थपिए ३०६ कोरोना संक्रमित ,६ जनाको मृत्यु

शेयेर गर्नुहोस

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ९८ हजार २७४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमण पुष्टी भएका ६ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्य ११ हजार ४ सय ७७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा ७६ जना, ललितपुरमा २९ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको छ । साभार :Meronews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

क्याम्पसले अनुसन्धान सम्बन्धि प्रथम राष्ट्रिय सम्मेलन गर्ने

जमुना न्युरे,धनगढी/कैलाली बहुमुखी क्याम्पसले प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको हो। शिक्षा, समाज, व्यवस्थापन र विज्ञानको क्षेत्रमा विद्यमान ज्ञान,सीप र अनुभवको उजागर गर्न दुई दिने

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका तिन जनाको उम्मेद्वारी दर्ता

धनगढी /माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेद्वारी दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे,

अझै पढ्नुहोस्
समाचार

पर्यटकका नाममा बजेट ,सिमित व्यक्ति राखेर पर्यटन महोत्सव गर्ने कार्यमा संसदिय समितिको कडाई, अब मुख्यमन्त्रीनै मुल आयोजक समितिको संयोजक हुने

धनगढी– सुदूरपश्चिम सरकारको लगानीमा आयोजना हुन लागेको पर्यटन महोत्सवमा संसदिय समितिले सरकारको कार्यक्रम बनाउन भनेपछि अनिश्चित बनेको छ ।मन्त्रालय र केही होटल तथा पर्यटन व्यवसायीहरुलाई

अझै पढ्नुहोस्
समाचार

मासिँदै भावर, नासिँदै चुरे

जमुना न्युरे,धनगढी/राजा महेन्द्रले २०२१ सालमा उत्तरको चुरे बचाउन चुरे फेदबाट ३ किलोमिटर दक्षिणतर्फ रहेको जंगल जोगाउने र त्यपछिको भू–भागमा बस्ती बसाउने गुरु योजना ल्याए ।

अझै पढ्नुहोस्