नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने

शेयेर गर्नुहोस

धनगढी/नागरिक उन्मुक्ति कैलाली को टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशनको आयोजना गर्ने भएको छ। उक्त पार्टीले पुस २६, २७ र २८ गते गर्ने प्रथम अधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ कैलाली आउने जनाइएको छ।

प्रधानमन्त्री प्रचण्डसँगै पार्टीका शीर्ष नेतहरू पनि टीकापुर आउनुहुने कार्यक्रम रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी दिए। यस्तै भारतीय जनता पार्टीका प्रतिनिधिहरू पनि टीकापुर आउने छन्। चौधरीले भने, ‘प्रमुख अतिथि प्रधानमन्त्री हुनुहुन्छ। माधव नेपाल, बाबुराम भटराई, सिके राउत र उपेन्द्र यादवले आउने बताउनु भएको छ। केपी ओलीलाई निम्तो दिएका छौँ। फेरि भेट गर्छु। शेरबहादुर देउवाले सन्देश पठाउने कुरा भएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री ज्यू आउनु हुन्छ।’धनगढीमा बुधवार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीको प्रथम अधिवेशनमा आठ हजार प्रतिनिधि टीकापुर आउने बताए। चौधरीका अनुसार नागरिक उन्मुक्ति पार्टीले २४६ निर्वाचनबाट र २५५ जनालाई मनोनीत गर्ने छ। तीन दिनसम्म टीकापुरमा सञ्चालन हुने अधिवेशनमा सहभागिहरूले स्थानीय खानाका परिकारहरू खान पाउने उनले बताए।

टीकापुर घटनाको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टी ५२ जिल्लामा विस्तार भएको छ। रेशमलाल चौधरीले कारागारबाटै नागरिक उन्मुक्ति पार्टीको स्थापना गरेका थिए। पार्टीको केन्द्रीय कार्यालय कैलालीको टीकापुरमा रहेको छ। पार्टीकी अध्यक्षसमेत रहेकी रेशमकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन्। रञ्जिता फेरि पार्टीको अध्यक्षमा दोहोरीने वा नयाँ अध्यक्ष निर्वाचित गरिने विषयमा रेशमलालले कुनै प्रतिक्रिया भने दिएनन् ।

ताजा खबर

Kingia Community Features: Forums and Chat

Instantaneous Play Casino Site: The Ultimate Overview to Online Betting

Online Casinos Accept PayPal: The Convenient and Safe Method to Wager Online

Bet On Red Casino Review: Sessioni Veloci per il Giocatore Moderno

Comment repérer une fausse page de connexion Olympe Casino

Partenariats et commandites Kyngs

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা অর্থনীতির বিভিন্ন প্রশ্ন যেমন অর্থনৈতিক প্রবৃদ্ধি, বিনিয়োগের প্রবণতা, এবং বর্তমানে খেলাধুলার ব্যাপারে বাজির কৌশলগুলি নিয়ে আলোচনা করা

अझै पढ्नुहोस्