ धुर, ३४९ को १० कट्ठा जग्गा पास भएको देखिन्छ ।
अपि हिमालयनको नाममा पास भएको जग्गाको कित्ता नं र क्षेत्रफल भने खुल्न सकेको छैन तर उनले यहि वर्षको फागुन ३ गते मालपोतमा बुझाएको राजस्व १ लाख ४१ हजार ६०३ अनुसार ५ बिघा जमिन हुनसक्ने स्थानीयको दाबी छ ।

यसै गरी जग्गा अरुको नाममा हुदै जानेहो भने ५७ औ बर्ष बसेका स्थानियको बस्थी उजाड हुने र घरबिहिन हुनेअबस्था आउन सक्ने जानकार बताउछन ।
५० वर्षीय स्थानीय कृत बहादुर बुढाले आफ्नो बुवाले ५७ वर्ष अगाडी भोक निद्रा नभनी घना जंगलफडानी गरेर उपभोग गर्दै आइरहेको जग्गा कसैलाई कब्जा गर्न नदिने उनले बताएका छन ।

उनले विवादित जग्गा अहिलेसम्म अदालतमै विचाराधिन हुँदा जग्गाधनीले नछाडेको बताउदै कतिपय अदालतनै आदेश गरिसकेका जग्गा पनि सोही व्यक्तिले भोगचलन गर्दै आइरहेको बताए । कसैले वर्षौंदेखि भोगचलन गर्दै आइरहेको जग्गा कब्जा गर्न खोजे नतिजा राम्रो नहुने उनले बताए । त्यस्तै ४५ वर्षीय स्थानीय गोपाल साउँदले आफुले जन्मे हुर्केको ठाउँ आफुभन्दा प्यारो हुने भएको भन्दै कदापी कसैलाई हडप्न नदिने बताए ।

उनले राजनीतिक शक्तीको आधारमा आफ्नो पुर्खाले आर्जेको जग्गामाथी कसैलाई कुदृष्टी नराख्न आग्रह गर्दै यदि आफ्नो आग्रहलाई कमजोरी सम्झिए कठोर कदम पनि चाल्न बाध्य हुने बताए । समाजसेवी ४४ वर्षीय धनसिंह साउँदले भुमाफियाहरुले सरकारलाई नै ठगेर अन्यत्रको भुमी निजि प्रयोजनका लागि मिच्दै यहाँको कर्णालीले बर्सेनि कटान गर्ने जग्गा खरिद गर्दै सरकार लाई दिन खोजेको गम्भीर आरोप लगाए ।

उनले भुमाफियाको यो कदम अपराधीक भएको र यहाँका स्थानीयहरुलाई दुख दिने मनसाय भएकाले समयमै विचार पुर्याउन आग्रहसमेत गरे ।
निजि व्यापारिक प्रयोजनका लागि सरकारी जग्गा मिचेर फेरि अन्यत्रको अर्काको जग्गालाई कब्जा गर्दै सरकारलाई दिन खोज्नु न्यायसंगत नभएकाले सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने उनको माग छ ।

माफियाले सरकारलाई समेत ठग्ने काम गरिरहेका छन्, निजि प्रयोजनका लागि सरकारी जग्गा मिचेर यहाँको कटान हुने जग्गा सस्तोमा सरकारलाई दिने र बहानाबाजीमा बर्षौंदेखी भोगचलन गरिरहेको जग्गा कब्जा गर्न खोज्ने मनसाय यिनीहरुको देखिन्छ, उनले भने, समयमै यी भुमाफिया सतर्क हुनपर्छ र यसमा सम्बन्धित निकायले पनि ध्यान दिन जरुरी रहन्छ ।

मालपोत कार्यालय टीकापुरका प्रमुखले स्थानीय तहको सिफारिससहित आवश्यक कागजात पुराएर आएका जग्गामा मालपोतले केही गर्न नसक्ने भन्दै प्रमाणसहित आएका जग्गाको काम आफुले रोक्न नसक्ने बताए ।
उनले त्यहाँको जग्गा दर्ता भएको व्यक्तिको नामको भएको बताउदै श्रेस्ता भएका जग्गामा आफुले नाइनास्ती केही गर्न नमिल्ने बताए ।

वडा नं ८ का अध्यक्ष दिर्घ ठकुल्लाले पहिल्यैदेखी अरुले भोगचलन गर्दै आइरहेको जग्गा अहिले अर्कैको भएको बताउदै त्यसको कारोबार गर्न खोजे ठूलो विवाद हुने बताए । उनले वर्षौंदेखि अरुले उपभोग गरेको जग्गामा अहिले अरुले आँखा लगाउनु नराम्रो भएको बताउदै यसलाई सहमतिमा हल गर्नुपर्नेसमेत बताए ।

वर्षौंदेखी अर्काले उपभोग गर्दै आएको जग्गालाई अहिले अरुले कब्जा गर्न खोज्नु नराम्रो हो, उनले भने, यसले भोलिका दिनमा ठूलो विवाद हुन्छ त्यसैले आपसी छलफलबाट सहमती गर्नुपर्छ ।

ताजा खबर

Westace Review: Das Gute, das Schlechte, das Ehrliche

Legalne Polskie Kasyno Online: Twoje Bezpieczne Miejsce do Gry

Recognizing How to Get an ESA Letter

Overview – 1125

hadesbet Guide

Company Update – 6757

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दुध आयात पूर्ण रुपमा रोक्न नेपाल किसान महासंघ कैलालीको माग

धनगढी । भारतबाट दुध आयातलाई पूर्ण रुपमा रोक्नुपर्ने नेपाल किसान महासंघ कैलालीले माग गरेको छ । बिहिबार कैलाली प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र

अझै पढ्नुहोस्
समाचार

कर्मचारी संगठनको अध्यक्षमा जोशी

जमुना न्युरे,धनगढी /नेपाल राष्टिय कर्मचारी संगठन (निजामति) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चन्द्रप्रकाश जोशी चयन भएका छन् ।धनगढीमा आज भएको संगठनको प्रथम अधिवेशनले प्रदेश अध्यक्षमा जोशीसहित

अझै पढ्नुहोस्