पत्रकार उपाध्यायलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान

शेयेर गर्नुहोस

धनगढी/नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरेको छ ।

नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता बिधा तर्फको आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको हो ।

प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले पत्रकार उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गर्नुभयो।

पत्रकारिताका माध्यमबाट सुदूर पश्चिमको पर्यटन क्षेत्रको विकासमा यहाँले पु¥याउनु भएको योगदानको उच्च प्रशंसा गर्दै नेपाल युवा परिषदद्धारा तपाईलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गर्न पाउदा हामी गौरवान्वित भएका छौ, आगामि दिनमा सुदूर पश्चिम प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन तपाईको पहलकदमी रहोस । साथै तपाई लाखौं युवाहरुको प्रेरणाको स्रोत बन्नुहुनेछ ।

बिहीवार शुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन बिभिन्न बिधामा योगदान पुर्‍याउने व्यक्तिहरुलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गरिएको हो ।

सम्मेलनमा सुदूर पश्चिम प्रदेशका रक्तदाताहरु मध्ये सर्बाधिक १०५ पटक रक्तदान गर्ने दीपक उपाध्याय, उद्योगी तर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्र तर्फ अनिता जोशी, समाजसेवा तर्फ कल्पना भट्ट, संगीत तर्फ रेखा जोशी, सूचना प्रबिधि तर्फ दिपेन्द्र जोशी लगायतलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गरिएको थियो ।

ताजा खबर

Обзор онлайн слота “Свит Бонанза”

What is Trada Casino: Overview and Features?

Overview of 10black Casino online gambling platform features and services.

Czym jest gra Chicken Road 2 w kasynie online?

Yaamava Casino: Overview and Amenities

Czym jest Coins Game Casino – grę hazardową w kasynie

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नारायणपुर उप शाखाकाे २९ औं उप-शाखा सभाकाे अधिवेशन सम्पन्न

नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाकाे अधिवेशन सम्पन्न भएको छ । साेमबार नारायणपुरमा उप शाखाकाे २९ ओै उप शाखा सभाकाे अधिवेशन सम्पन्न भएको हाे ।

अझै पढ्नुहोस्
समाचार

सेती प्रादेशिक अस्पतालमा मङ्गलबारदेखि क्यान्सर शिविर सुरु

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मङ्गलबारदेखि क्यान्सर शिविर सुरु भएको छ । अस्पतालका प्रमुख डाक्टर शेरबहादुर कमरले सुदूरपश्चिमका क्यान्सरका सम्भावित बिरामीहरूको परीक्षण सुरु भएको बताए ।

अझै पढ्नुहोस्