नेपाल शिक्षक संघ अधिवेशन
अध्यक्षका लागि ६ जना आकांक्षी

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी / नेपाल शिक्षक संघ कैलालीको ९ औं जिल्ला अधिवेशन फागुन १३ गते धनगढीमा हुने भएको छ । जिल्ला कार्यसमितिको बैठकले फागुन १३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेसँगै नेपाल शिक्षक संघका आकांक्षीहरु चुनावी माहोलमा होमिएका छन् । अहिलेसम्म जिल्लाको नेतृत्वका लागि ६ जनाले आकांक्षा देखाएका छन् । वर्तमान जिल्ला अध्यक्ष गणेशप्रसाद ओझा, प्रदेश उपमहासचिव प्रेमबहादुर शाही, पूर्व जिल्ला सहसचिव तेजबहादुर सिंह, प्रदेश सदस्य केशवराज ओझा, पूर्व जिल्ला कोषाध्यक्ष पदमराज जोशी र प्रदेश सदस्य रामप्रसाद फुलारा अध्यक्षका लागि आकांक्षी देखिएका छन् ।

आफूहरुले भरसक सर्वसहमतिका आधारमा नै नेतृत्व चुन्ने बताउँदै जिल्ला अध्यक्ष ओझाले भने,‘सर्वसहमतिको प्रयास जारी राख्न हामीले जयप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका छौँ ।’ मिश्रको संयोजकत्वमा भूपालसिंह खड्का, सीताराम अवस्थी, डिल्लीराज पन्त र ज्ञानेन्द्र शाह रहेका छन् । कार्यदलले सर्वसहमतिको प्रयास गरिरहेको कार्यदलका सदस्य भूपालसिंह खड्काले बताए । उनले भने,‘हामी आकांक्षीसँगको छलफलमै छौ, सर्वसहमतिको प्रयासमा लागिरहेका छौँ ।’

‘शिक्षकको मर्यादित पेशा विद्यार्थीलाई जीवनोपयोगी शिक्षा’ नारा बोकेको नेपाल शिक्षक संघको नवौं जिल्ला अधिवेशनलाई भव्य र सभ्य र मर्यादित रुपमा सफल पार्न विभिन्न उपसमितिले तयारी गरिरहेको जिल्ला अध्यक्ष ओझाले बताए । उनले भने,‘शिक्षकका पेशागत सुरक्षा र हकहितका लागि आवाज उठाउने गर्विलो इतिहास बोकेको नेपाल शिक्षक संघले संघीय शिक्षा ऐन जारी गर्न पनि हाम्रो दबाब रहने छ ।

’ शिक्षा ऐन जारी नहुँदा अहिलेसम्म शिक्षकका हक अधिकार र शिक्षा पुरानै ढर्र्राबाट चलिरहेको उनी बताउँछन् । ‘अबको नयाँ नेतृत्वले सरकारलाई शिक्षा ऐन जारी गर्न पनि दबाब दिने छ,’ उनले भने । कैलालीमा नेपाल शिक्षक संघका साधारण, कर्मठ र विशिष्ठगरी २ हजार ४ सय ८६ जना सदस्य रहेका छन् । अधिवेशनले अध्यक्षसहित १७ सदस्यीय जिल्ला कार्य समिति चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक आज यहाँ सम्पन्न भएको छ। बैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई

अझै पढ्नुहोस्

погружение в мир бинго 37 Бинго 37 – это не просто очередная онлайн‑игра, а настоящий культурный феномен в Казахстане.Представьте старика в уютной кофейне, который бросает

अझै पढ्नुहोस्