निसर्गको निःशुल्क उपचारमा भानुले पाए ‘नयाँ जीवन’

शेयेर गर्नुहोस

धनगढी, भदौ २५ – सडक दुर्घटनामा गम्भीर घाइते भएका बझाङका भानु जोशी धनगढीस्थित निसर्ग हस्पिटलमा चिकित्सकको ४५ दिनको उपचारपछि घर फिर्ता भएका छन् । आर्थिक अवस्था कमजोर भएका जोशीले उपचार शुल्क तिर्न नसकेपछि हस्पिटलले समाजिक उत्तरदायित्व अन्तर्गत उनको उपचारको क्रममा लागेको मोटो रकम मिनाहा गरेको हो ।

उपचारसँगै उपचार शुल्क मिनाहा भएपछि उनीसँगै उनको परिवारमा खुशी छाएको छ । अस्पतालको ४५ दिने बसाइँपछि उनी सोमबार बझाङ फर्केका छन् । उनी ६ महिनाअघि सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गहिरो चोट लागेको थियो । यसअघि सवारी बिमाबाट पहिलो चरणको उपचार गरिसकेका उनको दोस्रो चरणको उपचारमा कतैबाट उपचार खर्च नजुटेपछि निरास थिए ।

‘छोराको उपचारमा लागेको पैसा तिर्नका लागि विभिन्न संघसंस्थामा धायौँ कहिँबाट केही जुगाड भएन,’ विरामी भानुका बुबा धने जोशीले भने,‘अन्ततः अस्पतालसँग हारगुहार गरेँ, अस्पतालले पनि मेरो पारिवारिक र आर्थिक अवस्थाका बारेमा बुझेछ ।’ अस्पतालले ४५ दिनसम्म लागेको २ लाख ७२ हजार १ सय ५० रूपैयाँ निःशुल्क गरेपछि छोराले पुनर्जीवन पाउनुका साथै आफ्नो परिवारमा खुशी छाएको उनले बताए । ‘यति ठूलो रकम हामी घरखेत बेचेर पनि तिर्न सक्ने थिएनौं,’ उनले भने,‘हाम्रो अवस्था हेरेर अस्पतालले जम्मै रकम मिनाहा गरेर हामीमाथि ठूलो गुन लगाएको छ ।’

२१ वर्षिय भानु उच्च शिक्षा अध्ययनका लागि बझाङबाट धनगढी झरेका थिए । उनी ६ महिना अघि मोटरसाइकल दुर्घटनामा घाइते भए । टाउकोको पहिलो चरणको शल्यक्रियामा बिमा कम्पनीले उपचार खर्च तिरेपनि दोस्रो चरणको शल्यक्रियामा भने उनले कहिँकतैबाट रकम पाएनन् । ‘छोराको उपचार त गर्नै प¥यो, जस्तो पर्ला भनेर अस्पताल ल्याएँ, उपचार सुरु गराएँ,’ बुबा धनेले भने,‘तर, पैसाका लागि कहीँबाट जुगाड नै भएन । अस्पतालको शुल्क तिर्न अनेक प्रयास गरेँ, कहिँबाट केही सिप नचलेपछि अस्पताल प्रशासनसँग विन्ति गरेँ । अस्पतालले पनि मेरो अवस्था बुझिदियो ।’


लामो समयको उपचारपछि घर फर्कदै गर्दा भानुले आफूलाई सन्चो भएको बताउँदै भने,‘मेरो उपचारमा संलग्न चिकित्सक टोली र यति ठूलो रकम मिनाहा गर्ने निसर्ग हस्पिटललाई धन्यवाद दिन चाहन्छु । यो गुन म कहिल्यै विर्सने छैन ।’ बिरामी भानुको पारिवारिक अवस्थाका बारेमा बझाङसम्मै बुझ्दा अवस्था नाजुक देखेपछि अस्पताल व्यवस्थापन बोर्डको बैठकले उनको अहिलेसम्मको उपचार शुल्क २ लाख ७२ हजार १ सय ५० रूपैयाँ मिनाहा गर्ने निर्णय गरेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष तीर्थराज पन्तले बताए ।

उनले भने,‘टाउकोको शल्यक्रिया शुल्कदेखि ४५ दिनसम्मको अस्पतालको बसाइँबापतको २ लाख ७२ हजार १ सय ५० रूपैयाँ हामीले मिनाहा गर्‍यौँ ।’ सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले पनि समय समयमा विभिन्न काम गर्दै आएपनि आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारमा विगतदेखि सहयोग गर्दै आएको अध्यक्ष पन्तले बताए । ‘हामी प्रति विश्वास, भरोसा र आशा लिएर बिरामी आउँछन्,’ अध्यक्ष पन्तले भने,‘हामीले पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सक्ने सहयोग गर्दै आएका छौँ ।’ यो मात्रै नभएर निसर्ग हस्पिटलले पटक–पटक बेसहारा, आर्थिक अवस्था कमजोर भएका र ज्येष्ठ नागरिकहरूलाई सहयोग गर्दै आएको उनले बताए ।

फोटो क्याप्सन ः उपचार शुल्क मिनाह रिपोर्ट बिरामीका बुबा धने जोशीलाई हस्तान्तरण गर्दै हस्पिटलका अध्यक्ष तीर्थराज पन्त र साथमा बिरामी भानु जोशी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

पार्टी विवादबारे रेशमको स्पष्टोक्ति: रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो

धनगढी/नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफू र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको प्रस्टाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा

अझै पढ्नुहोस्
समाचार

गाउँ पसेको चितुवाको उद्धार

सुखड कैलाली/ कैलालीको घोडाघोडी नगरपालिका वडा न ८ आमफाटाबाट चितुवाको उद्धार गरिएको छ । गाउँमा पसेको वयस्क चितुवाको सकुशल उद्धार गरिएको हो । आज बिहान

अझै पढ्नुहोस्
घटना

टीकापुरमा खुकुरी प्रहार गरि हत्या गर्ने साउँद प्रहरीकाे फन्दामा

टीकापुर/ टीकापुरमा प्रहरीले खुकुरी प्रहार गरि हत्या गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । टीकापुर नगरपालीका वडा नं. ८ कालीमाटी बस्ने लोक बहादुर साउदको १८

अझै पढ्नुहोस्
राजनीति

टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले नगर प्रमुख सहित सबै वडाकाे उम्मेद्वारि दर्ता

टीकापुर/टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले नगर प्रमुख, उप प्रमुख लगायत सबै वडाका उम्मेद्वारी घाेषणा गरि निर्वाचन कार्यालयमा दर्ता गरेका छन । आइतबार नगर प्रमुख, उप

अझै पढ्नुहोस्