तिहारपछि प्रदेश निजामती कर्मचारी नियमावली बन्छ : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

धनगढी ।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले तिहार सकिएसंगै प्रदेश लोक सेवा आयोगमार्फत प्रदेशमा आवश्यक जनशक्ति थप्ने प्रक्रिया अघि बढाउने बताएका छन् ।
आइतबारदेखि शुरु भएको जिल्ला समन्वय समिति कैलालीको आयोजनामा वार्षिक समिक्षा कार्यक्रमको समुदघाट्न गर्दै मुख्यमन्त्री शाहले निजामति कर्मचारी ऐनको नियमावली बनाई आयोगमार्फत कर्मचारी थप्ने प्रक्रिया अघि बढाउने बताएका हुन् ।।


‘अहिले जनशक्ति अभाव र पर्याप्त स्रोत साधन नहुँदा प्रदेश सरकारलाई काम गर्न समस्या भइरहेको छ’ उनले भने –‘अब तिहार सकिएलगत्तै नियमावली बन्छ र प्रदेश लोक सेवा आयोगमार्फत कर्मचारी थप्ने प्रक्रिया अघि बढ्छ ।’
मुख्यमन्त्री शाहले संघमार्फत रहेका कार्यालयमा पनि प्रदेशले बजेट विनियोजन गर्नुपर्ने अवस्था रहेको बताउँदै –‘समन्वय र सहकार्य नहुँदा संघिय सरकारमातहात रहेका कार्यालयमा प्रदेश सरकारले बजेट विनियोजन गर्न सकिरहेको छैन् ।’


उनले स्थानीय तहहरुलाई उपभोक्ता समितिमार्फत कुनै पनि योजनामा बजेट विनियोजन नगर्न अनुरोध गरेका छन् । ‘हामीले उपभोक्ता समिति गठन गरेर बजेट खर्च नगर्ने भनेका छौं’ उनले भने –‘तपाई स्थानीय तहका प्रतिनिधिहरुले यसलाई कडाइका लागि लागु गरिदिनुहोला ।’


मुख्यमन्त्री शाहले जिल्ला समन्वय समितिलाई चलायमान बनाउन बनाउन प्रदेश सरकार गम्भिर रहेको बताउँदै –‘जिससलाई अनुगमनको जिम्मेवारीका साथै स्थानीय तहसंग सहकार्य गराउन प्रदेश सरकारले आवश्यक भुमिका निर्वाह गर्ने छ ।’


कार्यक्रमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिाक मामिला राज्य मन्त्री प्रकाश बम, प्रदेश सभासद्स्य धर्म पाठक लागायत विभिन्न प्रदेश सभासदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।
आइतबारदेखि शुरु भएको वार्षिक समिक्षा कार्यक्रममा कैलालीका १३ वटै स्थानीय तहका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, विकास निर्माण कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।


समिक्षामा १३ वटै पालिका, विकास पूर्वाधार कार्यालयबाट भएका उपलब्धी, राम्रा अभ्यास, समस्या तथा चुनौति लगायतका विषयमा बहस तथा छलफल हुने जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुझाब सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जमुना न्युरे,भजनी/कैलाली जिल्लाको भजनी नगरपालिका वडा २ मा रहेको रे .पो भजनी सामुदायिक वन समन्वय समितिले सुझाव सन्कलन तथा अन्तरक्रिया कार्यक्रम आज सप्पन्न भएको छ

अझै पढ्नुहोस्
समाचार

संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

जमुना न्युरे,टीकापुर/ कैलाली जिल्लाको टिकापुर नगरपालिकामा डिभिजन वन कार्यलय पहलमानपुरको आयोजनामा र टिकापुर नगरपालिकाको सहयोगमा एक दिने सरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

विद्यालय र शौचालय भएन मर्मत र पुनः निमार्ण

जमुना न्युरे / कैलाली जिल्ला सुगम जिल्लाको रुपमा चिनियता पनि कैलालीका दुई गाउँपालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट सुन्दा कैलाली जिल्लामा पनि पिउने

अझै पढ्नुहोस्
राजनीति

सांसद रेशम चौधरीकाे नयाँ दल दर्ताकाे घाेषणा, नाम नेपाल समाजवादी पार्टी

टीकापुर/ सांसद रेशम लाल चौधरीकाे नयाँ दल दर्ता गर्ने घाेषणा भएको छ । शनिबार काठमाडौंमा सांसद चौधरी समर्थित नेता कार्यकर्ताहरुको व्रिहत राजनैतिक छलफल पछि पत्रकार

अझै पढ्नुहोस्