TRENDING
Online Gambling Enterprise Canadian Payment Techniques: A Comprehensive Overview
Play Blackjack for Fun: An Overview to Enjoying the Classic Gambling Establishment Video Game
Casino Sites That Approve PayPal: A Guide to Protect and Convenient Online Betting
Penny Slot Machine Online: An Ultimate Overview for Casino Enthusiasts
Next
Prev

निसर्गको निःशुल्क उपचारमा भानुले पाए ‘नयाँ जीवन’

शेयेर गर्नुहोस

धनगढी, भदौ २५ – सडक दुर्घटनामा गम्भीर घाइते भएका बझाङका भानु जोशी धनगढीस्थित निसर्ग हस्पिटलमा चिकित्सकको ४५ दिनको उपचारपछि घर फिर्ता भएका छन् । आर्थिक अवस्था कमजोर भएका जोशीले उपचार शुल्क तिर्न नसकेपछि हस्पिटलले समाजिक उत्तरदायित्व अन्तर्गत उनको उपचारको क्रममा लागेको मोटो रकम मिनाहा गरेको हो ।

उपचारसँगै उपचार शुल्क मिनाहा भएपछि उनीसँगै उनको परिवारमा खुशी छाएको छ । अस्पतालको ४५ दिने बसाइँपछि उनी सोमबार बझाङ फर्केका छन् । उनी ६ महिनाअघि सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गहिरो चोट लागेको थियो । यसअघि सवारी बिमाबाट पहिलो चरणको उपचार गरिसकेका उनको दोस्रो चरणको उपचारमा कतैबाट उपचार खर्च नजुटेपछि निरास थिए ।

‘छोराको उपचारमा लागेको पैसा तिर्नका लागि विभिन्न संघसंस्थामा धायौँ कहिँबाट केही जुगाड भएन,’ विरामी भानुका बुबा धने जोशीले भने,‘अन्ततः अस्पतालसँग हारगुहार गरेँ, अस्पतालले पनि मेरो पारिवारिक र आर्थिक अवस्थाका बारेमा बुझेछ ।’ अस्पतालले ४५ दिनसम्म लागेको २ लाख ७२ हजार १ सय ५० रूपैयाँ निःशुल्क गरेपछि छोराले पुनर्जीवन पाउनुका साथै आफ्नो परिवारमा खुशी छाएको उनले बताए । ‘यति ठूलो रकम हामी घरखेत बेचेर पनि तिर्न सक्ने थिएनौं,’ उनले भने,‘हाम्रो अवस्था हेरेर अस्पतालले जम्मै रकम मिनाहा गरेर हामीमाथि ठूलो गुन लगाएको छ ।’

२१ वर्षिय भानु उच्च शिक्षा अध्ययनका लागि बझाङबाट धनगढी झरेका थिए । उनी ६ महिना अघि मोटरसाइकल दुर्घटनामा घाइते भए । टाउकोको पहिलो चरणको शल्यक्रियामा बिमा कम्पनीले उपचार खर्च तिरेपनि दोस्रो चरणको शल्यक्रियामा भने उनले कहिँकतैबाट रकम पाएनन् । ‘छोराको उपचार त गर्नै प¥यो, जस्तो पर्ला भनेर अस्पताल ल्याएँ, उपचार सुरु गराएँ,’ बुबा धनेले भने,‘तर, पैसाका लागि कहीँबाट जुगाड नै भएन । अस्पतालको शुल्क तिर्न अनेक प्रयास गरेँ, कहिँबाट केही सिप नचलेपछि अस्पताल प्रशासनसँग विन्ति गरेँ । अस्पतालले पनि मेरो अवस्था बुझिदियो ।’


लामो समयको उपचारपछि घर फर्कदै गर्दा भानुले आफूलाई सन्चो भएको बताउँदै भने,‘मेरो उपचारमा संलग्न चिकित्सक टोली र यति ठूलो रकम मिनाहा गर्ने निसर्ग हस्पिटललाई धन्यवाद दिन चाहन्छु । यो गुन म कहिल्यै विर्सने छैन ।’ बिरामी भानुको पारिवारिक अवस्थाका बारेमा बझाङसम्मै बुझ्दा अवस्था नाजुक देखेपछि अस्पताल व्यवस्थापन बोर्डको बैठकले उनको अहिलेसम्मको उपचार शुल्क २ लाख ७२ हजार १ सय ५० रूपैयाँ मिनाहा गर्ने निर्णय गरेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष तीर्थराज पन्तले बताए ।

उनले भने,‘टाउकोको शल्यक्रिया शुल्कदेखि ४५ दिनसम्मको अस्पतालको बसाइँबापतको २ लाख ७२ हजार १ सय ५० रूपैयाँ हामीले मिनाहा गर्‍यौँ ।’ सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले पनि समय समयमा विभिन्न काम गर्दै आएपनि आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारमा विगतदेखि सहयोग गर्दै आएको अध्यक्ष पन्तले बताए । ‘हामी प्रति विश्वास, भरोसा र आशा लिएर बिरामी आउँछन्,’ अध्यक्ष पन्तले भने,‘हामीले पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सक्ने सहयोग गर्दै आएका छौँ ।’ यो मात्रै नभएर निसर्ग हस्पिटलले पटक–पटक बेसहारा, आर्थिक अवस्था कमजोर भएका र ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्दै आएको उनले बताए ।

फोटो क्याप्सन ः उपचार शुल्क मिनाह रिपोर्ट बिरामीका बुबा धने जोशीलाई हस्तान्तरण गर्दै हस्पिटलका अध्यक्ष तीर्थराज पन्त र साथमा बिरामी भानु जोशी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online Gambling Enterprise Canadian Payment Techniques: A Comprehensive Overview

Play Blackjack for Fun: An Overview to Enjoying the Classic Gambling Establishment Video Game

Casino Sites That Approve PayPal: A Guide to Protect and Convenient Online Betting

Penny Slot Machine Online: An Ultimate Overview for Casino Enthusiasts

Free Casino Site Slot Gamings for Enjoyable: Appreciate the Thrills without Investing a Penny

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौ /बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। बुधबार साँझ भएको खेल १–१ को बराबरीमा सकिएपछि

अझै पढ्नुहोस्
Highlights

घोडाघोडी लवाङी पुजा तथा महोत्सव पत्रकार सम्मेलन

सुखड/कैलालीको जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी मन्दिरमा हरेक बर्ष जस्तै बिबाह पन्चमी दिन हुने थारु समुदायले यस बर्ष लवाङी पुजा हुने गरेको छ । “थारु

अझै पढ्नुहोस्