TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ : सभापति देउवा

शेयेर गर्नुहोस

भदौ २४ ,काठमाडौं /नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।

पार्टीले आयोजना गरेको आजदेखि प्रारम्भ भएको तीन दिने ‘बिपी साहित्य महोत्सव’को उद्घाटन समारोहमा उहाँले बिपी आफैमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधँै अजर र अमर नक्षेत्रको रुपमा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका छाँै ।”

विपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको उल्लेख गर्दै उहाँले नेपालका सबै राजनैतिक दलहरुले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताउनुभयो । महोत्सवले बिपीले प्रतिपादन गरेको राजनीतिक विचार, उहाँका साहित्यिक कृति, उहाँले भोग्नु परेका सङ्घर्षमय जीवन गाथा र उहाँको सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणलगायतका विविधि पक्षमा आजको युवा पुस्तालाई गहिरो ज्ञान बाँड्नेमा सभापति देउवाले विश्वास व्यक्त गर्नुभयो ।

“बिपी सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो । उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग र आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई आवश्यक ठान्नुहुन्थ्यो”, सभापति देउवाले भन्नुभयो ।

बिपीले प्रजातान्त्रिक समाजको व्याख्या गर्दै भन्नुभएको र साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुने बिपीको विचार रहेको सभापति देउवाले बताउनुभयो । उहाँले आज कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको बताउनुभयो । सभापति देउवाले समयको अन्तरालसँगै आज हाम्रो मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको उल्लेख गर्दै नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न नपाएको धारणा व्यक्त गर्नुभयो ।

“बिपी राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार हुनुहुन्थ्यो, सबै किसिमका विभेदविरूद्ध आगो ओकल्नु
हुन्थ्यो । समावेशीता र सधै नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लडिरहनु भयो भने राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झै उभिनुभयो”, सभापति देउवाले भन्नुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बिपी सबैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्नुुहुने उहाँको भनाइ छ । राज्यको सिमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीसँग मित्रवत ढङ्गले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु र निर्णय गराई बिपीको स्वभाव रहेको सभापति देउवाको भनाइ छ ।

महामानव बिपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही भदौ २४ देखि २६ गतेसम्म चल्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीमा फल्यो लटरम्म स्याउ

सुखड/तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको

अझै पढ्नुहोस्
समाचार

३ दिने बेमौसमी तरकारी खेती तालिम सुखडमा सुरु

सुखड/घोडाघोडी नगरपालिका वडा १ सुखडमा आज देखि तिनदिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ ।निर्धन उत्थान लघुवित्त बितिय सस्थां लिमिटेड साखा कार्यलयले सुखडले आफ्ना

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा घरदैलाे स्वास्थ्य सेवा प्रभावकारी बन्दै

टीकापुर/ टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिईन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो

अझै पढ्नुहोस्