टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीकाे संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम

शेयेर गर्नुहोस

धनसरा बुढा,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर ५ मा संगठन विस्तार तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीलेकाे प्रमुख आथित्यमा कार्यकर्ता भेटघाट, संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गरिएको हाे ।

नागरिक उन्मुक्ति पार्टीका समर्थक तथा बडघर कृष्ण प्रसाद चाैधरीकाे अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट, संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ५ का वडा अध्यक्ष राम शंकर डगाैरा थारुकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सयाै जनाले विभिन्न पार्टीबाट नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दामोदर पण्डित, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश वि.क.,नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरी, समाजसेवी तथा त्रिभुवन माविका प्राचार्य उल्का देवि वि.क.लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

कार्यक्रम संचालन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ३ का वडा अध्यक्ष राम सेवक महत्ताेले गर्नु भएको नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ५ का वडा सदस्य वलविर चाैधरीले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारी दिनुभयो ।

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेतृत्वतहमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड

अत्तरिया नेतृत्व तहमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड गरिएको छ । आज (मंगलबार )बाट डोटीको दिपायलमा सुरु भएको पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभाका

अझै पढ्नुहोस्
समाचार

माघी होमस्टेमा लाटोकोसेरो उत्सब हुने

जमुना न्युरे,धनगढी /जब सूर्य अस्ताउन थाल्छ, मानिसहरू घरभित्र पस्छन्। धेरै जीवहरू बास बस्न थाल्छन्। सबै चराहरू गुँडमा फर्कन्छन्। चारैतिर अन्धकार हुन्छ। शान्त हुन्छ। तर, सबै

अझै पढ्नुहोस्
समाचार

परशुराम साहित्य महोत्सव २०८१’ सुरु

धनगढी/डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ सुरु भएको छ । धाममा दुई दिने साहित्य महोत्सव सुरु भएको हो । साहित्य, सङ्गीत, संस्कृति, भाषा र सभ्यताको

अझै पढ्नुहोस्
समाचार

अभिलेख व्यवस्थापन तालिम सम्पन्न

सुखड/कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको आयोजनामा कैलालीको सुखडमा संचालित २ दिने ‘अभिलेख व्यवस्थापन’ तालिम सम्पन्न भएको छ । सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीको सभापतित्वमा भएको

अझै पढ्नुहोस्