बास नेपाल घोडाघोडी उपशाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / बास नेपाल घोडाघोडी उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उपशाखाले प्रजातन्त्र दिवसको अवसर पारि घोडाघोडी नगरपालिका १ सुखडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन ।

बास नेपाल घोडाघोडी उपशाखाकाका अध्यक्ष ईन्द्रा केसीको सभापत्विमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलीया कुमारी चौधरीले रक्तदान गर्नु राम्रो रहेको बताईन । उनले भनिन,हाम्रो शरिरमा खेर जाने रगत हो, हामिले गरेको रक्तदानले कसैको ज्यान बचाउदछ भने किन रक्तदाना नगर्ने ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटि घोडघोडी उपशाखाका सभापति राम प्रसाद गौतमले बास नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको प्रति धन्यवाद ज्ञापन गरे । उनले रक्तदानले गर्दा कसैलाई असर नगरि रक्तदानले शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने बताए । ३ ,३ महिनामा त्यसैपनि रक्तदान नगरेपनि खेर जाने गर्दछ उनले भने, खेर जाने रगत कसैलाई दिदा कसैको ज्यन बच्दछ ।

कार्यक्रममा बोल्दै बास नेपाल कैलाली शाखाका अध्यक्ष चिरञ्जीवी छेडालले बास नेपालले यस्ता सामाजिक कार्यहरु गर्दै आईरहेको बताए ।
कार्यक्रममा घोडाघोडी नगरपालिका ,वडा न १ का अध्यक्ष घनश्याम ओझा,ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख बिरेन्द्र बिर बिश्वकर्मा,नेपाल रेडक्रस सोसाईटी कैलाली का सदस्य दिनेश लामिछाने, धनौरा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मि प्रसाद जोशि, लगायतकाको सहभागिता रहेको थियो ।

पुष्पा शाहिले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको सञ्चालन घोडाघोडी उपशाखाका सचिब खगेन्द्र अवस्थिले गरेका थिए ।

ताजा खबर

Le Tower Rush Jeu Des Tour Eiffel Roulette

Ce este Chicken Road? Definiția și caracteristicile jocului de noroc.

Information on Redbet Casino Online Gaming Platform Features and Services.

Juegos de Azar en Coolcat Casino Online Seguros y Fáciles

Roulette Online India VIP: A Complete Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सापकोटाले प्रदेश सभा सदस्यमा आफ्नो सशक्त दावी

जमुना न्युरे,धनगढी/प्रदेश तथा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन मंसिर ४ गतेका लागि तोकिएसँगै युवाहरू प्रतिनिधित्व खोज्न थालेका छन् । अहिले युवाहरु आफूहरुको प्रतिनिधित्व हुनुपर्ने भन्दै

अझै पढ्नुहोस्