नेपाल युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा आयुष हमाल

शेयेर गर्नुहोस

नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) कैलालीको अध्यक्षमा युवा व्यवसायी आयुष हमाल नियुक्त भएका छन्।

धनगढीमा निवर्तमान अध्यक्ष अच्युत दाहालको अध्यक्षतामा भएको एनवाइइएफको नवौं वार्षिक साधारण सभामा हमालको नेतृत्वमा गठन भएको कार्य समितिमा प्रथम उपाध्यक्षमा आशिष शाह, उपाध्यक्षमा भरत श्रेष्ठ, सदस्यमा आयुष मोहपाल, प्रितम करिया, श्रवण शाह, गोविन्द बोहरा, विरेन्द्र भट्ट, सौरभ भट्टराई, राजनकुमार राना, अमृत जैशी, रुजुल भट्ट चयन भएका छन्। सुशील पन्त सल्लाहकारमा नियुक्त भएका छन ।

हमालको नेतृत्वमा मञ्चले अझ सशक्त, सक्रिय र प्रभावकारी बन्दै कैलालीका युवा उद्यमीहरूको हकहित संरक्षण, उद्यमशीलताको प्रवर्द्धन तथा आर्थिक समृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

नयाँ नेतृत्व चयन कार्यक्रमका प्रमुख अतिथिमा एनवाइइएफको नेशनल गभर्निङ काउन्सिलका अध्यक्ष सुदिप घिमिरे रहेका थिए। यस्तै, विशिष्ट अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका सुप अध्यक्ष पुष्पराज कुँवर, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा, नेशनल गभर्निङ काउन्सिलका दयद्धय विलासा श्रेष्ठ तथा पवित्र गौतमको उपस्थिति रहेका थियो।

ताजा खबर

Free Slots: The Ultimate Overview to Online Slot Machines

Exactly how to Obtain an ESA Letter for Your Cat: A Comprehensive Guide

Safe Gaming Sites: Making Certain a Secure and Pleasurable Experience

The Ultimate Guide to Free Online Slots Gamings for Enjoyable

सम्बन्धितखवर

छुटाउनु भयो कि !