तिहारपछि प्रदेश निजामती कर्मचारी नियमावली बन्छ : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

धनगढी ।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तिहार सकिएसंगै प्रदेश लोक सेवा आयोगमार्फत प्रदेशमा आवश्यक जनशक्ति थप्ने प्रक्रिया अघि बढाउने बताएका छन् ।
आइतबारदेखि शुरु भएको जिल्ला समन्वय समिति कैलालीको आयोजनामा वार्षिक समिक्षा कार्यक्रमको समुदघाट्न गर्दै मुख्यमन्त्री शाहले निजामति कर्मचारी ऐनको नियमावली बनाई आयोगमार्फत कर्मचारी थप्ने प्रक्रिया अघि बढाउने बताएका हुन् ।।


‘अहिले जनशक्ति अभाव र पर्याप्त स्रोत साधन नहुँदा प्रदेश सरकारलाई काम गर्न समस्या भइरहेको छ’ उनले भने –‘अब तिहार सकिएलगत्तै नियमावली बन्छ र प्रदेश लोक सेवा आयोगमार्फत कर्मचारी थप्ने प्रक्रिया अघि बढ्छ ।’
मुख्यमन्त्री शाहले संघमार्फत रहेका कार्यालयमा पनि प्रदेशले बजेट विनियोजन गर्नुपर्ने अवस्था रहेको बताउँदै –‘समन्वय र सहकार्य नहुँदा संघिय सरकारमातहात रहेका कार्यालयमा प्रदेश सरकारले बजेट विनियोजन गर्न सकिरहेको छैन् ।’


उनले स्थानीय तहहरुलाई उपभोक्ता समितिमार्फत कुनै पनि योजनामा बजेट विनियोजन नगर्न अनुरोध गरेका छन् । ‘हामीले उपभोक्ता समिति गठन गरेर बजेट खर्च नगर्ने भनेका छौं’ उनले भने –‘तपाई स्थानीय तहका प्रतिनिधिहरुले यसलाई कडाइका लागि लागु गरिदिनुहोला ।’


मुख्यमन्त्री शाहले जिल्ला समन्वय समितिलाई चलायमान बनाउन बनाउन प्रदेश सरकार गम्भिर रहेको बताउँदै –‘जिससलाई अनुगमनको जिम्मेवारीका साथै स्थानीय तहसंग सहकार्य गराउन प्रदेश सरकारले आवश्यक भुमिका निर्वाह गर्ने छ ।’


कार्यक्रमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिाक मामिला राज्य मन्त्री प्रकाश बम, प्रदेश सभासद्स्य धर्म पाठक लागायत विभिन्न प्रदेश सभासदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
आइतबारदेखि शुरु भएको वार्षिक समिक्षा कार्यक्रममा कैलालीका १३ वटै स्थानीय तहका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, विकास निर्माण कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।


समिक्षामा १३ वटै पालिका, विकास पूर्वाधार कार्यालयबाट भएका उपलब्धी, राम्रा अभ्यास, समस्या तथा चुनौति लगायतका विषयमा बहस तथा छलफल हुने जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए ।’

ताजा खबर

Recognizing the Relevance of a Housing ESA Letter

Free Casino Slot Games – Using Your Smartphone to Try Before You Purchase

Online Slot Bewertung – Vermeide Online-Slots Mit Gutem Platz Platz Haben

Free Gambling Establishment Slots: The Ultimate Guide to Enjoyable and Exhilaration

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाल दिवसकाे अवसरमा भजनीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

भजनी/ भजनी नगरपालिकाको महिला बाल बालिका तथा समाज कल्याण उपशाखा भजनीको आयोजनामा ” बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ ५८

अझै पढ्नुहोस्