धनगढीमा शनिवारे मेला बन्यो उद्यमी महिलाका सामग्री बिक्री गर्ने माध्यम

शेयेर गर्नुहोस

धनगढी/ कैलालीको धनगढीमा लाग्ने शनिवारे मेला स्थानीय महिला उद्यमीले बनाएका सामग्री बिक्री गर्ने गतिलो माध्यम बनेको छ। मेलामा स्थानीय महिलाका खाद्य परिकारदेखि घरेलु उत्पादन बिक्री भइरहेका छन्।

साप्ताहिक रुपमा लाग्ने महिला उद्यमी शनिवारे मेलामा वातावरणमैत्री सामग्री बिक्री भइरहेका छन्। शनिवारे मेलामा घरमै बनाएका सामग्री बिक्री गर्ने माध्यम बनेकोमा स्थानीय महिला उद्यमी खुशी भएका छन्।

मंसिर १ गते शनिवारबाट सुरू भएको शनिवारे मेलामा धनगढीका महिलाले घरमै तयार गरेका विभिन्न सामग्री बिक्री गर्न थालेका छन्। धनगढी–५ जाईकी कमलादी चौधरीले मेलामा आफैले तयार गरेका ढकीया लगायतका सामग्री बिक्रीका लागि राखेकी छन्। शनिवारे मेलाले घरेलु उत्पादन बिक्री गर्न सहज भएको चौधरीको भनाइ छ।

धनगढी–१६ की सिता चौधरीले शनिवारे मेलामा ढकीया, बेना, डेलुवा दुना–टपरी लगाय आफैले तयार गरेका सामग्री बिक्री गर्न ल्याएकी थिइन। शनिवारे मेलाले आफूले बनाएका सामग्री बिक्री गरेर आम्दानी गर्ने अवसर दिएको चौधरीले बताइन्। शनिवारे मेला महिला उद्यमीले तयार गरेका सामग्री र खाद्य परिकार बिक्री गर्ने थलो मात्रै बनेको छैन बालबालिका र युवायुवतीको नाच्ने, गाउने र रमाउने माध्यम पनि बनेको छ।

मेलामा स्थानीय महिलाहरूले दैनिक प्रयोगमा आउने वातावरणमैत्री सामग्रीसमेत बिक्री गरिरहेका छन्। धनगढी–३ कफकला संग्रौलाका लागि बाँस तथा औषधीयुक्त काठबाट निर्मित विभिन्न सामग्री बिक्री गर्ने माध्यम शनिवारे मेला बनेको छ। संग्रौलाले महिला उद्यमीहरूले तयार गरेका दात माझ्ने ब्रस, कपडा धुने ब्रस, झोला, बास तथा काठबाट निर्मित अन्य सामग्री बिक्री गर्दै आएकी छन्।

वातावरणलाई प्लास्टिकमुक्त बनाउन वातावरणमैत्री सामग्री बिक्री गरेर उद्यमी, वातावरण र उपभोक्तालाई हित हुने अवस्था मेलाले निर्माण गरेको संग्रौलाले बताइन्। धनगढी उपमहानगरपालिकाले मंसिर १ गतेदेखि शनिवारे महिला उद्यमी मेला लगाउन थालेको छ। मेला खाद्या परिकार, घरेलु उत्पादनको बजारीकरण गर्ने र महिलाहरूको सिपलाई आम्दानीसँग जोड्ने माध्यम बनेको छ।

ताजा खबर

Sava Spin: A Deep Dive into the Modern Player’s Playground

Casino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

कैलालीमा कांग्रेसको आजदेखि नगर अधिवेशन सुरु

Cassino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुखडमा विद्यालय भवन निर्माणमा लापरबाही भएपछि ढलान भत्काइयो

सुखड/सुदूरपश्चिम प्रदेशकै गौरवको योजना निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको जनाइएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बन्दै गरेको विशेष

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्