राजधानीको विषय अबको संसद्ले टुङ्गो लगाउने : मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस

सुखड/कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको राजधानीको विषय अबको संसद्ले टुङ्गो लगाउने बताएका छन् ।

घोडाघोडी नगरपालिकाले आयोजना गरेको विजयादशमी दीपावली नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘ मुख्यमन्त्री शाहले भने गोदावरीमा यदि राजधानीमा राजधानी बन्न सक्दैन भने त्यसको विकल्पको रूपमा पनि सदन तयार हुन्छ’ उनले भने ‘अव आउने सदनमा राजधानीलाई निकास दिन्छौ

राजधानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छलफल भइसकेको उनले बताए।

२०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेश सभाले कैलालीको गोदावरीमा राजधानी ताकिएको थियो । तर, अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । मुख्यमन्त्री शाहले अब राजधानीको विषयमा प्रदेश सरकार गम्भीर हुने र तत्काल यस विषयमा निकास दिने बताए ।

जग्गा प्राप्ति र ऐन नियमको विषयमा केही समस्यामा भएको भन्दै सरकारले यस विषयमा विकल्प खोज्न थालेको बताए ।
गेटा मेडिकल कलेजको विषयमा पनि संघीय सरकारसँग समन्वय र छलफल भइरहेको उनले बताए ।

उनले भने, ‘मेडिकल कलेज र अस्पताललाई अगाडी बढाउने विषयमा राम्रो संवाद भएको छ । केही ऐन नियमको विषय बाधक भएको छ ती बाधक हटाएर अगाडी जाने कुरा भएको छ ।’

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारले उपभोक्ता समिति मार्फत काम नगर्ने बताए ।

‘मैले पहिले पनि भनेको थिए । अहिले पनि भनिरहेको छु । सङ्घले पनि उपभोक्ता समिति बनाउने प्रदेशले पनि उपभोक्ता समिति बनाउने भन्ने कुरा हुँदैन । स्थानीय तहलाई यसमा लगाउने हो ’ मुख्यमन्त्री शाहले भने, ‘यस पटक यदि कसैले त्यो सोचेर योजना लिएको छ, त्यो हालेको छ भने यो वर्ष त्यो सम्भव हुँदैन त्यो हुँदैन।’

सरकारमा विभिन्न फोरमहरूमा सुधारको बहस हुन थालेको भन्दै सुदूरपश्चिम प्रदेशमा सुधारको लक्षण देखिएको बताए ।
स्कुलमा बजेट नपरेको विषयमा उनले प्रश्न गरेका थिए ।

‘मैले समय पाएको भए प्रदेश सरकारबाट आउने बजेटलाई स्पष्ट एउटा मापदण्डको आधारमा विनियोजन गर्ने थिए। मैले छलफल गर्न पाइन । मैले अर्को बजेट बनाउने अवसर प्राप्त गरे भने शिक्षा क्षेत्रमा आजको जस्तो बजेट जाँदैन ’ उनले भने, ‘जहाँ भवन आवश्यक छैन त्यहाँ भवन हालेको छ। जहाँ खेलमैदान आवश्यक छैन । त्यहाँ खेलमैदानमा हालिएको छ । माग पनि जम्मै त्यहि आवश्यक छ ।’

कुनै पनि व्यक्तिलाई फर्मलाई बजेट विनियोजन नगरेको उनले स्पष्ट पारेका थिए । ‘कुनै पनि व्यक्तिलाई लक्षित गरेर बजेट गएको छ भने तिनलाई कारबाही गर्छु भनेको छु । कारबाही हुन्छ । तपाईँहरूले मलाई जानकारी दिनुहोला म कारबाही गर्छु’ उनले भने ।

सुदूरपश्चिम प्रदेश सरकारले सुधारको लक्ष्य लिएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरेका थिए ।

घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले घोडाघोडीमा पनि विकासको थुप्रै कामहरू भएको बताएका थिए । उनले शिक्षा र स्वास्थ्यमा घोडाघोडीले लगानी बढाएको भन्दै घोडाघोडीमा विकासका गतिविधिहरू बढाउँदै लैजाने बताए ।

‘यहाँ शिक्षाका थुप्रै काम भएका छन्’ उनले भने ‘हामी यसलाई अझै प्रभावकारी बनाउने गरी अगाडी बढिरहेका छौँ ।’

कार्यक्रममा विभिन्न सरोकारवालाहरूको सहभागी रहेको थियो । विभिन्न सरोकारवालाहरूले प्रदेश सरकार स्थानीय तहको सरकारलाई सुझाव र शुभकामना दिएका थिए।

ताजा खबर

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

Kasyna Online Wpłata Blik: Poradnik dla Graczy

The Ultimate Guide to Jeux Temps Réel Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

23 Февраля – день, когда в казахстанских онлайн‑казино появляются самые выгодные предложения.Это связано с тем, что многие операторы хотят отпраздновать День защитника отечества, привлекая как

अझै पढ्नुहोस्