धनगढीमा पाटेबाघको पाइला भेटिएपछि वन क्षेत्र आसपास सतर्क रहन आग्रह

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा जंगली च्याउ टिप्न गएका उपभोक्ता कृष्ण चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको केही दिनपछि सोही पाटेबाघ धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित वन क्षेत्रमा देखिएको छ ।


डिभिजन वन कार्यालय धनगढी, कैलालीसहितको टोलीले सोमबार दिउँसो धनगढी–१७ स्थित सिद्धबाबा सामुदायिक वन तथा भारताल साझेदारी वन क्षेत्रको कोर क्षेत्रमा बाघका पाइला भेटाएको हो । बाघको पाइला भेटिएपछि भारताल साझेदारी वन क्षेत्रसँग जोडिएका धनगढी उपमहानगरपालिकाका वडा नं. १४, १५, १६, १७ र १८ तथा कैलारी गाउँपालिकाका वडा नं. ६ र ९ का वडा अध्यक्षलाई समेत जानकारी गराइएको छ ।


वन कार्यालयले सम्बन्धित सामुदायिक वनका उपभोक्ता समूह तथा स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । बिहान–बेलुका वन क्षेत्रमा एक्लै नहिँड्न तथा वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दालाई रातिको समयमा समेत चनाखो रहन आग्रह गरिएको छ ।


कैलालीको बसन्ता क्षेत्रमा हरेक वर्ष बाघ आउने र आफ्ना डमरु हुर्काउने गरेको वन अधिकारीहरू बताउँछन् । यस वर्ष पनि बाघ दुईवटा डमरुसहित बसन्ता क्षेत्रमा आएको र अहिले सामुदायिक वन क्षेत्रमा समेत आफ्नो क्षेत्र विस्तार गरेको हुनसक्ने उनीहरूको भनाइ छ ।


डिभिजन वन कार्यालय धनगढीका वन अधिकृत रामअवतार चौधरीका अनुसार बसन्ता संरक्षित वन क्षेत्र अतिक्रमणको चपेटामा पर्दै गएपछि वन्यजन्तुको बासस्थानमा समेत असर परेको छ । पछिल्लो समय सामुदायिक वनहरूमा वन संरक्षण प्रभावकारी हुँदै गएपछि बाघले त्यस्ता क्षेत्रमा डमरु हुर्काउन थालेको चौधरीले बताए ।
‘बाघले आफ्नो सुरक्षाका लागि आफ्नो क्षेत्रभित्र अरूलाई प्रवेश गर्न नदिन सक्छ,’ चौधरीले भने, ‘त्यसैले वन क्षेत्रमा जाँदा स्थानीयले विशेष सावधानी अपनाउन आवश्यक छ।’


यसैबीच, गत शुक्रबार गौरीगंगा–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा जंगली च्याउ टिप्न गएका कृष्ण चौधरीलाई बाघले आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि बाघको खोजी तथा स्थानीयलाई सतर्क गराउने काम भइरहेको वन कार्यालयले जनाएको छ ।


वन संरक्षणकर्मी ओमप्रकाश सापकोटाले भने सामुदायिक वन क्षेत्रमा बाघको उपस्थितिबारे सम्बन्धित सरोकारवाला निकाय अझ गम्भीर बन्नुपर्ने बताएका छन् । मानवीय क्षति भएको घटनापछि घटनास्थलको अवलोकन, पीडित परिवारप्रति संवेदना तथा राहतको विषयमा समेत सम्बन्धित निकायले पर्याप्त चासो नदिएको उनको गुनासो छ ।
‘सामुदायिक वनमा बाघ आएर मान्छेको ज्यान गइसकेको अवस्थामा पनि सम्बन्धित सरोकारवाला निकायले घटनालाई गम्भीर रूपमा लिनुपर्छ,’ सापकोटाले भने ।


उनले वन तथा वन्यजन्तु संरक्षणभन्दा वन पैदावारको उपयोगमा बढी ध्यान केन्द्रित भएको आरोपसमेत लगाए । वन मन्त्रालय, प्रदेश वन निर्देशनालय र डिभिजन वन कार्यालयले काठ उत्पादन तथा उपयोगमा मात्रै केन्द्रित नभई वन्यजन्तुको बासस्थान संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।


वन क्षेत्रमा बाघको पाइला भेटिएपछि स्थानीय बासिन्दामा त्रास बढेको छ । वन कार्यालयले बाघको गतिविधि निगरानी गर्नुका साथै स्थानीयलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

धनगढी उप महानगरपालिका वडा न. १७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डम्बर गिरी, सिद्धबाबा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जगत राम चौधरी, केदार सामुदायिक वन उपभोक्ता समुह का अध्यक्ष भरत सिराडी, शिवगंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हर्ष राज राना तथा भारताल साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष यादव प्रसाद भण्डारी लगायत उपभोकता समुहका पदाधिकारी र उपभोक्ता सहितका टिम सहित बाघ निगरानी तथा अनुगमन कार्यमा NTNC का प्राबिधिकहरु ललिता जोशी, देवराज जोशी, ओम चौधरी टोलीहरु रहेको छ ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Верификация по документам в онлайн‑казино: как пройти проверку без лишних хлопот

Онлайн‑казино растут так же быстро, как и скорость интернета.За каждым бонусом стоит система контроля, которая защищает и игроков, и операторов.В России верификация стала не просто

अझै पढ्नुहोस्