पत्रकार उपाध्यायलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान

शेयेर गर्नुहोस

धनगढी/नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरेको छ ।

नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता बिधा तर्फको आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको हो ।

प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले पत्रकार उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गर्नुभयो।

पत्रकारिताका माध्यमबाट सुदूर पश्चिमको पर्यटन क्षेत्रको विकासमा यहाँले पु¥याउनु भएको योगदानको उच्च प्रशंसा गर्दै नेपाल युवा परिषदद्धारा तपाईलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गर्न पाउदा हामी गौरवान्वित भएका छौ, आगामि दिनमा सुदूर पश्चिम प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन तपाईको पहलकदमी रहोस । साथै तपाई लाखौं युवाहरुको प्रेरणाको स्रोत बन्नुहुनेछ ।

बिहीवार शुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन बिभिन्न बिधामा योगदान पुर्‍याउने व्यक्तिहरुलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गरिएको हो ।

सम्मेलनमा सुदूर पश्चिम प्रदेशका रक्तदाताहरु मध्ये सर्बाधिक १०५ पटक रक्तदान गर्ने दीपक उपाध्याय, उद्योगी तर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्र तर्फ अनिता जोशी, समाजसेवा तर्फ कल्पना भट्ट, संगीत तर्फ रेखा जोशी, सूचना प्रबिधि तर्फ दिपेन्द्र जोशी लगायतलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री शाही मन्त्रालयबाट बिदा भए

धनगढी/मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीबाट बर्खास्त गरेपछि सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही मन्त्रालयबाट विदा भएका छन् । मन्त्रालय छोड्दै गर्दा शाहीले पत्रकार सम्मेलन

अझै पढ्नुहोस्
समाचार

पुस १५ मा सार्वजनिक विदा दिने सरकारकाे निर्णय

माेहित श्रीपाइली-टीकापुर/ नेपाल सरकारले पुस १५ गते सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । विहिबार तमु ल्हाेसार पर्व परेकोले नेपाल सरकारले पुस १५ गते सार्वजनिक

अझै पढ्नुहोस्
समाचार

कानुन बमोजिम नै याेजनाकाे काम अघि बढाउन स्थानीय तहलाई मन्त्रालयकाे पत्र

टीकापुर/ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपभोक्ता समितिमार्फत याेजना कार्यान्वयन गर्ने सम्बन्धमा कानुन बमोजिम नै हुने प्रस्ट्याएको छ । स्थानीय तहको वार्षिक बजेट तथा

अझै पढ्नुहोस्
समाचार

सरोकारवालाहरु संग छलफल तथा सुझाव संकलन सम्पन्न

जमुना न्युरे/धनगढीमा आज लालझाडी मोहना वन सरक्षण क्षेत्रको ब्यबस्थापन कार्ययोजना मस्यौदा माथी सरोकारवाला निकाय सङ्ग छलफल तथा सुझाब सङ्कलन कार्यक्रम सप्पन्न भएको छ । सुझाब

अझै पढ्नुहोस्