पहाडी जिल्ला जोड्ने बाटो भत्किए पछि धनगढीमा तरकारीको मुल्य वृद्धि

शेयेर गर्नुहोस

धनगढी, / धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडी लाग्ने हाटबजार आज शुक्रबार पनि बिहानै देखि लागेको थियो । आज लागेको हाटबजार अरु दिनको भन्दा फरकै रहेको थियो । प्रायः तरकारीको भाउ बढेको र पहाडको तरकारी भिमदत्त राजमार्ग बन्द हुँदा हाटबजारमा पहिलाको जस्तै तरकारी आइ नपुग्दा भाउ बढेको ब्यापारी दिनेश सिङले बताए ।

अर्का ब्यापारी सुरज सिङले भने “पहाडको तरकारी पर्याप्त मात्रामा आउन सकेन धनगढीमा उत्पादित तरकारी डुबान हँदा सबै कुहिएर नष्ट भयो, त्यसैले पनि तरकारीको भाउ बढेको र अझै बढ्न सक्ने अनुमान गरिन्छ ।”

आलुको १ किलोको पहिला भन्दा रु.१० ले बढेको छ भने, सिम्लाको १ किलोको रु.१३० , लौकाको १ किलाको रु.५० अन्य केहीँ तरकारीको मूल्य पनि बढेको छ , तर गोलभेडा , खुसार्नी, धनियाँ र अन्य केहीँ तरकारीको मूल्य पहिलाकै कायम रहेको ब्यापारी मिना रानाले बताइन । उनले भनिन मुला , आलु, गोलभेडा , प्याजको केहीँ अभाव भएको र पहिलाको भन्दा केही मूल्य बढेको हो ।

यसपाली हाटबजारमा खोजेको तरकारी नमिलेको र भएको तरकारी पनि महङ्गो रहेको तरकारी किन्न हाटबजार आएका धनगढी ४ का रामकृष्ण जोशीले बताए ।

भारतबाट आयात गरेको तरकारी हाटबजारमा बिक्री वितरण गर्न रोक लगाइको छ । तर यहाँ आलु , प्याज भारतबाट आयात गरिएको पनि बिक्री वितरण भैरहेको छ । यदि बन्द गर्नुछ भने सबै बन्द गर्नुपर्छ, हैन भने सबै तरकारी बिना रोक बिक्री वितरण गरिनु पर्ने तरकारी किन्न हाटबजार आएका धनगढी १ का उपदेश उपाध्यायले गुनासो गर्दै जानकरी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएनन

धनगढी/कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखिको तलब पाएका छैनन् । नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा

अझै पढ्नुहोस्
समाचार

न्याभ कपको २० औं संस्करणको पत्रकार सम्मेलन

नेप्लिज एसोसियसन अफ भिक्टोरियाको आयोजनामा न्याभ कपको २० औं संस्करणको पत्रकार सम्मेलन अस्ट्रेलियाको भिक्टोरियामा सम्पन्न भएको छ। न्याभ कपको सुरुवात जनवरी १२ देखि हुने र

अझै पढ्नुहोस्
समाचार

गौरीगंगा साझेदारी वनमा विवाद, बिधान मिचेर समिति गठन

धनगढी /कैलालीको गौरीगंगा साझेदारी वन उपभोक्ता समुहमा विवाद सिर्जना भएको छ । नियमित काम गरिरहेको समितिलाई एकाएक विघटन गरी अर्को समिति बनाएर काम थालिएपछि विवाद

अझै पढ्नुहोस्
राजनीति

बैशाख ११ र १२ गते निर्वाचनको मनोनयन दर्ताको समय

टीकापुर/स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । निर्बाचन आयोगले भने वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकिएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन

अझै पढ्नुहोस्