धनगढीमा कलाकार र पत्रकारको सामुहिक खिर खाने कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/धनगढीमा कलाकार र पत्रकारको सामुहिक खिर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कलाकार र पत्रकार बिचको आपसी सम्बन्धलाई अझ प्रगाढ पार्ने उद्देश्यका साथ कार्यक्रम गरिएको चलचित्र पत्रकार संघ सुदूरपश्चिमका अध्यक्ष पत्रकार पुष्पराज जोशीले बताए ।


कलाकारका आफ्ना समस्याहरू बताउँदै आगामी दिनमा सहज तरिकाले पत्रकारले आफूले गरेका कार्यहरूको जनतासम्म पुर्याइदिनुहुन अनुरोध समेत गरेका थिए। अहिले एक दुईवटा भिडियो खेलेकालाई चर्चित कलाकार भनेर झुक्याए भ्रमको समाचार लेखेको विषयमा त्यहाँका कलाकारहरूले आगामी दिनमा यसो नगरिदिनु नहुन पत्रकारलाई आग्रह गरेका छन्।

चलचित्र पत्रकार संघका उपाध्यक्ष विवेक नागरिले आफूले अभिनय गरेको भिडियो सार्वजनिक गर्दै आगामी दिनमा यसरी कलाकारहरूले आफ्नो गीत संगीत कार्यक्रमहरू पत्रकार सम्मेलन मार्फत जानकारी गराइदिनुहुन अनुरोध समेत गरेका छन्।

कार्यक्रममा कलाकारहरुले आफ्नो विगत र वर्तमानमा रहेको अवस्थाबारे जानकारी गराएका थिए । साथै पत्रकार र कलाकार एक जुट भई सहयात्रा गरेर अगाडि बढ्नु पर्ने कार्यक्रममा सहभागि भएका अधिकांश कलाकार पत्रकारको धारणा रहेको थियो।

सुदूरपश्चिका अग्रज, अनुज कलाकार र पत्रकारको उल्लेख्य उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रम धनगढीको प्रेस कल्वको सभाहलमा गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अब समयमै सबै सच्चिनु पर्छ : बलायर

जमुना न्युरे,सुखड / नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सबैले सच्चिनु पर्ने बेला आएको बताएका छन्

अझै पढ्नुहोस्
समाचार

एक दशक पछि फेरि गरियो परिक्षण उडान

धनगढी/टीकापुर विमानस्थल संचालनका लागि भन्दै नागरिक उडड्यन मन्त्रालयले गरेको पत्राचार अनुसार धेरै बर्ष देखि अलपत्र रहेको टीकापुर बिमानस्थलमा आज परिक्षण उडानको क्रममा नेपाल वायुसेवा निगमको

अझै पढ्नुहोस्
Highlights

सुदूरपश्चिम प्रदेशमा हुने लगानी सम्मेलन अघि गर्नुपर्ने कामहरु

दिपक जोशी(अधिबक्ता)गौरीगंगा ,कैलाली-हाल-कलंकी, काठमाण्डौं सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलन नजिकै गर्दा विभिन्न बिषयमा छलफल आवश्यक देखिन्छ ।

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाले सय दिनकाे महत्त्वपूर्ण उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक

टीकापुर/टीकापुर नगरपालिकाले सय दिनकाे महत्त्वपूर्ण उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे छ । बिहिबार नगर प्रमुख रामलाल डगाैरा थारुले पत्रकार सम्मेलन मार्फत नगरपालिकाले सय दिनमा

अझै पढ्नुहोस्