भाेलि फागुन १९ गते ग्याल्पाे ल्हाेसारकाे सार्वजनिक विदा

शेयेर गर्नुहोस

टीकापुर/भोलि फागुन १९ गते विहिवार ग्याल्पो ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।

भोलि शेर्पा समुदायको नयाँ वर्ष अर्थात ग्याल्पो ल्होसारका अवसरमा विदा दिने निर्णय गरेको हो ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदै आएका छन् । यस वर्ष नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४९ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन् ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइ सँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

निजी कम्पनीका एयरलाइन्सहरुले भाडा वृद्धि गरेको भन्दै ने बि सघ र तरुण दलले बिरोध

धनगढी,दसैमा राजधानी काठमाडौबाट धनगढी फर्कने यात्रुहरुले साविकको भन्दा दोब्बर बढी मूल्यमा यात्रा गर्नु परेको भन्दै नेपाल विद्यार्थी संघ र तरुण दल कैलालीले संयुक्तहरुमा आइतबार धनगढी

अझै पढ्नुहोस्
फोटो फिचर

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालकाे बिदाइ

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माेहन प्रसाद आर्याल ज्युकाे एक कार्यक्रमका विच बिदाइ गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्याल जिकाे पाेखरा मुख्य मन्त्री तथा

अझै पढ्नुहोस्
समाचार

वन मन्त्रालयको सचिव सवार गाडीमा ढुङ्गा प्रहार

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९

अझै पढ्नुहोस्
राजनीति

जनप्रतिनिधिले निर्वाचनमा भाग लिन चाहे राजीनामा दिनुपर्ने

टीकापुर/ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ का लागि आचारसंहिता जारी गरेको छ । आज राजपत्रमा आज प्रकाशित आचार संहिता अनुसार स्थानीय तहका आउँदो निर्वाचनमा

अझै पढ्नुहोस्