गौरीगंगाका सहकारीलाई तालिम

शेयेर गर्नुहोस

चौमाला– गौरीगंगा नगरपालिकामा सञ्चालित सहकारी संस्थाहरुलाई डिजिटल सेवामा जोडिई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधि मैत्री सेवा दिनका लागि तालिम सञ्चालन गरिएको छ । गौरीगंगा नगरपालिकाको आयोजनामा सहकारीमा डिजिटल प्रविधि (कोपोमिस) का क्षेत्रमा सहकारी संस्थाहरुलाई प्रशिक्षण दिइएको हो ।

सोमबारदेखि गौरीगंगा नगरपालिकामा सञ्चालित तालिम चार दिनसम्म रहने नगरका कार्यवाहक प्रमुख भोजबहादुर बमले बताए । उनले भने,‘सहकारीको सेवामा स्तरोन्नति गर्न प्रविधिको प्रयोग गर्नका लागि अत्याधुनिक प्रविधि सेवा उपलब्ध गराउन तालिम आयोजना गरेका छौँ ।’

तालिमको अनुगमनका क्रममा प्रविधिको माध्यमबाट भुक्तानी तथा फछ्र्यौट, आन्तरिक तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा, सहकारीको लेखा प्रणाली, भुक्तानी सेवालगायतका विद्युतीय कारोबार गर्नका लागि यहाँका सहकारीलाई कोपोमिस तालिम दिएको उनले बताए । उनले भने,‘पहिलो पटक गौरीगंगा नगरपालिकामा रहेका २० वटा सहकारीलाई तालिम दिइएको छ । बाँकी रहेका सहकारीलाई क्रमशः तालिम दिइदै जानेछौँ ।’

गौरीगंगा नगरपालिका सहकारी शाखा प्रमुख अशोक जोशीले सरकारी विभागको नीति अनुसार नै कोपोमिस तालिम सञ्चालन गरिएको बताए । ‘सहकारीको वित्तीय कारोबारलाई प्रविधिमा आधारित प्रतिस्पर्धी र सक्षम बनाउन यो तालिम सञ्चालन गरिएको छ,’ उनले भने,‘नगरपालिकामा रहेका ६१ वटै सहकारीलाई क्रमशः तालिम दिइँदै जानेछौँ ।’

ताजा खबर

Stake GamCare et BeGambleAware Ressources

Kingia Community Features: Forums and Chat

Instantaneous Play Casino Site: The Ultimate Overview to Online Betting

Online Casinos Accept PayPal: The Convenient and Safe Method to Wager Online

Bet On Red Casino Review: Sessioni Veloci per il Giocatore Moderno

Comment repérer une fausse page de connexion Olympe Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Cryptoboss онлайн-казино — официальный сайт зеркало акции + выплаты

Cryptoboss онлайн казино – поддержка пользователей ▶️ ИГРАТЬ Содержимое Поддержка Пользователей в Cryptoboss Онлайн Казино Удобство и Легкость Регистрации в Cryptoboss Казино Преимущества Регистрации в

अझै पढ्नुहोस्
समाचार

सुधार गृहमा राखिएका एक युवककाे शंकास्पद मृत्यु

सुखड/कैलालीमा सुधार गृहमा राखिएका एक युवककाे शंकास्पद मृत्यु भएकाे छ । जिल्लाकाे घाेडाघाेडी नगरपालिका-४ भालुफाटाकाे नयाँ बाटाे पुर्नस्थापना सुधार केन्द्रमा साेही ठाउँ २ का २५

अझै पढ्नुहोस्