टीकापुर नगरपालिकाले प्लास्टिकका फूल बिक्री बितरणमा राेक

शेयेर गर्नुहोस


टीकापुर/ टीकापुर नगरपालिले शुभ दिपावलिको समयमा प्लास्टिकका फूल बिक्री वितरणमा राेक लगाएको छ । नगरपालिकाले साेमवार सूचना प्रकाशन गरी प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको हो । 


टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रमबाट स्वदेशी उत्पादन फूलका मालालाई प्राेत्साहन गर्न र प्लास्टिक जन्य सामाग्रीकाे न्यूनीकरण गर्न भारतबाट भित्रिने प्लास्टिकका फूलमालालाई निरुत्साहित गरि आयात तथा विक्रिवितरणमा राेक लगाउने नीति अनुसार प्लास्टिकका फूलमाला विक्रिमा प्रतिबन्ध लगाएको वन वातावरण तथा सरसफाइ शाखाका प्रमुख लाेक बहादुर बुढाले बताउनुभयो ।


सयपत्री फुल नपाएपछि विकल्पको रुपमा ग्राहकले प्लास्टिकका फूल प्रयोग गर्दै आए पनि त्यसले स्वास्थ्यमा मात्र नभई वातावरणमा समेत असर गर्ने भएकाले तिहारमा बिक्रीवितरण तथा प्रयोग नगर्न सुचना मार्फत नगरवासीलाई आग्रह गरिएको छ । बुढाले पछिल्लाे समयमा सयपत्री फूलखेती स्थानीय पुष्प व्यवसायीले गरेको र फस्टाउँदै पनि गएकाले तिहारमा फूल अभाव नहुने पनि बताउनुभयाे ।


बुढाले नगरपालिकाकाे सुचनालाइ अटेर गरि प्लास्टिकका फूलमाला विक्रिवितरण गरेकाे पाइए नियन्त्रणमा लिइ जफत गरि कारबाही गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा घरदैलाे स्वास्थ्य सेवा प्रभावकारी बन्दै

टीकापुर/ टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिईन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो

अझै पढ्नुहोस्
समाचार

लगानी एवं विकास सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ

सुखड/सुदूरपश्चिम प्रदेश सरकारको फागुन २३ र २४ गते गर्न लागेको लगानी एवं विकास सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । सातै प्रदेश मध्ये सबैभन्दा

अझै पढ्नुहोस्
समाचार

‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई न्यूसिटी पोलिक्लिनिकको साथ

डडेल्धुरा । क्रिकेटको सहर धनगढीमा असार ७ गते आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई न्यूसिटी पोलिक्लिनिक प्रालिले प्रायोजन गरेको छ । नेपाल खेलकुद पत्रकार

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

पाचौं जिल्ला अधिबेशन सम्पन्न ,अध्यक्षमा बोहरा

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाको पाचौं अधिबेशन आज सम्पन्न भएको छ । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाका

अझै पढ्नुहोस्