पुरानै मन्त्रालय कायम राख्ने :मुख्यमन्त्री सोडारी

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मन्त्रालय सङ्ख्या घटाएर छ वटा कायम गर्न लागेको छ । यसअघि छ वटा मन्त्रालय रहेकोमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १६ गते चार मन्त्रालय फुटाएर मन्त्रालय सङ्ख्या १० बनाएका थिए ।

मन्त्रालय सङ्ख्या बढाएको आधा महिनामै फेरि घटाएर साविककै सङ्ख्या कायम गर्ने निष्कर्षमा प्रदेश सरकार पुगेको छ । सरकारले मन्त्रालय घटाएर साविककै कायम गर्ने निष्कर्षमा पुगेको र चाँडै क्याबिनेटबाट निर्णय गर्ने जलस्रोत तथा सहरी विकासमन्त्री अक्कलबहादुर रावलले बताए ।

एमालेले नमानेका कारण सरकारले मन्त्रालय फुटाएको उनको भनाइ छ । रावलले भने,“एमालेका साथीहरुले फुटाउनै पर्ने जिकिर गरेपछि सरकारले मन्त्रालय फुटाएको हो । तर, अब घटाउने निष्कर्षमा पुगिसकेका छौं ।” सरकारले सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएको थियो । मन्त्रालय संख्या बढाइएपछि त्यसको विरोधसमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे १५ ओै साधारणसभा सम्पन्न

माेहित श्रीपाइली,टीकापुर/टीकापुर नगरपालिका वडा नं. ८ बटनपुर स्थित दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।शनिबार बटनपुरमा सहकारी संस्थाकाे १५ ओै

अझै पढ्नुहोस्
मनोरंजन

बोगटानी गायक जानु बमको नयाँ गित भुल्लिगै मुटुकी माया’ सार्वजनिक 

दिपक बहादुर वि.क,कैलाली / बोगटानी गायक जानु बमको नयाँ गित “भुल्लिगै मुटुकी माया’ शनिबार सार्वजनिक भएको छ। गायक ज्ञानु बम र गौरी भट्टको स्वरमा उक्त गित

अझै पढ्नुहोस्
Highlights

कृष्णपुरमा निशुल्क आँखा शिविर सम्पन्न, पाँच हजार ७ जनाले लिए सेवा

जमुना न्युरे ,गुलरिया/कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क आँखा शिविर मंगलबार सम्पन्न भएको छ । पौष १ गते वडा न.१

अझै पढ्नुहोस्
समाचार

कैलाली कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन प्रशासनको आग्रह

धनगढी । कैलाली कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी

अझै पढ्नुहोस्