कर्मचारी संगठनको अध्यक्षमा जोशी

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /नेपाल राष्टिय कर्मचारी संगठन (निजामति) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चन्द्रप्रकाश जोशी चयन भएका छन् ।
धनगढीमा आज भएको संगठनको प्रथम अधिवेशनले प्रदेश अध्यक्षमा जोशीसहित कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

प्रदेश समितिको बरिष्ठ उपाध्यक्षमा कृष्णराज जोशी तथा उपाध्यक्षमा शान्ती बलम्पाकी, महेशकुमार पन्त, बिबेक तिमिल्सेना, मदनराज जोशी र नरेन्द्रराज जोशी चयन भएका छन् । अधिवेशनले समितिको सचिवमा खगेन्द्र बिक, सहसचिवमा बलबहादुर धामी, महेश भट्ट, भवानी ऐडी, डम्बरबहादुर रावल र रामसिंह धामी तथा कोषाध्यक्षमा भूमिराज उपाध्याय र सहकोषाध्यक्षमा पृथ्वीराज पन्तलाई चयन गरेको छ । त्यस्तै कार्यसमितिको सदस्यहरुमा खगेन्द्रसिंह कार्की, मदनसिंह कुँवर, दीपकबहादुर बुढा, माधवराज जोशी, हरिबहादुर बोहरा, ललित नेगी, नरेन्द्र बुढा, रमेश न्यौपाने, रमेशराज भट्ट, अमरबहादुर कुँवर, टंक ओझा, कृष्ण नाथ, गणेश पाण्डेय र भरतबहादुर ऐर चुनिएका छन् ।

अधिवेशनले देवराज जोशीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । सल्लाहकार समितिको सदस्यमा आङसिंह डागा र देवसिंह बडाल रहेका छन् ।

अधिवेशनमा निर्वाचन समितिका संयोजक रहेका नेपाल राष्टिय कर्मचारी महासंघका सुदूरपश्चिम प्रदेश इन्चार्ज भोजराज ओझा र नेपाल राष्टिय कर्मचारी संगठन (निजामति) सुदूरपश्चिम प्रदेशका इन्चार्ज बलदेव कपाडीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष जोशीले कर्मचारीको पेशागत हकहितका लागि संगठनका तर्फबाट आफूले दृढताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले संगठनका सबै सदस्यको भावनाअनुसार संगठनलाई अगाडि बढाइने बताए ।

त्यसअघि संगठनका प्रदेश इन्चार्ज बलदेव कपाडीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा सुदूरपश्चिमका निर्वतमान मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढालगायत अतिथिहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Wonderful journeys await with https://theluckywaves.uk offering unforgettable seaside experiences

Onderscheidende collecties vinden via luckygem voor een persoonlijke stijlontdekking

Analyse umfassender Systeme mit https://thebigclashs.com und zukunftsweisenden Technologien

Excitement grows alongside the unpredictable slot monster, fueling thrilling gameplay and potential wins

Uitgebreide mogelijkheden rond luckcasino bieden nieuwe strategieën voor iedere gebruiker

Excellent opportunities with luckcasino and boosted winning potential await you

सम्बन्धितखवर

छुटाउनु भयो कि !