बझाङ-काठमाडौ रुटमा स्तरीय बस सेवा शुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,काठमाडौ / सार्बजनिक यातायातमा नेपालकै अग्रणी संस्थाको रुपमा स्थापित सुन्दर सुदुरपश्चिम यातायात प्रालिले आजदेखी बझाङ-काठमाडौ रुटमा स्तरीय सेवा सहितको एसी बस संचालनमा ल्याएको छ ।

बस सेवाको आज बझाङ जिल्लाका जिल्ला समन्वय समितीका उपप्रमुख कृष्ण बिष्ट र जय पृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंहले उदघाटन गरेका छन ।

तराईका रुटहरुबाट स्तरीय सेवा दिदै आएको प्रालिले आजबाट पहाडी क्षेत्रका यात्रुहरुलाई समेत स्तरीय सेवा दिन पाउदा खुशी लागेको प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए ।

२०४० सालदेखि सार्वजनिक यातायातको सेवा दिदै आएको प्रालिले हाल धनगढीबाट देशका सबैजसो स्थानहरुमा स्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउदै अध्यक्ष सापकोटाले छिट्टै बाजुराबाट समेत एसी बस सेवाको शुभारम्भ गरिने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सेवा निवृत्त सुविधा रकम पाएनन् कर्मचारीले

धनगढी उपमहानगरपालिकामा अधिकृत छैठौं तहमा कार्यरत प्रभा भण्डारीले गत पुसमा स्वएच्छिक अवकास लिइन् । अवकास लिएसँगै पाउनु पर्ने सेवा निवृत्ति सुविधा रकमका लागि कागजात जुटाइन्

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

कैलालीमा प्रभावकारी बन्दै “विद्यालय स्वास्थ्य तथा नर्सिङ” कार्यक्रम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१० की रोशनी खड्का पेशाले नर्स हुन तर उनी स्वास्थ्य संस्था नगई शिक्षक जस्तै नियमित विद्यालय जान्छिन् । सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा

अझै पढ्नुहोस्
समाचार

कैलालीमा ३० प्रतिशत धानवालिमा क्षति, राहत दिनुपर्ने स्थानीयकाे माग

टीकापुर/ कैलालीमा अविरल रुपमा आएको बेमौसमी वर्षा र बाढीका कारण ३० प्रतिशत धानवालिमा क्षति भएको छ । कैलाली जिल्लाको टीकापुर,भजनी, कैलारि, जानकी, जोशीपुर, गौरीगंगा, घोडाघोडी,

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी नगरपालिका स्थानियले आज नगरपालिका घेराउ गर्दै तालाबन्दि

सुखड/कैलालीको घोडाघोडी नगरपालिका ४ का स्थानिय आन्दोलित भएका छन । माघी होम स्टे सिम्थरी देखि सिताकुण्ड मन्दिर गैडा खेडा सम्मको बाटो पिच,चर्को रोयल्टि नियन्त्रण,टेङ्गना नदि

अझै पढ्नुहोस्